ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

लुम्बिनीका बस काठमाडौं लगेपछि स्थानीय आक्रोसित

१४ कार्तिक २०७५, बुधबार
१४ कार्तिक २०७५, बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनीमा बिद्युतिय बस गुड्ने बाटो नै नभएको बताएका छन् । उनले यहाँ बाटो नभएको कारण तत्कालको लागी सो बस काठमाडौंमा सञ्चालन गरिएको बताएका हुन् ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानास्थलमा पत्रकाहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री अधिकारीले बाटो बनेपछि त्यो बस लुम्बिनीमै सञ्चालन हुने उनले बताए । “बस लुम्बिनीकै लागी ल्याईएका हुन, बस चलाउने बाटो नै छैन, बाटो बने पछि पुनः बस यहि सञ्चालन हुन्छन ।” मन्त्री अधिकारीले भने । उनले त्यो बस लुम्बिनीलाई नै केन्द्रबिन्दु बनाएर सञ्चालन हुने बताए । लुम्बिनीमा बिद्युतिय बस सञ्चालन हुने खबरले लुम्बिनीवासीलाई जति खुशी बनाएको थिएन त्यो भन्दा बढी यहाको लागी आएको बस काठमाण्डौ लानुले बढी आक्रोशित बनाएको छ ।
लुम्बिनीकै लागी आएको बिद्युतिय बस ओली सरकारले साझा यातायाताको सहयोगमा काठमाण्डौमा सञ्चालन हुने गरि उद्घाटन गरे पछि यस क्षेत्रका स्थानिय वासी अक्रोशित बनेका हुन । लुम्बिनीमा बढिरहेको ध्वनी प्रदूषण मुक्त गरी यहाँ आउने पर्यटकलाई सुविधासम्पन्न विजुली बसमा चढाउने योजनासहित लुम्बिनी विकास कोष र एशियाली विकास बैंक अन्तर्गत एशियन क्लिन इनर्जी बीच सहमति भइ ५ वटा विजुली बस र ११ वटा कार सहयोग गर्ने सम्झौता भएको थियो । दुई पक्षबीच ९ जनवरी २०१८ मा सहमति भएर चीनको विआइबी कम्पनीले निर्माण गरेको २० सिट क्षमताका २ वटा विजुली बस नेपाल ल्याइयो । तर एकाएक बस साझा यातायातले संचालनमा ल्याउने गरी काठमाडौं पु¥यायो । गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ शुभारम्भ गरे । लुम्बिनी ल्याउने भनिएका बस एकाएक काठमाडौं पुराएर शुभारम्भ भएपछि अब लुम्बिनीमा विजुली बस गुड्छ की गुड्दैन भन्ने चातर्फी चासोको विषय बनेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनीमा बिद्युतिय बस गुड्ने बाटो नै नभएको बताए पछि त्यो अन्यौलता झन थपिएको छ । बेलहिया– बुटवल ब्यापारीक मार्ग निर्माण शुरु भएको ८ बर्ष पुगेको छ । अहिले सम्म निर्माण सम्पन्न भई सकेको छैन । भैरहवा–तौलिहवा सडक खण्ड भर्खर निर्माण शुरु भएको छ । यसले कहिले पूर्णता पाउने र कहिले बस सञ्चालन हुनेमा स्थानियहरूमा अन्यौल छाएको हो ।
‘सहमतिअनुसार बस लुम्बिनी ल्याएर भैरहवा–लुम्बिनी क्षेत्रमा गुडाउनु पर्ने हो । तर, स्वार्थ पूर्तिका लागि काठमाडौं लगियो’ प्रदेश सभा सदस्य सन्तोष पाण्डेले भने । “सरकारले काठमाण्डौंलाई मात्र नेपाल मानेको छ, काठमाण्डौं बाहिर आएको सहयोगलाई पनि त्यही लग्दै छ यसको हामी घोर बिरोध गर्छौ ।” पाण्डेले भने । सरकारले बस लुम्बिनी फिर्ता नपठाए सम्म सडक र सदनबाट बिरोधका कार्यक्रम अगाडी बढाउने उनले बताए । लुम्बिनीको लागी आएको बस एकपटक चार्जगरेपछि बस ४ सय किलोमिटरसम्म गुड्न सक्छ । दाताले बस नेपाल पठाएपछि लुम्बिनी संग्रहालय नजिकै धमाधम चार्जिङ् स्टेशन निर्माण थालिएको छ । बस भने एकाएक काठमाडौं पुराइएको छ । अझै ३ वटा बस र ११ वटा विजुली कार (भ्यान) नेपाल ल्याउन बाँकी छ । ती बाँकी बस र कार पनि लुम्बिनी ल्याइन्छ भन्ने ग्यारेन्टी नभएको लुम्बिनी विकास कोषको भनाई छ । ‘सरकारले निर्णय गर्ने कुरा हो, बाँकी बस र कार पनि यहाँ ल्याइन्छ भन्ने छैन’, विकास कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले भने, ‘के कति कारणले बसहरू काठमाडौं लगियो यस विषयमा विकास समितिमा छलफल हुन्छ ।’बस काठमाडौं लगिए पनि त्यहाँ चार्जिङ् स्टेशन निर्माणका काम सुरु गरिएको छैन । जसले गर्दा बस संचालनको शुभारम्भ गरिए पनि नचलाई थन्काएर राखिएको छ भने लुम्बिनीमा बन्न लागेको स्टेशन अब के हुने भन्ने अन्यौलता देखिएको छ । ‘सम्झौता तोडेर दातृ निकायले स्टेशन सार्छ भन्ने हामीलाई लाग्दैन’, विकास कोषका निमित्त सदस्य सचिव भट्टराईले भने । सम्झौताविपरीत काम गर्दा दातृ निकायले दिएको सहयोग पनि फिर्ता लैजाने र लुम्बिनीमा विजुली बस नगुड्ने हुसक्ने भन्दै यहाँका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । प्रदूषणबाट पर्यटकलाई बचाउन र स्तरीय सेवमा थप पर्यटक भित्र्याउन लुम्बिनी विकास कोषको पहलमा एडिविले उक्त बस र कार सहयोग गरेको हो । तर एडिबीसँगको सम्झौता विपरीत तत्काल साझा यातायातको व्यवस्थापनमा काठमाडौंमै चल्नेगरी हतारहतारमा बिजुली बस त्यहाँ पुराइएपछि स्थानीय र पर्यटन व्यवसायी चिन्तित छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?