ट्रेंडिंग:

>> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ

स्वास्थ्य सेवा प्रदान गर्न मर्चवार पुग्यो रोटरी

८ माघ २०७९, आइतबार
८ माघ २०७९, आइतबार

बुटवल, ७ माघ ।

रुपन्देहीको सबैभन्दा विकट क्षेत्रमा पर्छ, मर्चवार । चारवटा पालिका पर्ने यस क्षेत्रका नागरिकमा अनेक स्वास्थ्य समस्या छन् । कति आर्थिक अभावले अस्पतालसम्म पुग्न सकेका छैनन् भने कयौं रोग लुकाएर बस्न बाध्य छन् । मर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिका पर्ने यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा एकजना पनि विशेषज्ञ चिकत्सक छैनन् । विशेषज्ञ सेवा लिनका लागि यहाँका नागरिक भैरहवा, बुटवल लगायत अन्य ठाउँमा जानुपर्ने बाध्यता छ ।

उपचारका लागि टाढा जानुपर्ने, आर्थिक अभाव, शिक्षा र चेतना अभावले यहाँका स्थानीयले रोग लुकाएर बस्छन् । नजिकका स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक नहुँदा र पालिकाहरुले यसका लागि पहल नगर्दा धेरै विपन्न परिवारले राम्रो र भरपर्दो स्वास्थ्य सेवा लिन पाएका छैनन् । बेलाबखत विभिन्न संघसंस्थाले आयोजना गर्ने शिविरहरुमा चेकजाँच गराए पनि यहाँ यस्ता धेरै नागरिक छन्, जो अझैसम्म अस्पतालको गेटसम्म पुगेका छैनन् ।

महिलाहरुमा पाठेघर, छाला तथा यौन, पेट लगायतका अनेक रोगले च्याप्दो छ । यसका साथै यहाँका धेरै नागरिकमा नाक, कान, घाँटी, छाला, दाँत, पेट लगायतको समस्या छ । अशिक्षा र अनेक कारण यहाँका महिलाहरुले खुलेर आफ्ना समस्या राख्न सक्दैनन् । नजिकका स्वास्थ्य चौकीहरुमासमेत विशेषज्ञ महिला चिकित्सक नहुँदा समस्या राख्न र उपचार गराउन महिलाहरुलाई अझै समस्या भएको सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्सीप्रसाद माझी बताउँछन् ।

‘पालिकाहरुले विशेषज्ञ चिकित्सक राख्न सकेको छैनन्, राख्न खोजे पनि चिकित्सक यहाँ आउनै मान्दैनन् । राम्रो स्वास्थ्य संस्था पनि छैन । यसले गर्दा यहाँका नागरिकले अनेक रोगसँग लड्नु पर्दा पनि गुम्एिर बसिरहेका छन्’, उनले भने, ‘हामीले अहिले विशेषज्ञ चिकित्सक ल्याउन र स्वास्थ्य चौकीहरुलाई विस्तार गर्न पहल गरिरहेका छौं ।’ उनले गरिबी र अशिक्षाका कारणले पनि धेरै नागरिक अस्पताल नपुग्ने गरेको बताए ।

शनिबार रोटरी क्लब अफ बुटवलको स्पोन्सर क्लव रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरले भने यहाँका धेरै स्थानीयलाई विशेषज्ञ चिकित्सकसँग खुलेर आफ्नो समस्या राख्न सक्ने अवसर जुटाइदियो । सम्मरीमाई गाउँपालिका–१, करौंतामा आयोजना गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा महिलाले मात्रै होइन् बृद्धबृद्धा, बालबालिकादेखि अधबैंशेसम्मले चिकित्सकसँग खुलेर आफ्ना स्वास्थ्य समस्या राखे । रोटरी क्लब र गाउँपालिकाको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा ६ सय २० जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसियमयस) ले प्राविधिक सहयोग गरेको थियो ।

युसियमयसबाट प्राध्यापक डा.साधन मुखीको नेतृत्वमा ३० जना चिकित्सक र स्वास्थ्यकर्मीहरु शिविरमा उपचारका लागि गएका थिए । महिला तथा प्रसूति रोग विशेषज्ञसहित अन्य विशेषज्ञ चिकित्सक पनि शिविरमा सहभागी थिए । रोटरी क्लबका अध्यक्ष भोजबहादुर खत्रीले गरिब तथा विपन्न परिवारको बढी बसोबास रहेको क्षेत्र छनोट गरेर स्वास्थ्य शिविरको आयोजना गरेको बताए । ‘हामीले यहाँको बस्तुस्थितति बुझ्यौं, धेरै महिलाहरुले रोग लुकाउने, अस्पताल नजाने, मर्चवारमा विशेषज्ञ चिकित्सक नभएको थाहा पाए पछि निःशुल्क शिविर आयोजना गरेका हौं’, उनले भने, ‘शिविरमा धेरैजना उत्साहसाथ आएर आफ्नो स्वास्थ्य समस्या राख्नुभयो, विशेषज्ञ चिकित्सकसँग चेकजाँच गराउनुभयो, निःशुल्क औषधि लिएर जानुभयो ।’

