© २०२३
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि चिनियाँ राजदुत यु होङ बीच आईतवार भेटवार्ता भएको छ ।
भेटवार्तामा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाएका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेकाले चिनियाँ अनुभव आवश्यक रहेको बताएका थिए । ‘पर्यटन प्रवद्र्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने कुरा हो ।’ मुख्यमन्त्रिको भनाई थियो । उनले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले राजदुत मार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए । मुख्यमन्त्री पोखरेलले चिनियाँ रेल काठमाडांै हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको बताए । राजदुत होङले नेपालको विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको बताईन ।
उनले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताईन । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उनले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरिन् । राजदूत होङले चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा दिएकी छन् । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी