ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

कहाँ फूल्यो गलाको माला ?

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

तिहारलाई फूलको पर्व पनि भनिन्छ । ५ दिन सम्म मनाईने तिहार अर्थात यमपञ्चकको अन्तिम दिन दिदीवहिनीले आफ्नो दाजु भाईलाई टिका लगाई दिएपछि फूलको माला लगाउने चलन छ । सयपत्री, गोदावरी फूलका माला गलाभरी लगाएर आफ्नो दिदिबहिनीलाई दाजु भाईले गच्छे अनुसारको दक्षिणा दिने गर्दछन् । तपाईलाई थाहा छ ? दिदी वहिनीले लगाईदिएको सयपत्री फूलको माला कहाँबाट ल्याईएको हो ? आफ्नो घरमा फूल लगाउने चलन करिव करिव विस्थापित भएको अवस्थामा नेपालमा भारतबाट ठूलो परिणाममा तिहारको लागि फूल आयात हुन्छ । नेपालमा फूलेको फूलले भन्दा बढि भारतमा फूलेको फूलले दाजुभाईको गला धानेको तथ्यांकबाट पुष्टी हुन्छ ।
पहाडी भेगमा फूल राम्रो उत्पादन हुने भएपनि प्रयाप्त रूपमा व्यवसायीक रूपमा यसको खेती भएको छैन । तिहारमा दाजुभाईलाई लगाईदिने माला समेत बजारबाट खरिद गरी लगाई दिने गरेको पाईन्छ ।

