© २०२३
कुनै समयको गुल्जार बजारको रूपमा रहेको अमरपथमा पछिल्लो समयमा चहलपहल विस्तारै कम हुँदै गएको छ । विभिन्न स्थानमा स्थापना भएका ठूला ठूला डिपार्टमेन्ट स्टोरले किनमेलको लागि अमपरथ नै जानुपर्छ भन्ने धारणा बिस्तारै कम हँुदै गएको छ ।
तर पछिल्लो समयमा यसरी गुल्जार कम हुँदै गएको अमरपथलाई थप गुल्जार र बुटवलकै पृथक बजारको रूपमा विकास गर्नको लागि त्यहाँका व्यवसायीहरूले एकमत भएर विभिन्न योजना अगाडि बढाएका छन् ।
बुटवललाई रात्रीकालिन बजारको रूपमा समेत विकास गर्ने बुटवल उपमहानगरपालिकाको योजनामा छनौटमा समेत परेको अमरपथमा अब एउटै पहिचान दिने खालको बजार विकास गर्न लागिएको हो । अमरपथ टोल व्यवसायी समितिका अध्यक्ष गकुल विश्वकर्मामा अनुसार अव व्यवसायीहरूकै पहलमा सधैभरी नै गुल्जार बनाउन लागेका हुन् । बुटवलको मुख्य मुटुको रूपमा पहिचान बनाएको अमरपथलाई थप व्यवस्थीत र पृथक बनाउनको लागि अव एउटै प्रकृतिको सटरमा कलर (रङ्ग) लगाउने योजना व्यवसायीहरूले बनाएका छन् । यस्तै बजार क्षेत्रमा सधैभरी नै लाईट सहितको व्यवसायीको बोर्ड (होडिङ्गबोर्ड) लाई एकरूपता दिन थालिएको छ । बुटवलका पुराना व्यवसायी समेत रहेका अमरपथ टोल व्यवसायी समितिका सह संयोजक रामकुमार रणपालका अनुसार बोर्डहरूलाई एकरूपता प्रदान गर्नको लागि यस्तो गर्न लागिएको हो । रातको समयमा सबै स्थानमा सोलार र विद्युतीय सडक वत्ती समेत जडान गर्न लागिएको छ । जसको लागि स्थानिय निकाय संगको सहकार्य समेत रहने व्यवसायी रणापालले जानकारी दिए ।
पोखराको लेकसाईट, काठमाण्डौको ठमेल जस्तै विकास गर्नको लागि लागिपरेका हुन । जसको लागि एकै प्रकृतिको रङ्ग, सजावटका साथै अन्य सजावटमा पनि एकरूपता ल्याउने जनाइएको छ । यस्तै विगत ११ बर्ष देखि बुटवलको अमपरथमा हुदै आएको तिहार लक्षित महोत्सव यस बर्ष पनि हुने भएको छ । अमरपथ टोल व्यवसायी समितिले ११ औं संस्करणको महोत्सवको तयारी तिब्र पारेको छ । ११ औं अमरपथ दीपावली महोत्सवमा सांस्कृतिक कार्यक्रम, ५ देखि २० प्रतिशतसम्मको छुट दिइने समितिका अध्यक्ष गकुल बिश्वकर्माले बताए । तीन दिने उक्त महोत्सव कार्तिक २० देखि २२ सम्म हुनेछ । अमरपथलाई गुल्जार बनाउन र संस्कृतिको रक्षाका लागि कार्यक्रम गरिएको राजेन्द्र ध्वजूले बताए । आयोजकले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि दीपावली महोत्सवलाई सफल बनाउन आग्रह समेत गरिएको छ । महोत्सवको प्रदेश ५ का बन बाताबरण तथा उद्योग पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको रामकुमार रणपालले बताए ।
दीपक बिश्वकर्मा, महेन्द्र भारी लगायतले बोल्दै महोत्सवले संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बिश्वास ब्यक्त गरे । अमरपथमा रहेका ५० जना ब्यबसायीहरूले ४ लाख उठाएर महोत्सव संचालन गर्नेछन् । à