© २०२३
बुटवल,१३ माघ । निजी क्षेत्रका शिक्षण संस्थालाई पोसेको र गरीब विद्यार्थीको हक अधिकारको विरुद्ध काम गरेको भन्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन भएको छ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । मन्त्री खनाल शैक्षिक दलाल भएको अनेरास्ववियूको आरोप छ । विद्यार्थीहरूले मन्त्री खनालको राजीनामा समेत मागेका छन । खनाल रवि लामिछानेको पार्टीबाट मन्त्री बनेका हुन् । खनाल निजी शैक्षिक संस्था लगायत दर्जनौं व्यवसायमा आवद्ध छन् ।