अहिले फूलको कुल मागको ८५ प्रतिशत फुल स्वदेशी उत्पादनबाट पुर्ति भइरहेको छ भने बाँकि नपुग फूल छिमेकी मुलुकभारतबाट आपुर्ति हुँदै आएको छ । तिहारमा माग उच्च हुने भएकाले नेपालमा उत्पादन भएको फूलको माला सवै नेपालीको गलामा पुग्दैन ।
फूल मात्र होईन तयारी मालाले नेपाली बजार ओगटेको छ । खास गरी तिहारको समयमा फूल बढि माग हुन्छ । त्यो माग धान्न पुष्प व्यवसायी भारत निर्भर हुन वाध्य छन । फूलको व्यवसाय सिजनेवल हुने भएकाले आयात निर्यात हुने गर्छ । गत वर्ष २ करोड भन्दा वढिको निर्यात पनि भएको थियो । गत वर्ष मात्र नेपालमा करिब ११ करोडको माला आयात भएको फ्लोरिकल्चर एशोसियसन अफ नेपालको अनुमान छ । यो वर्षको तिहारमा पनि सोही अनुपातमा फूल नेपाल भित्रिएको पुष्प व्यवसायीको अनुमान छ । नेपालको ४३ जिल्लामा पुष्प व्यवसाय विस्तार भएको छ । गत आर्थिक एक अर्व ८६ करोड सात हजार बढि कारोबार भएको थियो ।
नेपालमा फूलको माग वृद्धि भईरहदना यसमा व्यवसाय गर्नेको संख्या वढि दिन प्रतिदिन वढेको छ । नेपालमा ६ सय ९७ व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् । ति मध्येका एक हुन रूपन्देही तिलोत्तमाका सक्रिय महिलाहरू ।
रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ की देवी वाग्लेको समूहले नेपाललाई फूलमा आत्मनिर्भर बनाउने अभियानको साथ रूपन्देहीमा पुष्प व्यवसायमा हात हालेकी छन । अहिले उनिहरूको दिन चर्या नै फुलको माला तयार गरी बजारमा पु¥याउनु हो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ मधवलियामा जग्गा भाडामा लिएर वाग्ले लगायत ८ जना महिलाको समूहले तिलोत्तमा सहकदम कृषि समूह गठन गरेर पुष्प व्यवसाय शुरु गरेका हुन ।
तिहारलाई लक्षित गरी यसवर्षदेखि एक बिघा क्षेत्रफलमा पुष्प खेती शुरु गरिएको छ । भदौमा चितवन र काठमाडौंबाट बिरुवा मगाइयो र यसवर्ष मात्र झण्डै १५ हजार बिरुवा लगाएको उनले जानकारी दिईन । त्यसबाटै तिहारमा ५ हजार भन्दा वढि सयपत्रि फूलको माला तयार गरी बजार पठाउने योजना सहित समूहका महिला सदस्यहरू माला तयारीमा कार्यमा व्यस्त छन । ‘तिहारको माला पनि भारतको लगाई दिनु पर्दा पुष्प व्यवसायको सोच आएको हो ।’ राजनितिक क्षेत्रमा क्रियासिल समेत रहेकी वाग्ले भन्छिन– तिहारमा मात्रै लाखौंका फूल आयात गर्न भारतीय बजार पुग्ने अवस्थामा स्थानीय बाँझो जग्गामा व्यवसायिक फूल खेती शुरु गरेका हो ।’
‘शुरुवात मै फूल राम्रो उत्पादन भएकाले हौसाएको छ,’ उनि थप्छीन ‘भविष्यमा फूलको व्यावसायिक खेती गर्ने साेंच बनाएका छौं ।’ उनले नेपालको बाँझो खेतमा पुष्प खेती गरेर फुलमा आत्मनिर्भरहुन सकिने बताउछीन ।
तर त्यसको लागि कृषकहरूलाई अनुदान र प्रविधि उपलब्ध गराउनु पर्ने उनको भनाईछ । उत्पादन लागत कम गर्न सकिए भारतीय फूलको बजारलाई विस्थापन गर्न सकिने उनी बताउँछिन ।
तिहारमाफूलको राम्रो व्यापार हुने रूपन्देहीको तिलोत्तमा नगरपालिकाकै ड्राइभर टोल स्थित गुप्ता नर्सरीका संचालक सुरेश गुप्ता बताउँछन । करिव ४ दशकदेखी गुप्ता नर्सरीले यस क्षेत्रमा व्यवसायिक नर्सरी खेती थालेको हो । नर्सरीमा विभिन्न प्रजातिका सदाबहार तथा मौसमी फूल र फलफूलको व्यावसायिक खेती राम्रो भएको उनको भनाईछ । अहिले झण्डै ५ बिघा क्षेत्रफलमा फूल खेती हुने गरेको नर्सरीका सञ्चालक गुप्ता बताउँछन् । तिहारमा सयपत्रि मखमली लगायतको फूलको माग उच्च भएकाले नेपाली उत्पादनले मात्र थेग्न नसकिने उनि बताउँछन ।
नेपालमा भारतको बनारसदेखी तिहारको लागि फूल आउने गर्दछ । तिहारमा सयपत्री, गोदावरीलगायतका फूल माग उच्च रहेको बुटवल टफिक चोक स्थित गणपति फूल घरका संचालक गोपाल शर्मा बताउँछन । उनले बुटवल लगायतको क्षेत्रमा ५० प्रतिशत माला भारतबाट आयात हुने बताए । अहिले नेपालमा फूलको उत्पादन राम्रो भएको उनले बताए । गोदावरी, पुर्व विराटनगरमा उत्पादन राम्रो भएको उनले बताए ।
रूपन्देही क्षेत्रमा तिहारका बेला मात्रै भारतीय बजारबाट नेपालमा लाखौं रूपैयाँको फूल तथा फूलका माला आयात हुने गरेको छ । तिहारका बेला रूपन्देहीमा खपत हुने फूल र मालामध्ये स्थानीय र पाल्पा जिल्लाबाट आउनेको हिस्सा करिब ५० प्रतिशत रहने अनुमान व्यापारीहरूको छ । बाँकी सबै भारतीय बजारबाटै आउने व्यापारीहरू बताउछन ।

   नेपालको बाँझो खेतमा पुष्प खेती गरेर फूलमा आत्मनिर्भर हुन सकिन्छ ।       त्यसको लागि कृषकहरूलाई अनुदान र प्रविधि उपलब्ध गराउनु पर्छ । उत्पादन  लागत कम गर्न सकिए भारतीय फूललाई विस्थापन गर्न सकिन्छ ।
  देवी वाग्ले,
  सहकदम कृषि समूह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?