ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण
लुम्बिनी प्रदेश

सभामुख घर्तीका क्षेत्रको योजना अलपत्र

करिब ५ देखि ७ करोड खर्च गरेर दुई बर्षभित्र योजना सम्पन्न गर्ने गरी तत्कालीन पर्यटन मन्त्री लिला गिरी र सांसद तुलाराम घर्तीले सुरु गराएको पदमार्ग निर्माणको काम अलपत्र हुँदा आफ्नै निर्वाचन क्षेत्रको यो समस्या सुल्झाउन घर्तीले कुनै पहल गरेका छैनन् ।
२५ माघ २०७९, बुधबार
२५ माघ २०७९, बुधबार

बुटवल, २५ माघ ।

बुटवलदेखि सात किलोमिटर उत्तरमा रहेको पाल्पाको ऐतिहासिक क्षेत्र नुवाकोटदेखि बल्ढेङ्गढीसम्म बनाउन लागिएको पदमार्ग (फूट ट्रयाक) अलपत्र अवस्थामा रहेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको पदमार्ग निर्माणको काम सरोकारवालाले बेवास्ता गर्दा अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा लुम्बिनी प्रदेशका तत्कालीन पर्यटन मन्त्री लिला गिरी र पाल्पा क्षेत्र नं. २ (२) का प्रदेश सांसद तुलाराम घर्ती (बसन्त) ले सुरु गराएको उक्त योजना अलपत्र अवस्थामा छ । हाल गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री र घर्ती सभामुख छन् ।

चार लाख रुपैयाँ खर्चेर डीपीआर तयार गरी वि.सं. २०७६ साल फागुन ३० मा ठेक्का सम्झौता र भदौ २७ गते शिलान्यास गरी सुरु गरिएको योजनाको काम दुई महिनामै रोकिएको थियो । बल्ढेङ्गढीको कुमारीदेवी मन्दिर क्षेत्रबाट काम सुरु गरिएको थियो । नुवाकोटदेखि बल्ढेङ्गढीसम्म २७ किलोमिटरको दुरीमा रहेको चुरे क्षेत्रमा पदमार्ग निर्माणको लागि पहिलो चरणमा १ करोड ८ लाखको टेण्डर भएको थियो । डिभिजन वन कार्यालय पाल्पाको संयोजनमा सडक पूर्वाधार विकास कार्यालय पाल्पाले उक्त आयोजनाको ठेक्का लगाएको थियो । ठेक्का पाएको आकृति मालिका कन्स्ट्रक्शन प्रालिले जम्मा चार सय मिटरको दूरीमा ढुंगा बिच्छ्याउने काम गरेर रोकेको छ ।

डीपीआर नै गलत भएको र गाडी चल्ने सडक पनि पदमार्गमा पर्ने भएकाले स्थानीयले अवरोध गरी काम रोकिएकोे सडक पूर्वाधार कार्यालय पाल्पाको भनाई छ । पूर्वाधार विकास कार्यालयका प्रमुख अरुण गुप्ताले भने, ‘स्थानीयको विरोध भयो भनेर ठेकदारले काम रोक्यो, काम रोकिएपछि सुचारु गर्न कसैले पनि पहल गरेन ।’ ठेकेदारले १४ सय मिटर काम गर्नुपर्नेमा जम्मा ४ सय मिटर काम गरेको र १७ लाख रुपैयाँ भुक्तानी पनि दिइएको गुप्ताले बताए । उनका अनुसार वि.सं. २०७६ साल फागुन ३० गते ठेक्का सम्झौता भएको थियो । ठेकेदारले भने भदौ २७ गतेबाट काम थालेको थियो । भदौ २७ मा उक्त आयोजनाको सिलान्यास सोही निर्वाचन क्षेत्रका प्रदेश सांसद तुलाराम घर्तीले गरेका थिए ।

ऐतिहासिक तथा धार्मिक पर्यटनका हिसावले पनि प्रशिद्ध रहेका बल्ढेङगढी र नुवाकोटगढीलाई जोड्न गरी पदमार्ग निर्माणको योजना अघि सारिएको थियो । पदमार्ग निर्माणको लागि लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा चालु आर्थिक वर्षको लागि १ करोड र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा ५० लाख गरी कुल डेढ करोड रुपैयाँको बजेट छुट्याएको थियो ।

