ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

प्रदेश ५ संघसंस्था विधेयकको मस्यौदामा छलफल

१४ कार्तिक २०७५, बुधबार
१४ कार्तिक २०७५, बुधबार

सरकारले गैरसरकारी संस्थालाई सहयोगी निकायको रूपमा लैजाने गरि नयाँ कानुन निर्माण गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् । प्रदेश ५ सरकारले निर्माण गरिरहेको संघ संस्था सम्बन्धि विधेयकमाथि मंगलबार बुटवलमा गरिएको परामर्श कार्यक्रममा सहभागिहरूले गैरसरकारी संस्थालाई नियन्त्रण मात्रै गर्ने गरि कानुन निर्माण नगर्न आग्रह गरेका हुन् ।
प्रदेश ५ सरकारले संघसंस्था सम्बन्धी प्रारम्भिक मस्यौदा तयार गरिरहेको छ । गैरसरकारी संस्थाले सामाजिक जागरणका लागि उल्लेखनीय योगदान पु¥याएकाले सरकारले नियन्त्रण नभई नियमन गर्नुपर्ने खाँचो रहेको औंल्याए । जुरी–नेपाल, नेपाल गैरसरकारी संस्था महासंघ, मानवअधिकार एलाईन्स, सिद्धार्थ सामाजिक विकास केन्द्र, ईन्द्रेणी सामुदायिक विकास केन्द्र र एआइएनको संयुक्त आयोजनामा मस्यौदामा छलफल गरि नागरिक समाजको तर्फबाट सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कानुन निर्माणमा सरकारले सरोकारवालाहरूसँग छलफल गर्ने गरिएको बताए । उनले प्रदेश ५ ले १५ वटा कानुन निर्माण गरिसकेको र ११६ वटा कानुनका बिषय पहिचान गरेको बताए ।
उनले सरकारले कानुन निर्माण गरेपछि संसदले पारित गर्ने भएकाले त्यो प्रक्रियामा सांसदहरूले सक्रियताका साथ सहभागिता जनाउनुपर्ने बताए । कतिपय अवस्थामा संसदले कानुन पारित गर्दा पनि जानकारी नहुने अवस्था हुने भएकाले कानुन पारित गर्नुअघि सांसदहरूले छलफलमा सक्रियताका साथ सहभागी हुन आग्रह गरे ।
कार्यक्रममा प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले विधेयकको रूपमा संसदमा आएपछि संघसंस्थाका बारेमा छलफल गर्ने बताए ।
प्रदेश ५ का सांसद एवं अर्थ तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, सामाजिक विकास समितिका सभापति सांसद दीर्घनारायण पाण्डेले बोल्दै संघसंस्था सम्बन्धी विधेयक प्रदेशसभामा आएपछि त्यसलाई संघसंस्थाको प्रकृति अनुसार छलफल अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमममा एआइएनका निर्देशक एंव अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघका प्रतिनिधि गोविन्द न्यौपानेले प्रदेश सरकारले संघसंस्था सम्बन्धी विधेयक प्रदेश ५ ले चाँडै बनाएकोमा धन्यवाद दिँदै सामाजिक विकासको क्षेत्रलाई वर्गिकरण गर्नुपर्ने बताए । उनले सामाजिक विकास ऐन र गैरसरकारी संस्थाको ऐनलाई फरक रूपमा अगाडि ल्याउन सक्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश कानुन आयोग प्रदेश ५ का आयुक्त विष्णु पोखरेलले प्रदेशले निर्माण गरिरहेको संघसंस्था सम्बन्धी विधेयकका बिषयमा जानकारी गराईन । उनले संघसंस्थालाई नियन्त्रण गर्ने गरि सरकारले कानुन निर्माण नगर्ने बताइन् । कार्यक्रममा जुरी नेपालका अधिवक्ता मोहन आचार्यले नेपालको संविधान, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र अभ्यासहरूको सन्दर्भमा प्रदेश ५ ले निर्माण गरेका विधेयकका बारेमा विवेचना गर्दै केहि बिषयहरू संशोधन गर्न आग्रह गरेका थिए । मानवअधिकार एलाईन्स नेपालका महासचिव डा. पदम प्रसाद खतिवडाले नेपालमा नागरिक समाजको भूमिका, सामाजिक विकास ऐनको आवश्यकता र यसको महŒवपूर्ण पक्षहरूबारे प्रस्तुती दिँदै नागरिक समाजलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने बताए । गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य शोभाराम डागीले संघसंस्था सम्बन्धि ऐनले संस्था दर्ता र कार्यक्रम सञ्चालनका लागि केहि झन्झटिलो व्यवस्था लागू गर्न खोजेकाले त्यसलाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा प्रदेशका सांसद, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सघसंस्थालाई हेर्ने राज्यको दृष्टिकोण सकरात्मक बनाउनुपर्ने भन्दै संघसंस्थालाई कामको आधारमा वर्गिकरण गर्न आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ५ का प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, मानव अधिकार एलाईन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, जुरी नेपालका अधिवक्ता बसन्त अधिकारी, जुरी नेपालका भिम परियार, इन्द्रेणी नेपालका प्रदीप शाहले बोलेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?