© २०२३
सुनवल, २५ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन नवलपरासीको आयोजनामा भएको जिल्लास्तरीय मा.वि तहको वक्तृत्वकला प्रतियोगितामा सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुल प्रथम भएको छ । प्राविधिक, संस्कारिक र गुणस्तरीय शिक्षा हाम्रो पहिचान, राष्ट्रिय शिक्षामा संस्थागत विद्यालयको योगदान शिर्षकमा भएको प्रतियोगितामा सुनवल युनाइटेडकी छात्रा कृपा घिमिरे प्रथम भएकी थिइन् । जिल्लाका १८ वटा संस्थागत विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल बिजेता बन्न सफल भएको हो । विजेता घिमिरेलाई विद्यालयमा एक कार्यक्रम बीच सम्मान गरिएको छ । कार्यक्रममा प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेशका सचिव धनराज चापागाई, अतिरिक्त क्रियाकलाप संयोजक माया गुरुङ्ग लगायतले मिहिनेत र निरन्तर प्रयासले गर्दा हरेक क्षेत्रमा विद्यालयका विद्यार्थीहरुले सफलता प्राप्त गरिरहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी