ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

उत्कृष्ट डान्सर मम्मी बनिन् यमकला

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

दोस्रो सैनामैना मम्मी डान्सको उपाधि यमकला अर्यालले जित्न सफल भएकी छन् । तेस्रो राष्ट्रिय सैनामैना कृषिपर्यटन तथा औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको मम्मि डान्समा ९ जना सहभागिता रहेकोमा सबैलाई उछिन्दै अर्यालले उपाधि जित्न सफल भएकी हुन । उनले रु. ७५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । 
त्यसैगरी कृति शर्माले द्वितीय स्थान ल्याउन सफल भएकी छिन् । उनले नगद रु. ५० हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए । तृतीय हुन फिल झरना ठकुरीले नगद रु २५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् भने सवितातामाङले रु. १५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नु भएको प्रचारप्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी दिए । जसमा प्रथम पुरस्कार पूर्णिमा विकास बैंक, द्वितीय पुरस्कार ग्लोबल पार्टी प्यालेस, तृतीय पुरस्कार बँडेल निर्माण एण्ड सप्लायर्स र सान्त्वना पुरस्कार भाग्यलक्ष्मी बस्त्रालयले प्रायोजन गरेको थियो ।
यस्तै देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हितसँगै सामाजिक एकता भन्ने मुलनाराका साथ संचालन भइरहेको सैनामैना महोत्सवमा शुक्रवार वडा नं. २ र ९ मा बिचमा भएको फाइनल प्रतिस्पर्धामा वडा नं. २ विजयी भएको छ । जसमा वडा नं २प्रथम हँुदै रु ५५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी वडा नं द्वितीय हुँदै ३५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरी वडा नं. ४ तृतीय भएको छ ।
उसले रु. २५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ भने वडा नं ५ ले सान्त्वना स्वरूप रु १० हजार सहित प्रमाण पत्र प्राप्तगर्न सफल भएका छन् । डान्सिङ आईडल २०७५ को फाईनल प्रतिस्पर्धा शनिबार हुँदैछ । आईडलको फाईनल प्रतिस्पर्धाका लागि ५ जना प्रतियोगी छनोट छन् । जसमा लिसा दर्लामी, बिनिता थारु, सृष्टि अधिकारी, रोशनी भण्डारी र सौरभ पाण्डे छनोट भएको सुबेदीले बताए । शुक्रबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हाँस्यकलाकार राजा राजेन्द्र पोखरेल, अनिल पहाडी लगायत स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । शनिबार राष्ट्रिय लोक तथा दोहोरी
गायक पुस्कल शर्मा, गायिका बबिता बानिया (जेरी) साथमा स्थानिय कलाकारहरूको प्रस्तति रहने सांस्कृतिक संयोजक पिताम्बर न्यौपानेले जानकारी दिए ।कार्तिक ८ गतेदेखि सुरु भएको सैनामैना औद्योगिक व्यापार मेला पर्रोहामा.वि. को अगाडि रहेको खेल मैदानमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?