© २०२३
स्वर्गीय बरिष्ठ समाजसेवी गणेशमान सैजुकी धर्मपत्नी कृष्ण पियारी सैजुको आज निधन भएको छ । पुरानो व्यसायीक प्रतिष्ठानको रहेको सैजु परिवार संगै बुटवलले पुरानो समाजसेवी सधैको लागि गुमाएको छ ।सैजू परिवार शोकमा परेको छ । सैजू परिवारकी अभिभावक कृष्णपियारी सैजूको आज बिहान काठमाण्डौमा उपचारका क्रममा निधन भएकाले सैजू परिवार शोकमा परेको हो ।
बुटवलको संगमपथ निवासी ८३ बर्षिय सैजूको आज बिहान ६स्३५ मा काठमाण्डौ स्थित ग्राण्डी हस्पिटलमा उपचारकाक्रममा निधन भएको छ ।
सैजू केही वर्षदेखि बिरामी थिईन् । बुटवलका चिरपरिचित बरिष्ठ समाजसेबि स्वर्गिय गणेशमान सैजूकी श्रीमति कृष्ण पियारी पनि गणेशमानसंगै सामाजिक क्षेत्रमा क्रियाशिल थिईन् ।
लायनेश क्लव अफ बुटवलकी सस्थापक तथा पुर्व अध्यक्ष कृष्णपियारीले लायनेश क्लवका माध्यमबाट समाजसेवामा उल्लेख्यभुमिका निर्वाह गर्दै आएकी थिईन् ।
कृष्णपियारीका २ छोरा र ५ छोरी छन् । छोरा अर्जुनमान सैजू बुटवल उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष, नेपाल नेत्र ज्योति संघ रुपन्देहीको सदस्य, टेवुल टेनिस संघको प्रमुख सल्लाहकार, बुटवल लायन्स क्लवको पुर्वअध्यक्ष लायन्स डिष्टिकको प्रमुख सल्लाहकार लगायतका बिभिन्न सस्थामा सक्रिय सहभागि छन् ।
त्यस्तै अर्को छोरा अनुपमान सैजू बुटवल उद्योग वाणिज्य संघको कायृसमिति सदस्य, नेपाल जेसिजको पुर्व राष्टिय अध्यक्ष तथा बिवेकसिल साझा पार्टीको प्रदेश नम्वर ५को संयोजक छन् । ५ वटै छोरी पनि सामाजिक क्षेत्र र व्यवसायमा आवद्ध हुनुहुन्छ । जेठो छोरा सुरेशमान सैजुको केही बर्ष अघि नै निधन भएको छ । कृष्ण पियारीका १६ नाती नातिना छन् ।
कृष्णपियारीको पार्थिव शरिरलाई अहिले काठमाण्डौबाट बुटवल ल्याइदै छ । काठमाण्डौबाट बुटवल ल्याउने तयारी भएको सैजू परिवारले जनाएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी