ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’
विशेष समाचार

रोकिएन हिंसाः घर नै असुरक्षित

समाजका हरेक संरचनामा स्थापित विभेदपूर्ण सामाजिक सोच र महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोणमा व्यक्तिगत देखि नीतिगत तहसम्म परिवर्तन हुन सकेको छैन । समाजमा ब्याप्त परम्परागत हानिकारक अभ्यासहरू, प्रचलन पनि महिला ंिहसाको कारक बनिरहेका छन् ।
९ माघ २०७९, सोमबार
९ माघ २०७९, सोमबार

घटना १

३७ वर्षकी प्रमिला (परिवर्तित नाम) को १८ वर्षको उमेरमा गाउँकै दिपक चौधरी (परिवर्तित नाम) सँग बिहे हुन्छ । गरिब परिवारमा हुर्केकी प्रमिलाले स्कुल पढ्न नपाए पनि गाउँमा प्रौढ शिक्षा पढेर सामान्य लेखपढ गर्न सक्छिन् । बिहेपछि प्रमिलाबाट दुई छोराको जन्म हुन्छ । छोरा जन्मेपछि उनको श्रीमानले दोस्रो विहे गर्छन् । दोस्रो विहेपछि प्रमिलालाई उनका श्रीमानले हेला गर्नुको साथै कुटपिट पनि गर्न थाल्छन् । श्रीमानले मात्र नभई कान्छी श्रीमती र उसको आमाले समेत प्रमिलालाई कुटपिट गर्न थाल्छन् । बोक्सीको आरोपमा समेत प्रमिलालाई कुटपिट गर्ने र धामी झाँक्री समेत गरेर यातना दिएपछि उनले समाजका अगुवा र प्रहरीमा समेत उजुरी दिन्छिन् । प्रमिलालाई तीन पटक प्रहरीले समेत मेलमिलाप गराएर घर पठाउँछन् । मेलमिलाप गरेको केही समय राम्रो ब्यबहार गरेपनि उनीमाथि कुटपिट र यातना रोकिदैन । पछिल्लो ७ वर्षदेखि उनी माइतीमा गएर बसेकी छिन् । प्रमिला आफ्ना दुई छोराको पालनपोषणको लागि वर्षमा ६ महिना काठमाडौको इटाभट्टामा र बाँकी ६ महिना गाउँमै कृषि मजदुरको रुपमा काम गर्छिन् । छोराहरु ठुला हँुदै गएपछि प्रमिलालाई आर्थिक समस्या बढ्दै गएको छ । प्रमिलाका श्रीमान उनको सम्पर्कमा छैनन् । न्यायको लागि पटकपटक प्रहरीकोमा पुग्दा पनि मिलापत्र गराएर मात्र पठाएकोले प्रमिलालाई न्याय पाउने विश्वास छैन ।

घटना २

२२ बर्षीया ममता (परिवर्तित नाम) को २०७८ सालमा काठमाडौका ब्यापारी सुभाशसँग बिहे भएको थियो । प्लस टु पढ्दै गर्दा, अगाडि पढ्न समेत दिने र दाइजो समेत नलिने भन्दै प्रस्ताव आएपछि ममताका अभिभावकले खुशीसाथ बिहेको निर्णय गरेका थिए । केटा पक्षबाट दाइजो नमागे पनि ममताको बुवाले छोरीलाई आवश्यक पर्ने सबै सामान र सुन समेत उपहार दिएर कन्यादान गरी छोरीलाई पठाए । केटाको परिवार भारतीय भएपनि लामो समयदेखि काठमाडौंमा ब्यापार गर्दै आएकोले बिहेपछि जीवन सुखमय हुन्छ भन्ने ममताले सपना बुनेकी थिइन् । विहेको केही समयमै ममता गर्भवती भइन् । सानैदेखि शरीर कमजोर भएकोले गर्भ बसेपछि ममतालाई गाह्रो हुन थालेको थियो । ममताको स्वास्थ्य अवस्था कमजोर देखेपछि श्रीमानको परिवारले उनलाई हेला गर्न थाले । दाइजो त दिएनन्, काम समेत गर्न नसक्ने मान्छे पठाए भन्दै ममतालाई गाली तथा मानसिक यातना दिन थाले । घरमा कलह बढ्न थालेपछि ममताले माइतीमा खबर गरिन् । र उनलाई माइतीमा लगेर केही समय राखियो । सुत्केरी भएपछि ममतालाई उनको आमाले श्रीमानको घरमा पुर्याइन् । घरमा भने ममताको स्याहारको साटो, दाइजो नल्याएकोले तिमी यो घरको नोकर हो भन्दै यातना दिन थाले । ममता उठ्नै नसक्ने गरी ढलेको बेला उनको श्रीमानले ममताको आमालाई फोन गरेर तपाइको छोरीलाई उपचार गर्न लग्नुस् भनेपछि माइतीले उपचारको लागि लगेका थिए । ममता शारीरिक रुपमा तंग्रिए पनि मानसिक रुपमा निकै विक्षिप्त अवस्थामा छिन् । ओरेकबाट मनोविमर्श सेवा पाउँदा पनि उनीमा सुधार आउन सकेको छैन ।

