ट्रेंडिंग:

>> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो

शिक्षामा गाउँपालिका अध्यक्षको आफूखुसी

१४ कार्तिक २०७५, बुधबार
१४ कार्तिक २०७५, बुधबार

 जिल्लाको पाल्हीनन्दन गाउँपालिका शिक्षा विरोधी कार्यमा लागेको आरोप स्थानियले लगाएका छन् । आफूले मन परेको विद्यालयमा शिक्षक भर्ना गर्न स्वीकृति दिने तर मन नपरेका विद्यालयले माग गर्दा महिनौ वितिसक्दा पनि अनुमति नदिई शिक्षा विरोधी कार्य गरेको आरोप स्थानिय अभिभावकले लगाएका हुन् ।
दरबन्दिका शिक्षक अवकास प्राप्त भए पछि सो स्थानमा नयाँ शिक्षक भर्नाका लागि नगरपालिकासंग स्वीकृति मागेको दुई महिना हुन लागे पनि अहिलेसम्म स्वीकृति नदिएको पाल्हीनन्दन ५ स्थित राजनारायण माविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद गौडले बताए । राजनारायण मावि मात्रै नभई पाल्हीनन्दन ६ स्थित सुकदेव माविलाई पनि स्वीकृति दिन मानेका छैनन् । सुकदेव मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र चौधरीले जनाए । चौधरीका अनुसार सोही गाउपालिकाले पालिका भित्रकै जगदिश प्रा.वि. र जनता मावि लोहरौलीमा शिक्षक भर्नाका लागि स्वीकृति दिएको तर यी दुई विद्यालयलाई दिन नमानेको आरोप अध्यक्षद्वयको थियो । स्वीकृति दिनका लागि पहल गर्न उनीहरूले जिसस प्रमुख शिवशंकर रायलाई गुहारेका छन् । के मनसायले स्वीकृति नदिएको हो ? त्यसको वास्तविकता पत्ता लगाई सार्वजनिक गर्नु पर्ने वा स्वीकृतिका लागि पहल गरि दिन उनीहरूले जिसस प्रमुख रायसंग माग गरेका थिए ।
यहि बर्षदेखि कक्षा ११ को अध्ययन अध्यापन शुरु भएको हुदा एउटा शिक्षक थप्नु भन्दा भएकै दरबन्दीका शिक्षक भर्नामा असहयोग गरेको सुकदेव मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चौधरीले गुनासो गरे । कक्षा ११ को उदघाटन समेत अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक) बाट गराएका हौं, उनले भने, त्यस बेला उनले विद्यालयमा सहयोग गर्ने प्रतिवद्धता गरेका थिए, तर अहिले दरबन्दी भएका एक शिक्षक पद खाली भएको र सो पदमा नयाँ शिक्षक भर्ना गर्न खोज्दा असहयोग गरेका छन् । गाउँपालिकाबाट थप सहयोग त परै जाओस, उनले थपे, सरकारले दिएको दरबन्दिमा पनि शिक्षक भर्ना गर्नका लागि अवरोध गर्दै छन् । के स्वार्थ सिद्ध गर्न खोजेका छन् ? त्यो पनि भनिदिए हुन्थ्यो, दिन मिल्दैन भनेर लेखेर दिए पनि हुन्थ्यो, तर लिखित रूपमा दिन नचाहने र मौखिक भनेर आलटाल गर्दा पन पाठनमा समस्या आएको दुखोसो चौधरीले पोखे । जिम्मेवार पदमा बसेर शिक्षा प्रति विरोधी कार्य गर्नु नपर्ने हो,तर खोई के भुत सवार छ ? अध्यक्ष मा,उनले जिसस प्रमुख राय, शिक्षक संघका अध्यक्ष विक्रम यादव, शिक्षक युनियनका पुर्व अध्यक्ष मोहन शर्मासंग पनि पहल गर्नका लागि याचना गरेको सुनाए ।
स्वीकृतिका लागि गरिएको पत्राचारमा प्रमुख प्रशासकिय अधिकृतले तोक लगाउदै गाउपालिका अध्यक्षसँग समन्वय गरि प्रकृया अगाडी बढाउने भनि उल्लेख गरेका छन् । तर गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले ठाडै ति विद्यालयमा स्वीकृति दिइँदैन भन्ने अस्वीकार गरेका छन् । तर त्यही कुरा लेखेर दिन मानेका छैनन् । हचुवाको भरमा पहिला पनि गाउँपालिकाले सबै विद्यालय ब्यवस्थान समिति भंग गरि ती विद्यालयको अध्यक्ष सम्बन्धित वार्ड अध्यक्ष हुने गरि शिक्षा ऐन पास गरेका थिए । तर पुरानो विद्यालय ब्यवस्थापन समितिका केही अध्यक्षहरूले सो ऐन कानुनसंग बाझिएको भन्दै उच्च अदालत बुटवल इजलासमा परमादेश रिट दायर गरेका थिए । उच्च अदालत बुटवल इजलासले ऐन कार्यान्वय नगर्न भनि परमादेश जारी गरेको छ ।
अध्यक्ष गुप्ता शिक्षा ऐन मार्फत विद्यालय नियन्त्रणमा लिइन खोजे पनि अदालतले सो कार्यमा रोक लगाए पछि अहिले अध्यक्षको इसारामा चल्ने विद्यालयलाई गाउँपालिकाबाट सहयोग गर्ने र स्वतन्त्र ढंगले जान खोज्ने विद्यालयमा विभिन्न बहानामा अवरोध खडा गर्दै आएको गतिविधिले उनी शिक्षा विरोधी गतिविधिमा लागेको आरोप स्थानियबासीको रहेको छ । शिक्षामा आफ्नो योजना फेल भए पछि त्यसको प्रतिसोध स्वरूप उनि विभिन्न बहानामा विद्यालयमा समस्या उत्पन्न गर्ने गरेका छन् । केही महिना पहिला उनी सिद्धार्थ मावि कुश्माका प्रधानाध्यापक माथि अबशब्द प्रयोग गर्दै दुब्यर्वहार गरेका थिए । पछि क्षमायाचना गर्दै मिलाएका थिए ।
विद्यालय शिक्षक भर्ना स्वीकृतिबारे प्रतिकृया लिन खोज्दा सम्पर्क नभएको र सो बारे उपाध्यक्ष पावित्री कोहाँरले आफूलाई कुनै जानकारी नभएको बताएकी छिन् । यता विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरू आफू कहाँ गुनासो लिएर आएको जनाउँदै त्यसका लागि आफूले पहल गर्ने जिसस प्रमुख रायले जनाएका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission