© २०२३
रुपन्देहीमै सबैभन्दा धेरै सदस्य रहेको सामूहिक विकास सहकारी संस्था शंकरनगर रुपन्देहीले सीपमूलक तालिमबाट महिलाहरुलाई स्वरोजगार उन्मुख बनाएको छ । महिलाको आर्थिक हैसियत उकास्न र आत्मनिर्भर बनाउन सहकारीले रजत जयन्तीको अवसर पारेर सीपमूलक तालिम दिएको हो । यस्तो तालिमबाट पछिल्लोपल्ट ६५ महिला लाभान्वित भएका छन् । कार्तिक ६ गतेदेखि सुरु गरेको पाँच दिने पाउपोस बनाउने तालिमले ती महिला लाभान्वित भएका हुन् ।
अब उनीहरु पाउपोस निर्माण गरी आफै उद्यम सञ्चालन गर्न सक्षम भएको प्रशिक्षक प्रतिमा पन्थले जानकारी दिइन् । सहकारीले यो वर्ष ५० जना लघुउद्यमी तयार गर्ने लक्ष्य लिएको छ । सहकारीले समय समयमा बाख्रा पालन, कुखुरा पालन, व्यवसायिक पशुपालन, च्याउ खेती, फूल, तरकारी तथा फलफूल खेती जस्ता तालिम पनि प्रदान गर्दै आएको छ । बजारोन्मुख क्षेत्रमा सिलाइकटाइ, बुनाइ, कढाइ, गुडीया बनाउने, अचार तथा दालमोठ बनाउने लगायतका तालिमबाट पनि महिलाहरुले आम्दानी गरेका छन् । ऋण लिने दिनेमात्रै नभै सहकारीले महिलाको आर्थिक र सामाजिक हैसियत बढाएको संस्थाका अध्यक्ष चुडामणि खरेल बताउँछन्् । “आर्थिक रुपले सबल नभै महिला अधिकार स्थापना सकिँदैन” अध्यक्ष खरेल भन्छन्–“यसैले सहकारी मार्फत सीपमूलक आयआर्जनका काम र चेतनाका काम सँगसँगै अगाडि बढाएका हौं ।”
महिलाहरुलाई विभिन्न सिपमूलक तालिमको आयोजना गर्दै व्यवसायिकता वृद्धि गर्दै लैजाने क्रममा पाउपोस बनाउने तालिम सञ्चालन गरिएको र यो तालिम अझ फलदायी हुने खरेलले बताए ।
संस्थाको महिला सशक्तिकरण उपसमितिको समन्वयमा पछिल्लोपटक ६५ जना महिलाहरुलाई पाउपोस बनाउने तालिम प्रदान गरिएको हो । तालिममा सहकारीका महिला शेयर सदस्यहरुलाई सहभागी गराइएको थियो । यस्ता तालिमले महिलाहरु स्वरोजगार बन्ने मात्रै नभै उनीहरुको सशक्तिकरणमा पनि टेवा पुग्ने महिला शसक्तिकरण उपसमिति संयोजक माया उपाध्यायले बताइन् ।
तालिममा महिलाहरुले भित्र काम गर्दा लगाउने विभिन्न मखमली, ढाकाका जुत्ता चप्पल वनाउन सिकाइएको थियो । कार्यक्रममा २ जना प्रशिक्षक शुष्मा अर्याल र प्रतिमा पन्थले सहजीकरण गरेका थिए ।
प्रदेश नं. ५ कै ठूलो सहकारी दाबी गरिएको यो सहकारीले आफ्नो स्थापनाको रजत वर्ष मनाइरहेको छ । यसै क्रममा सहकारीले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले यसै अवसरमा यस वर्ष कम्तिमा ५० जना लघु उद्यम व्यवसायी निर्माण गर्ने लक्ष्य लिएको संस्थाका वरिष्ठ व्यवस्थापक ईश्वरी मरासिनीले बताए । संस्थामा हाल ६ हजार ५ सय शेयर सदस्य र करिव २ अर्ब सम्पत्ति रहेको छ ।
डिभिजन सहकारी कार्यालय रुपन्देहीबाट ०६३ सालमा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको यो सहकारीले राष्ट्रिय सहकारी महासंघबाट २०७० सालमा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार पाएको छ । त्यसैगरी ०७२ सालमा सहकारी बैंक लि. बाट ५ नं. प्रदेशमा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको थियो ।à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी