© २०२३
यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भनिन्छ । वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । अचेल विभिन्न जातिप्रजातिका कुकुर पाल्ने सोख बढ्दै गएको छ र व्यवसाय पनि निकै फस्टाएको छ ।
समाजमा प्रतिष्ठा कायम राख्न पनि राम्रा, आकर्षक र महँगा कुकुर पाल्ने र प्रभातकालीन समयमा कुकुर डो¥याउँदै यत्रतत्र यात्रा गर्ने सहरबजारमा सोखको रुपमा पाइन थालेको छ ।
कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रूपमा रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ ।
शत्रु र मालिकको सहजै पहिचान गर्ने क्षमता कुकुरमा हुन्छ भनिन्छ । घरपालुवाका रुपमा बाहेक बाटोघाटोमा छाडा परेका कुकुरले रेबिज जस्ता रोग नल्याउन् भनेर रेबिजविरुद्धको सुइँ दिने र बन्ध्याकरण गरिदिने समेत हिजोआज व्यवस्था छ ।
लुतो जस्तो घातक सरुवा चर्मरोगले सताएका कुकुरलाई उपचार गर्ने सङ्घ संस्था पनि अचेल निकै पाइन्छन् । ज्योतिषी एवं ज्योतिर्विज्ञान मञ्चका अध्यक्ष डा. सुनिल सिटौलाका अनुसार कुकुर एकोहोरो रूपमा रोएमा निकै अशुभ मानिन्छ, कुकुरले मालिकको जुत्ता मुखमा च्यापेमा वा नङ्ग्राले भित्ता भूइँ खोस्रेमा पनि अशुभ र लुटपुटिन आए शुभ हुन्छ भन्ने फलित ज्योतिष शास्त्रीय मान्यता रहेको छ ।
हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ । डा। सिटौलाका अनुसार घरभित्र कुकुर पाल्दा पितृ र देवताले त्यो घरमा भएको धार्मिक कार्यको हभिष्यक ग्रहण गर्दैनन् भनी महाभारतपर्वमा वर्णन गरिएकोले घरभित्र कुकुर पाल्नु राम्रो हुँदैन ।
कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी कला प्रदर्शन गर्ने गरी सुरक्षा निकायले उपयोग गर्दै आएका छन् । यी निकायले कुकुरको क्षमताअनुसार पदीय दर्जा समेत प्रदान गरी कुकुर पूजालाई श्रद्धासुमनका साथ मनाउने गरेका पनि छन् ।यसैदिन नदी खोला त्रिवेणी दोभान वा जलाशययुक्त स्थानमा स्नान गरेर माटो जरा सहितको अपमार्गको विरुवा टाउकोमा तीन पटक घुमाएर खोलामा बगाई नर्क बगाउने प्रचलन पनि छ । पशुपतिस्थित चुनचुन बाबाको आश्रममा पालिएका कुकुरलाई यो दिन उत्सवका साथ पूजन गरिँदैछ र आर्यघाटमा नर्क बगाउने व्यवस्था गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी