ट्रेंडिंग:

>> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
मुख्य खबर

सामुदायिक विद्यालयमा सप्रिदै सीप

बालवालिकामा किताबी ज्ञान मात्र होइन सीप दिनुपर्छ भन्ने आवाज बलियोगरी उठेपछि सामुदायिक विद्यालयहरुले सिकाउने शैलीलाई बदल्न थालेका छन् । पढ्दै कमाउँदै जस्ता कार्यक्रमलाई सरकारी र गैरसरकारी संस्थामार्फत विद्यालयसम्म पुर्याउँदै बालवालिकामा किताब बाहिरका सीप दिन थालिएको छ । यसले थोरै मात्रामा भएपनि सिक्ने र सिकाउने शैली अभ्यासको रुपमा रुपान्तरित हुन थालेको छ ।
२९ माघ २०७९, आइतबार
२९ माघ २०७९, आइतबार

भैलोको दानबाट विद्यालयमा ‘इलम अभ्यास’

रोल्पा – रोल्पाका विद्यालयले नयाँ अभ्यास थालेका छन् । विद्यालय र विद्यार्थीलाई आत्मनिर्भर बनाउन रोल्पाको त्रिवेणी गाउँपालिकाका कतिपय विद्यालयले नयाँ रणनीति अघि सारेका हुन् । विद्यालयलाई ‘सीप सिक्ने घर’ र विद्यार्थीलाई ‘कर्मी’ बनाउने उद्देश्यका साथ काम शुरु गरिएको विद्यालयको भनाई छ ।
सक्षम विद्यार्थी तयार गर्ने अभियान अन्तर्गत कमाउँदै पढाउँदै अभियान थालिएको त्रिवेणी–५ तल्लो जुगारको जयनारायण आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश वलीले बताए । उनले यसबाट विद्यालय र विद्यार्थीको दुवैको प्रगति हुने ठानेको बताए ।
विद्यालयको नियमित आर्थिक स्रोत नभएपनि अभिभावकसँगको समन्वयमा विद्यालयमा तरकारी खेती सुरु गरिएको उनको भनाई छ । तरकारी बेचेर आम्दानी बढाउन अभिभावकले पनि सघाएको उनले बताए । उनका अनुसार कोपी, आलु, सागलगायतको तरकारी खेतीबाट विद्यालयलाई अघिल्लो वर्ष करिब डेढ लाख आम्दानी भयो । उक्त रकम विद्यार्थीलाई खाजा, खाना र अन्य शैक्षिक क्षेत्र सुधारको प्रयोजनमा खर्च गरिएको वलीले बताए । अभियानबाट विद्यार्थीलाई दिउँसोको खाजा खुवाउन, शैक्षिक सामग्री खरिद गर्न र असहाय विद्यार्थीलाई सघाउन खर्च गर्ने गरिएको छ ।
विद्यार्थीलाई मद्दत गर्न विद्यालयमा आयस्रोत वृद्धि गर्नुपर्ने दायित्वबाट उक्त अभियानको अवधारणा ल्याइएको प्रअ वलीको धारणा छ । यस्तो उपायलाई छिमेकका विद्यालयले पनि पछ्याउँदै आएका छन् । हाल उक्त अवधारणाअनुसार सिद्धरत्न मावि हाङजाबाङ र काउलाबोटको विद्यालयले अनुसरण गरेको देख्न पाउँदा खुसी लागेको उनी सुनाउँछन् ।
स्थानीय समाजसेवी जयनारायण गौतमको नामबाट २०४१ सालमा स्थापना गरिएको उक्त विद्यालयमा हाल डेढ सय विद्यार्थी अध्ययनरत छन् । दलित समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा विद्यालय छ । आसपासका बसोबासीमा विपन्न परिवार धेरै छन् । उनीहरूका बालबालिका विद्यालयमा पढ्छन् । ती बालबालिकाका लागि शैक्षिक सामग्री प्रदान गर्न र खानबस्नको समेत व्यवस्था गर्नुपर्ने अवस्था छ । प्रअ वलीका अनुसार नयाँ भवन, थप जग्गा र होस्टलको समेत व्यवस्था भए गरिब विद्यार्थीलाई पढाइमा नियमित अवसर दिन सकिन्थ्यो ।
विद्यालयलाई नयाँ अभ्यासबाट सञ्चालन गर्ने योजनाबाट अभिभावकसमेत खुसी छन् । अभिभावकलाई सघाउँदै आएका निरन्तर शिक्षाका लागि वैकल्पिक शिक्षण सिकाइ परियोजनाका संयोजक धरेन्द्र डाँगीले शिक्षक, विद्यालय, विद्यार्थीबीचको आत्मीय समन्वयबाट शिक्षण सिकाइमा समेत सकारात्मक प्रभाव पारेको बताए ।
त्रिवेणी–७ गैरीगाउँ गाङको वीरेन्द्र माविले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । कमजोर आर्थिक अवस्थाका विद्यार्थीको छनोट गरी उनीहरूका अभिभावकलाई समेत आबद्ध गरेर व्यवसाय चलाउन विद्यालयले आर्थिक सहयोग गरेको हो । भर्ना भएका विद्यार्थीको छनोट गरी ७ वटा समूहमा बाँडेर ३ लाखभन्दा बढी रकम प्रदान गरिएको छ । प्रत्येक विद्यार्थीलाई खसी पाल्न १० हजार, माछा पाल्न १५ हजार, रैथाने जातका कुखुरा पाल्न १० हजार, तरकारी खेती गर्न ८ हजार रुपैयाँका दरले नगद सहयोग दिइएको प्रधानाध्यापक बरमान बुढामगरले जानकारी दिए ।
‘विद्यार्थीको आर्थिक अवस्था कमजोर भएकाले परिवारसँग मिलेर व्यवसाय गर्न हामीले सहयोग दिने निर्णय गरेका हौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर झाँक्रीले भने, ‘सबै पैसा हामीले विद्यार्थीसँगै भैलो खेलेर संकलन गरेका थियौं । त्यही बाँडेर विद्यार्थीलाई व्यवसायी बनाउन पढ्दै कमाउँदै कार्यक्रम चलाएका हौं ।’उनका अनुसार २०७९ को भैलो कार्यक्रममार्फत संकलित रकमबाट ७ समूहका दर्जनौं विद्यार्थीले व्यवसायी बन्ने अवसर पाएका छन् ।
गाङमै विद्यालयले ‘संस्कारसहितको शिक्षा’ कार्यक्रमसमेत चलाइएको छ । जसअनुसार विद्यालयलाई आधार केन्द्र मानी व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्य रहेको प्रधानाध्यापक बुढामगरले बताए । वीरेन्द्र माविले बोली, व्यवहार, शैली, सीप र ज्ञानको विस्तार गर्न यस्तो अभियान थालेको हो । ‘हामीले बोलीमा शुद्धता ल्याउन आवश्यक छ । विद्यालयमा जे सिक्यो, त्यहीअनुसार जीवनमा व्यवहार बन्ने हो । त्यसैले हामीले ‘संस्कारसहितको शिक्षा’ कार्यक्रम थालेका हौं,’ उनले भने । हाल विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी छन् । सानैबाट नयाँ कुरा सिक्ने हुटहुटी भएकालाई व्यवसायी बनाउने, सीप सिकाइने भएकाले विद्यालयले ल्याउने कार्यक्रमलाई सघाउने गरेको अभिभावक सिर्जना झाँक्रीले बताइन ।
अभावग्रस्त र निम्न गुणस्तरीय शैक्षिक अभियानबाट माथि उठ्न विद्यालयले थालेका यस्ता नयाँ अभियानबाट प्रभावित भएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताए । विद्यालयको अगुवाइमा संचालन भएको ‘पढ्दै कमाउँदै’ र ‘कमाउँदै पढाउँदै’ कार्यक्रम देख्दा खुसी लागेको र पालिकाले पनि उक्त कार्यक्रममा सहयोग गर्ने नीति ल्याउन लागेको उनले बताए । त्रिवेणीमा यसअघि निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएको थियो ।
………………………………………………………………

