ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

संस्कृति जोगाउन नौमती बाजा महोत्सव

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ मुसिकोट नगरपालिकाको वामी टक्सारमा दोस्रो नौमती बाजा महोत्सव भएको छ । विगतमा निकै महत्वका साथ प्रयोगमा आएको नौमति बाजा पछिल्लो समयमा विस्तारै लोप हुँदै जान थालेको अवस्थामा त्यसको प्रचार प्रसार गर्दै महत्व झल्काउने उद्देश्यले वामी बिश्व सम्पर्क मञ्चको आयोजनामा उक्त नौमती बाजा महोत्सब आयोजना गरिएको सो कार्यक्रमका संयोजक बैकुण्ठ रायमाझीले बताए ।
महोत्सबको अवसरमा नौमती बाजा प्रतियोगीताका साथै नौमती बाजामा पुरुष तथा महिलाको नृत्य प्रतियोगीताको समेत आयोजना गरीएको थियो । नौमती बजा प्रतियोगीतामा भिरखानी पञ्चेवाजा समुह चन्द्रकोट गाउँपालिका भिरखानीप्रथम भएको छ । प्रतियोगितामा मुसिकोट नगरपालीका अन्र्तगत नौमति बाजा संरक्षण समिति वामी मैदान दोश्रो र गल्कोट नगरपालिका अन्र्तगत घुम्टे नौमति वाजा समुह तेश्रो भएका छन् ।
प्रतियोगिातमा प्रथम हुने समूहलाई ३३ हजार ३ सय ३३, दोस्रो हुने समूहलाई २२ हजार २ सय २२ रूपैयाँ र तेस्रो हुने समूहलाई ११ हजार १ सय ११ रूपैयाँ पुरस्कार रकम प्रदान गरिएको थियो । महोत्सवमा उत्कृष्ट सनाई बजाउँने बडिगाड गाउँपालिका अन्तर्गत दगाका नवप्रतिभा वाजा समुहका सनाई वादक लोक वहादुर दर्जिलाई ५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कारप्रदान गरिएको थियो । प्रतियोगितामा महिला नृत्य तर्फ सुष्मासिंह ठकुरी प्रथम, रूपा राना मगर द्वितिय र विन्दु परियार तृतीय भएका थिए । त्यस्तै पुरुष नृत्य तर्फ मदन दर्लामी प्रथम, राजेन्द्रसिंह ठकुरी द्वितिय, रोम रायमाझी तृतीय भएका थिए । महोत्सवको पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्दैैै कला र संस्कृतिको संरक्षण र विकासले राष्ट्र विकासमा ठूलो योगदान पुराउने बताए । दुई दिनसम्म संचालन भएको उक्त कार्यक्रममा वरिष्ठ गायक तथा संगितकार नारायण रायमाझी, जनगायक जिवन शर्मा, संगितकार, बिजु बज्र, नविन पौडेल, लक्ष्मण खड्का, सन्तु थापा, शान्ता परियार, गंगा बस्नेत लगायतका कलाकारहरूले नृत्य एवं साँगितिक प्रस्तुति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?