© २०२३
बुटवल,१८ माघ । नवलपरासी प्रहरीले २ लाख मुलय बराबरको १३२ बोरा अवैध गहुं बरामद गरेको छ । बुधबार बिहान ६ बजनेतिर भारतबाट भन्सार छली अवैध रुपमा ल्याई प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया स्थित कैलास हजामको घरमा लुकाई छिपाई राख्ने क्रममा ६ टन ६ क्विन्टल ५० केजी गहुँ बरामद भएको हो । जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोली, ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारबाहीको लागि मेशपुर भन्सार कार्यालय बुझाउने तयारी भैरहेको सुचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए । साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको पाण्डेयले बताए ।