© २०२३
बुटवल, १३ माघ । इलामका कृषि उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनालाई लिएर बुटवल उद्योग वाणिज्य संघले देशमा व्यवसायिक वातावरण सुधार गर्न सरकारसंग माग गरेको छ ।
संघका अध्यक्ष उज्ज्वल कसजू र महासचिव विमलराज भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब व्यवसायिक वातावरण सुधार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रेमप्रसादको जस्तो घटना रुपन्देही, विराटनगर,पर्सा, बांके लगायतका जिल्लामा समेत भएकाले देशभरका उद्योगी व्यवसायीको मनोबल गिरेको उल्लेख गर्दै संघले वर्तमान अर्थ नीति, व्यवसायिक नीति, ऐन, कानूून र बैंक ब्याज दर व्यववहारिक र व्यवसायीमैत्री बनाउन सरकारसंग माग गरेको हो ।
देशको कूल ग्राहस्थ उत्पादनमा नीजि क्षेत्रको योगदान ७० प्रतिशत रहेको उल्लेख गर्दै संघले सरकारको निजी क्षेत्रप्रतिको रवैयामा सुधार नभएमा व्यवसायीहरु पलायन हुने अवस्था आउने चेतावनी दिएको छ ।
निजी क्षेत्रलाई संरक्षण र प्रवद्र्धनको साटो राज्स्व संकलनको माध्यम मात्रै बनाइएको र अहिलेको जटिल अवस्थाले राज्यको कर प्रणाली, शासन प्रणाली,वैदेशिक ब्यापार नीति, बैंकिङ नीतिले देशमा विकराल परिस्थिति आउन सक्ने भन्दै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन विज्ञप्तिमा उल्लेख छ ।