त्यसमध्ये पहिलो चरणमा १४ सय मिटरको लागि १ करोड ८ लाखको ठेक्का लागेको थियो । ठेक्का पाएको आकृति मालिका कन्स्ट्रक्शन प्रालिका ठेकेदार मनोज अर्याल (छवि) ले भने, ‘काम सुरु भएपनि डीपीआर गलत भएको भन्ने विवाद आयो, सरोकारवालाले चासो पनि दिएनन्, त्यसैले काम रोक्यौं ।’ आफूले काम गरे अुनुसार भुक्तानी पनि बुझेको उनले बताए ।

तराईको र हिमालको मनोरम दृष्य देख्न सकिने यो चुरे क्षेत्रको डाँडोमा पदमार्ग बनाउँदा नुवाकोट र बल्ढेङ्गढीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा स्थानीयले लिएका थिए ।

सरदर तीन मिटर चौडाइमा ढुंगा बिच्छ्याउने र किनारामा साईकल समेत गुडाउन सकिने गरी पदमार्गको संरचना बनाउने गरी डीपीआर तयार गरिएको थियो । नुवाकोटगढीदेखि बल्ढेङ्गढीसम्म पुग्ने पैदलयात्री (ट्रेकिङ जाने) लाई सहज होस् भनेर ठाउँ ठाउँमा खानेपानी, आराम गर्ने स्थल, सेल्फी जोन, बास बस्न मध्यभागमा होमस्टे लगायतका संरचना बनाउने अवधारणा समेत लिइएको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल बताउँछन् । पाल्पाको तिनाउ गाउँपालिका र रैनादेवि छहरा गाउँपालिकामा पर्ने यो चुरे क्षेत्रमा पदमार्ग निर्माणको काम अलपत्र पर्दा पालिका प्रमुखहरुले समेत कुनै पहल गर्न सकेका छैनन् । नुवाकोट पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ मा पर्छ भने बल्ढेङ्गढी रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ मा पर्छ ।

लुम्बिनी प्रदेश सरकारका तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र प्रदेश सभा सदस्य तुलाराम घर्ती (वसन्त) ले नुवाकोट र बल्ढेङ्गढीको अध्ययन अवलोकन गरेपछि पदमार्ग निर्माणको अवधारणा बनाइएको थियो । तर अहिले यो आयोजना अलपत्र हुँदा हाल मुख्यमन्त्री बनेका गिरी र सभामुुख बनेका घर्तीले कुनै पहल गर्न सकेका छैनन् ।

नुवाकोट र बल्ढेङ्गढी किल्लाको महत्व

नुवाकोट र बल्ढेङ्गढी पाल्पाका सेन वंशीय राजाका पालामा अंग्रेजसंग सामना गर्न निर्मित यी दुई गढी किल्ला धार्मिक पर्यटनका हिसाबले पनि चर्चित छन् । बल्ढेङ्गढीमा कुमारीदेवि र नुवाकोटमा निर्मित भैरव मन्दिरमा दर्शन गर्न जानेहरुको ठूलो संख्या छ । खासगरी बैशाख पूर्णिमा, दशैंको अस्टिमी, असारे पुर्णिमा लगायतका पर्वमा बल्ढेङ्गढीमा ठूलो मेला लाग्ने गरेको छ । इसाको १४ औं शताब्दीतिर बलिहाङ राना नामका राजाले राज्य गरेको यो क्षेत्रमा प्रदेश सरकारले बलिहाङ राजाको शालिक बनाउने निर्णय समेत गरेको थियो । तर त्यसबारे अहिलेसम्म कुनै पहल भएको छैन ।

बल्ढेङ्गढीको विश्व नागरिक मञ्चका अध्यक्ष एवं लुम्बिनी शान्ति शहरका परिकल्पनाकार प्रोफेसर डा. योङहुन क्वाकले पनि अध्ययन अवलोकन गरेर फर्केका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी र हिमाल देख्न सकिने डाँडोको खोजी गर्दै आएका क्वाकले बल्ढेङ्गढी किल्ला नै त्यो स्थल भएको पत्ता लगाएका थिए । बल्ढेङ्गढीबाट अन्नपूर्ण हिमाल र लुम्बिनी र भारतका विभिन्न ठाउँ एकैसाथ देख्न सकिन्छ । सन् २०१४ नोभेम्बरमा क्वाक यहाँ आएका थिए ।

पर्यटकीय क्षेत्र बल्ढेङगढी—नुवाकोट क्षेत्रलाई हिल स्टेशनको रुपमा विकास गरिने भन्दै पदमार्ग निर्माणको पहल गरिएपनि सार्थक पहल भने हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?