© २०२३
भैरहवामा निर्माणाधिन मुलुककै दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको धावन मार्ग पक्की (कालोपत्रे) गर्ने कार्य शुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पक्की निर्माण कार्यको उदघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले अबको ६ महिना भित्र उक्त धावन मार्ग पक्की गर्ने कार्य सम्पन्न हुने बताए ।
उनले ६ महिना भनिए पनि चिनियाँ निर्माण टोलीले ४ महिना भित्रै काम सकाउने आफुसित प्रतिवद्धता गरेको बताए । मन्त्री अधिकारीले धावन मार्य संगै ट्याक्सी वे र प्रशासकिय भवन समेत संग संगै निर्माण हुँदै गरेको बताए । उनले धावन मार्ग निर्माण भएसंगै आन्तरिक उडानहरू पनि नवनिर्मित धावन मार्गबाट नै सञ्चालन हुने बताए । यस बाहेक त्रिभुवन अन्र्तराष्ट्रिय बिमानास्थलमा कुनै कारणवश अवतरण हुन नसकेका बिमान समेत यहा अवतरण गराउन सकिने छ ।
कालोपत्रे प्रयोजनको लागी एक वटा असफाल्ट मेशीन पहिले देखी नै रहेको र थप १ वटा स्थापना हुदै गरेको हुदा कामले तिव्रता लिने आश गरिएको छ । उनले अहिले मूख्य रनवे र ट्याक्सी वे जोड्ने काम भइरहेको बताए । हाल सञ्चालनमा रहेको रनवेलाई पूर्व तर्फ २ सय मिटर र पश्चिम तर्फ २ सय मिटर बढाएर त्यसलाई ट्याक्सी वे को रूपमा प्रयोग गरिने छ । ट्याक्सी वे को कुल लम्बाई १ हजार ९ सय मिटर हुनेछ ।
अधिकारीका अनुसार ५ वटा बिमान पार्क गर्न मिल्ने गरि पार्किङ्ग एरियाको काम सम्पन्न भै सकेको छ । अब थप ९ वटा बिमान पार्क गर्न मिल्ने गरि पार्किङ्ग एरिया र सोही अनुसारको टर्मिनल भवन बिस्तार गरिने भएको छ । यसै गरि बिमानास्थल सञ्चालनको लागी एवम आवश्यक उपकरण जडान लगायत कार्यको लागी ठेक्का प्रक्रिया (आईसीबी–२) पनि शुरु भएको छ । बिमानास्थल निर्माण कार्य र उपकरण जडान लगायतका काम संगसंगै गरिने हुदा तोकिएका अवधिमै बिमानास्थल सञ्चालनको सम्भावना बढेको छ ।कुल ६ अर्ब २२ करोड रूपैयाँ लागतको यस विमानस्थलमा एडिबीको ५४ करोड रूपैयाँ अनुदान रहेको छ । बाँकी चार अर्ब २० करोड रूपैयाँ ऋण सहयोग हो । विमानस्थल निर्माणमा हाल सम्म २ अर्ब ६ करोड खर्च भएको आयोजनाले जनाएको छ । à