© २०२३
मिस नेवा लुम्बिनी ११३८को प्रथम बार्षिक उत्सवको अवसरमा बरबररी फेसन हाउस बुटवलले बुटवल–२ मा रहेका सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैँजु वृद्धाआश्रममा खाद्यान्न सहयोग गरेको छ । मिस नेवा लुम्बिनीका विजेता तथा अन्य विधाका विजेताहरूको उपस्थितमा गत वर्ष खेलिएको देउसी भैलोको रकमबाट उक्त आश्रममा खाद्यान्न सहयोग गरिएको आयोजक बरबेरी फेसनकी प्रमुख कार्यकारी अधिकृत एलिजा तुलाधरले बताईन । फेसन डिजाईनका साथै सामाजिक कार्यमा पनि अग्रसर हुँदै आएको बरबेरी फेसन हाउसले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको संस्थाकी निर्देशक तुलाधरले बताइन् । उक्त कार्यक्रममा मिस नेवा लुम्बिनी ११३८ की विजेता राधा श्रेष्ठ, उपविजेता महीमा श्रेष्ठ, मोस्ट फ्रेण्डली रविना श्रेष्ठ र मिस नेवा लुम्बिनी ११३९ र मिस लिटिल नेवा ११३९ का प्रतिस्पर्धीहरूले बोल्दै आफूहरूले समाजसेवा अन्तर्गत यो कार्य गरेको बताएका थिए ।