ट्रेंडिंग:

>> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो >> चार हजार इसेवा ह्याक गरि एक करोड चोरी

 यमपञ्चक सुरु, आज काग तिहार

१९ कार्तिक २०७५, सोमबार
१९ कार्तिक २०७५, सोमबार

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार मनाइन्छ ।चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

कात्तिक २० गते मंगलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमको भनाइ छ । कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ । सो दिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतमले जानकारी दिए ।

 

कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको छ । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गरिन्छ । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्ने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष गौतमले जानकारी दिएका छन् । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission