ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

नि:शुल्क स्वास्थ्य शिबिरमा सेवा पाएपछि बिरामी दंग

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

दाङ,१९ पुस । घोराही उपमहानगरपालिका वडा न –६ का ७१ वर्षीय चुमादेबी अधिकारी प्रेसर र मधुमेहको मात्रा कति छ ? स्वास्थ्य अवस्था के कस्तो छ भनेर घोराही –६मा रहेको हेल्थ फाउन्डेसन नेपालले संचालन गरेको नि:शुल्क स्वास्थ्य शिबिरमा गइन् । उनलाई कुनै रोग नभएको डाक्टरको भनाइ थियो । ‘घर नजिकै हेल्थ फाउन्डेसन उपचार केन्द्र खुलेको छ । नियमित स्वास्थ्य परिक्षण गराउन पाइएको छ, खानपिनमा पनि ख्याल गरेको छु त्यही भएर होला अहिलेसम्म ठूलो रोग लागेको छैन’उनले भनिन् ।
सोही ठाउँका ३६वर्षीय जगत आचार्य पनि हेल्थ फाउन्डेसन नेपालले संचालन गरेको निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण गर्न आएको भेटिए । प्रेसर र सुगरको मात्रा शरिरमा कति छ भनेर परिक्षण गर्न आएको बताए । सुगरको मात्रा ठिकै देखियो प्रेसर हुनुपर्ने भन्दा धेरै रहेको उनको भनाइ छ । घर नजिकै स्वास्थ्य शिबिर हुँदा सहजै सेवा लिन पाएकोमा उनी खुशी भएका छन् ।
कार्यक्रम संयोजक प्रयास गौतमले बिरामीलाई कसरी उपचार गर्ने, कसरी स्वस्थ्य रहने विषयमा नागरिकलाई सचेतना दिने गरेको बताए । नागरिकलाई रोग लाग्नु भन्दा पहिले नै सचेत गराउने र रोग लागेकालाई समय मै उपचार गर्ने गरिएको बताए । उपचारमा आउने सम्पूर्ण बिरामीलाई निशुल्क औषधि दिने गरेको उनले बताए ।
घोराही उपमहानगरपालिका –६ जजरागाँउमा बबई खोलाको किनारमा रहेको ६ कट्ठा जमिनमा सुबिधा सम्पन्न स्वास्थ्य केन्द्रको घर बनेको छ । सुगर, पे्रसर, हाइपोटनको उपचार हुने गर्दछ । सो केन्द्रमा बरिस्ठ फिजिसियन एक जना, मेसिकल अफिसर ३ जना, नर्स २ जना , जन स्वास्थ अधिकृत ३जना मनोसामाजिक बिमर्सकर्ता २ जना , म्यानजेर १ र फाइनान्स १ , अप्रेसन यसोसेट एक र एक जना कार्यालय सहयोगीले सेवा दिइरहेका छन् ।
। अमेरिका र नेपालमा विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको हेल्थ फाउन्डेसन नेपालले कोभिड १९ सम्बन्धी सरसल्लाह र उपचारका लागि निशुल्क हटलाइन सेवा सुरु गरेको थियो । हटलाइनमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले सेवाग्राहीका प्रश्नहरुको उत्तर दिने गरिएको थियो ।
हेल्थ फाउन्डेसन नेपाल अमेरिका र नेपालका स्वास्थ्यकर्मीहरु मिलेर खोलेको संस्था हो । यसले बालबालिकाको कुपोषण घटाउन, सुत्केरी महिलाको स्वास्थ्य प्रबर्धन गर्न, मानसिक रोग लागेकालाई सामाजिक पुनस्र्थापना गर्न, दीर्घरोग सम्बन्धी अनुसन्धान र उपचार गर्न तथा बालबालिकालाई कम्पुटर सम्बन्धी शिक्षा प्रदान गर्न कार्यक्रमहरु गरिरहेको छ । दाङमा हेल्थ फाउन्डेसन नेपालले निर्माण गर्न लागेको मानसिक रोग निवारण केन्द्रका लागि ६० लाख बराबरको आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?