ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

कहिले शुरु होला स्तरोन्नति ?

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सिद्धबाबा सडक खण्डको बैकल्पिक मार्ग झुम्सा, चौकीभञ्याङ देवदह चरङ्गे नयाँ ट्रयाक खुल्दा पाल्पाली जनता निकै खुशी थिए । सडकको मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण समेत गरे । मूख्य मन्त्रीले निरीक्षण गर्दा स्थानीय जनतालाई अब यो सडक सञ्चालनमा आउनेछ भन्ने लागेको थियो । केही महिना अगाडि मात्र ट्रयाक खोलिएको बैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे सडकको २० किलोमिटर क्षेत्रको अनुगमन गर्दै आगामी बर्ष भित्र सडकको स्तरोन्नती गरी अर्काे आर्थिक बर्षदेखि लोड ट्रकहरू यसै मार्ग बाट संचालन गर्न सकिने मन्त्री पोखरेलले बताएका थिए । तर ट्रयाक खुलेपनि वर्षादमा लथालिङ्ग, भताभुङ्ग भएको स्थानीय बासिन्दा रामबहादुर वि.क. ले बताए । उनले बर्षा सकिएपछि पनि सडकको स्तरोन्नति शुरु नभएकोमा गुनासो गरे । प्रदेश सरकारले झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे सडकको स्तरोन्नतिको लागि यस बर्ष १० करोड रूपैयाँ विनियोजन गरेपनि अहिलेसम्म रकम निकाशा नहँुदा काम अगाडि बढ्न नसकेको स्थानीय बासिन्दाहरू बताउँछन् । ट्रयाकमा बर्षामा पहिरो खसेको र रुख ढलेकाले मोटरसाइकल समेत जान नसक्ने भएको माथिल्लो मुढाबासका प्रेमबहादुर राना मगरले बताए । १० करोड छुट्याएको भन्ने सुनेको भएपनि आफूहरू दशैंमा खुट्टाले हिँडेरै ओहोर दोहोर गरेको अर्का स्थानीय डिल्लीराम घिमिरेले बताए । बुटवलबाट चरङेको पाल्पाली टोलसम्म माइक्रोमा आउने जाने गर्छाैं त्यसपछि पैदल हिँड्ने हो हिँड्दै गर्दा भेटिएका घिमिरेले थपे । घिमिरेको सडकसँग जोडिएको घर छ । सिद्धबाबा क्षेत्रको सडक अनुगमन गरेका भौतिक पूर्वाधार मन्त्री रघूविर महासेठले तीन महिनामा सडकको स्तरोन्नति गरिने बताएपनि हालसम्म त्यसको प्रक्रिया अहिलेसम्म सुरुवात नहुँदा स्थानीय जनता निराश भएका छन् ।

मुख्यमन्त्रीले सडकको निरीक्षण गर्दा सिद्धबाबा झुम्सा सडकको विकल्पमा यो सडकको उपयोग तथा प्रयोग हुने भयो, स्तरोन्नति हुनेछ भन्ने जनतामा आशा र अपेक्षा थियो तर वर्षाद सँगसँगै सडकको प्रयोग आउन छाडेको स्थानीय बासिन्दा भुवन गाहा बताउँछन् । क्षेत्रको बैकल्पिक सडकको रूपमा निर्माण भएको यस सडकलाई प्रदेश सरकारले नमुना योजनाको रूपमा काम गर्ने बताए । बैकल्पिक सडक निर्माणको लागी तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाको १० लाख रूपैंया लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख रूपैंया र देवदह नगरपालिका रूपन्देहीबाट १० लाख गरी १ करोड १० लाख रूपैयाँमा बाटोको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।
सुरुङ मार्गको चर्चा भईरहँदा यो क्षेत्रको स्थलगत अवलोकन गर्दा भविष्यमा चौकीभञ्याङ क्षेत्र बाटै सुरुङ मार्ग निर्माण गर्नुपर्ने संभावन बलियो भएको मुख्यमन्त्री पोखरेलले बताए । जिल्ला समन्वय समिति पाल्पाको अगुवाइमा स्थानीय सरकारहरूले लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने काम पुरा भएको हो । झुम्सा चौकीभञ्याङ चरङ्गे सडक वैकल्पिक मार्गको ५ नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, भौतिक योजनामन्त्री बैजनाथ चौधरी, प्रदेश सभासद नारायण आचार्य, डा. पुरन बज्राचार्य, तुलाराम घर्तिमगर, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तिमगर लगायतको टोलीले अवलोकन तथा निरिक्षण गरेको हो । मुख्यमन्त्री पोखरेल सहितका ३० भन्दा बढी सवारी साधनले झुम्सा चौकीभञ्याङ चरङ्गे सडक वैकल्पिक मार्गमा वारपार गरेका छन ।
बैकल्पिक सडक निर्माणको लागी तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाको १० लाख रूपैंया लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख रूपैंया र देवदह नगरपालिका रूपन्देहीबाट १० लाख गरी १ करोड १० लाख रूपैयाँमा सडकको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ति मगरले बताए ।
नयाँ बाटो निरीक्षण तथा अनुगमनपछि जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले गाउँपालिका र नगरपालिकाको आर्थिक सहयोग, पाल्पा र रूपन्देहीका जनताको सहयोग र सद्भावका कारण ट्रयाक खोल्न सम्भव भएको बताए ।

रूपन्देहीको देवदह नगरपालिकामा पर्ने मुढाबासतर्फ पैदल जाँदै गरेका स्थानीय । तस्वीरः कृष्ण मल्ल/ बुटवल टुडे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?