तुलसीपुर मेट्रोको अगुवाईमा
विद्यालयमा “पढ्दै कमाउँदै”
तुलसीपुर । दाङको तुलसीपुरका ६ वटा सामुदायिक विद्यालयहरुमा उद्यमशिलता परियोजना सञ्चालनको तयारी गरिएको छ । पढ्दै कमाउँदै अभियानलाई विद्यालयस्तरका पुर्याउनका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो । अभियान अन्तर्गत विद्यार्थीहरुलाई वन र कृषिक्षेत्रसँग सम्बन्धित विरुवा उत्पादन, बेमौसमी खेती, नर्सरी निर्माण लगायतका काम गरिनेछ । तुलसीपुर मेट्रो कलेज र ग्रीन फाउन्डेशन नेपालको सहयोगमा पढ्दै कमाउँदै कार्यक्रम शुरु गर्न लागिएको हो ।
पहिलो चरणमा दिपेन्द्र मावि मानपुर, माध्यमिक विद्यालय दोघरे, सरस्वती मावि दमारगाउँ, बालमितेरी मावि भोजपुर,जनजागृति मावि पातु बनगाउँ र माध्यमिक विद्यालय सेन्टरमा यस्तो कार्यक्रम लागु गर्ने तयारी छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल कार्य गर्नका लागि कलेजले प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ ।
उद्यमशिल कार्ययोजना निर्माणका लागि सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपलिकाका नगर प्रमुख नगरप्रमुख टिकाराम खड्काले विद्यार्थीहरुलाई सानैदेखि उद्यमशिलतामा लगाउनुपर्ने आवश्यकता रहेको बताए । नगरप्रमुख खड्काले आजभोलिका विद्यार्थीहरुमा सपना देख्ने तर काम नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै श्रमले नै मानिसलाई महान बनाउने कुरा उल्लेख गरे ।
उद्यमशिल अभियानकर्मी घनश्याम पाण्डेले विद्यार्थीहरुलाई उद्यमशिल कार्ययोजना निर्माण र आवश्यकताका बारेमा अभिमुखिकरण गरेका थिए । उनले विद्यार्थीहरुको काँधमा देशलाई उद्यमशिल वनाउने जिम्मेवारी रहेको पनि बताए । “देश विग्रियो भनेर हामी निराश हुने भन्दा पनि यसलाई कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो ” पाण्डेले भने । कार्यक्रममा विद्यार्थीहरुले उद्यमशिल कसरी बन्ने भन्ने बारेमा जिज्ञासा समेत राखेका थिए । सो अवसरमा कलेज प्रमुख वसन्त आचार्य, नेपाल पत्रकार महासंघका सहसचिव दिप्तीशिखा चौधरी लगायतले उद्यमशिल अभियानका बारेमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?