खत्रीले रोटरीले सधैं सामाजिक सेवालाई प्राथमिकता दिएर अघि बढेको जनाउँदै विपन्न बस्तीहरुमा सहयोग गर्ने, स्वास्थ्य शिविरहरु संचालन गर्ने लगायतका धेरै काम गर्दै आएको जनाए । शिविरमा उपचारमा खटिएकी महिला तथा प्रसूति रोग विशेषज्ञ डा.दिपाञ्जली शर्माका अनुसार यहाँका धेरै महिलाहरुमा सेतेपानी बग्ने, युवतीहरुमा महिनावारी हुँदा बढी रगत बग्ने, पेट दुख्ने, हात खुट्टामा समस्या भएको पाइएको बताइन् । ‘शिविरमा आएका धेरैले आफ्नो समस्या भन्नै खोज्नुहुन्थेन तर हामीले विभिन्न विकल्प खोजेर सोधजोख गर्दा यस्ता समस्याहरु बताउनुभएको हो’, उनले भनिन् ।

शिविरमा ३ सय ७५ महिला र २ सय ४५ पुरुषले स्वास्थ्य जाँच गराएका थिए । क्लबका प्रथम उपाध्यक्ष एवं युसियमयसका प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकालले उत्साहकासाथ स्थानीय उपचारका लागि शिविरमा आएको बताए । उनका अनुसार विशेषज्ञ चिकित्सकसहितको टिमले शिविरमा सामान्य चिकित्सा तथा शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीको जाँच, रगत जाँच, छाला तथा यौन रोगको जाँच गरेका थिए । यस्तै, महिला तथा प्रसूति रोगसम्बन्धी जाँच, भिडियो एक्सरे, मुटुको इसीजी, बाल रोग, दाँत तथा गिँजा रोगको उपचार गरिएको थियो । शिविरमा चेकजाँच गराएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधि वितरण गरिएको ढकालले बताए । उनका अनुसार करिब दुई लाख रुपैयाँको निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा स्वास्थ्य जाँचका लागि आएकी सम्मरीमाई–४ की माया हरिजनले घरछेउँमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदा आफू हर्षित भएको बताइन् । ‘मैले पहिलोपटक चिकित्सकसँग चेकजाँच गराएकी हुँ’, उनले भनिन्, ‘मेरा समस्या खुलेर चिकित्सकसामु राखेँ, सल्लाहसुझाव दिनुभयो, केही समय औषधि खानु भन्नु भएको छ । अब मेरा समस्या ठीक होलान् ।’ उनले शिविरबाट आफू जस्ता धेरै महिलाहरु लाभान्वित भएको जनाइन् ।

गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तवले स्वास्थ्य क्षेत्रमा पालिका निकै पछाडि परेको जनाउँदै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन आफू लागि परेको जनाए । ‘बेलाबेलामा आयोजना हुने यस्ता शिविरहरुमा धेरैले सेवा पाउनु भएको छ, यसले स्थानीयलाई ठूलो स्वास्थ्य लाभ मिलेको छ’, उनले भने, ‘हामीले अब पालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै जानेछौं । रोटरी जस्ता अन्य सामाजिक संस्थासँग सहकार्य गरेर अघि बढ्ने छौं ।’

पालिका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले सम्मरीमाईका महिलाहरुमा सबैभन्दा बढी स्वास्थ्य समस्या रहेको बताइन् । उनले रोग पालेर बस्दा थप समस्या हुने भन्दै समयमै स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरिन् । शिविर संचालन अघि आयोजित कार्यक्रममा बोल्दै रोटरीका रिजन–५ का एसिस्टेन गभर्नर राजु खरेल, क्लबका पूर्व अध्यक्ष डा.शान्तकुमार शर्मा, सम्मरीमाई वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार यादव, युसियमयसका जनसम्पर्क अधिकृत तेज केसी लगायतले बोल्दै यस्ता शिविरले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य समस्यालाई पहिचान र निदान गर्न सहज हुने बताए । शिविरमा विभिन्न समस्या देखिएका विरामीलाई यससियमयसले २० प्रतिशत छुट दिएर उपचार गर्ने जनाएको छ । अस्पतालमा उपचार गर्न आउने इच्छुक विरामीलाई एक महिनासम्म निःशुल्क गाडीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?