यी दुई महिला हिंसाका प्रतिनिधि घटना मात्र हुन् । प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुनुपर्नेमा घरभित्रै महिला अझै बढी असुरक्षित छन् भन्ने तथ्य माथिका दुई घटनाले प्रतिनिधित्व गर्दछन् । दुबै हिंसाका घटना परिवारका नजिकका सदस्यबाट भएको देखिन्छ । एक महिलाको सबैभन्दा नजिकको सम्बन्ध श्रीमान÷परिवार सदस्य हो । यद्यपि, सबैभन्दा धेरै महिला हिंसाको घटना श्रीमानबाट हुने गरेको छ ।

ओरेक नेपालले गत असोज, कात्तिक र मंसिर ३ महिनामा ३ सय १९ वटा महिला हिंसाको तथ्याङ्क संकलन गरेको छ । जसमा दुई तिहाई अर्थात ६६ प्रतिशत हिंसा श्रीमान र परिवारका सदस्यहरूद्वारा भएको देखिन्छ । श्रीमानबाट सबैभन्दा धेरै १ सय ५७ र परिवारका सदस्यबाट ५४ वटा घटना भएको पाईएको छ । सबैभन्दा सुरक्षित ठाउँ मानिने घर नै महिलाहरुका लागि असुरक्षित रहेको यो तथ्यांकले प्रमाणित गरेको छ । त्यसैगरी ३० जना छिमेकी, १६ जना प्रेमी, २१ जना अपरिचित व्यक्ति र ९ जना सेवाप्रदायक ंिहसा भएको पाईएको छ । त्यसैगरी ४ जना अविवाहित तर संगै बसेकोबाट, ७ जना सामान्य चिनेजानेका ब्यक्तिबाट र १ जना समुदायका ब्यक्तिबाट ंिहसा भएको पाईएको छ ।

घटनालाई विश्लेषण गर्दा सबै भन्दा धेरै १ सय ७८ जना महिला तथा बालिकामाथि घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । यसैगरी ६८ जनामाथि यौन हिंसा र ३७ जनामाथि सामाजिक हिंसा भएको पाइएको छ । ५२ जना (१६ प्रतिशत) महिला तथा बालबालिकामाथि बलात्कार भएको घटना तथ्याङ्ककले देखाउँछ । साथै २ जनाको बलात्कार पछि हत्या, एक जनालाई बोक्सीको आरोप र अर्को एक जनालाई दाइजोको कारण हत्या गरिएको पाइएको छ । त्यस्तै १० वटा यौन दुव्र्यवहारको घटना, १९ वटा हत्याको घटना, एउटा हत्याको प्रयास, ४ वटा आत्महत्या र ६ वटा साइबर अपराध जस्तो जघन्य अपराधको घटना संकलन भएको छ ।

घटनालाई हेर्दा सबैभन्दा धेरै २६ देखि ३५ बर्ष उमेर समूहका महिला हिंसामा परेका छन् । यो उमेर समूहका १ सय जनामाथि सबैभन्दा बढी हिंसा भएको तथ्याँक संकलन भएको छ । त्यसपछि १८ देखि २५ बर्ष उमेरका ८१ जना, १८ बर्ष भन्दा कम उमेर समूहका ५३ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ४८ जना, ४६ देखि ५५ बर्ष उमेर समूहका १७ जना र ५६ बर्षभन्दा माथिका १२ जना महिला हिंसामा परेका छन् ।

समाजका हरेक संरचनामा स्थापित विभेदपूर्ण सामाजिक सोच र महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोणमा व्यक्तिगत देखि नीतिगत तहसम्म परिवर्तन हुन नसकेको कारण महिलामाथि हुने हिंसाले निरन्तरता पाउँदै आएको ओरेक नेपालका कार्यकारी निर्देशक लभराज न्यौपाने बताउँछन् । ‘समाजमा ब्याप्त परम्परागत हानिकारक अभ्यासहरू, प्रचलन पनि महिला ंिहसाको कारक बनिरहेका छन्’–उनले भने, ‘यस्ता अभ्यास अन्त्य गर्न प्रभावकारी पर्यवेक्षण, अनुगमन र कानूनको कार्यान्वयन आवश्यक छ ।’ प्रत्येक नागरिकको हिंसा रहित वातावरणमा सुरक्षित र सम्मानित तवरले जीवन जिउन पाउने अधिकार सुनिश्चितताका लागि राज्य थप संबेदनशील हुनुपर्ने कार्यकारी निर्देशक न्यौपानेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission