ट्रेंडिंग:

>> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

तरकारी र प्याजका बेर्ना बेचेर दश कट्ठा जमिन

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

दाङ ,१६ पुस ।

साना साना प्याजका मुठा लहरै राखेर बसेका महिला । बाटो हिंड्ने जतिलाइ प्रायः नछुटाई भन्ने गर्छ्न प्याजको बेर्ना लैजानुस्, मिलाएर दिउँला नि कति लैजानु हुन्छ ? यो दृश्य हिजोआज घोराही – १८ रझेना जाने बाटोको पिपल बोटको वरिपरिको हो । दाङको देउखुरीबाट घोराही बजारमा प्याजका बेर्ना बिक्री गर्न आएका महिलाले दैनिक आजभोलि यसरी नै सडक व्यापार गरिरहेका छन् । लमही नगरपालिका –७ सेमरवा कि झुन्डी चौधरीले एक कठ्ठा जमिनमा राखेको प्याजको बेर्ना बिक्रीका लागि घोराही आएको बताइन् । एक किलो बिउबाट २० हजार रुपैयाँ फाइदा गरेको उनले बताइन् ।

गत बर्ष ५ हजारको बीउ किनेर राखेको ९० हजारको प्याजका बेर्ना बेचेको उनले बताइन् । प्याजका बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने गरेको उनको भनाई छ । उनले तरकारी खेती र प्याजको बिरुवा बेचेर १० कठ्ठा जमिन जोडेको बताइन् ।

झुन्डी चौधरीले बिगत १० बर्षदेखि प्याजका बेर्ना बिक्री गर्न थालेको बताइन । पहिले पहिले गाउँ घरमा सबैभन्दा गरिब आफू भएको जस्तो लाग्थ्यो । कसैले दुइचार सय रुपैयाँ सापटी पनि दिदैनथे । आजभोलि अरुलाई सहयोग गर्ने भएको उनले बताइन् । प्याजको बीउ राखेको एक महिनामा रोप्नका लागि तयार हुन्छ । असोजमा बेर्ना राखेको कात्तिकदेखि बिक्री गर्न सुरु गर्छौ । मङ्सिर, पुस, माघ महिना सम्म प्याजका बेर्ना बिक्री हुन्छन् । “एउटा सिजनमा ९० हजारदेखि एक लाख रुपैयाँ सम्म कमाई हुन्छ”, उनले भनिन् । धेरै मेहनत र लगानी गर्नु नपर्ने भएका यो पेसा सजिलो लागेको छ ।

सोही ठाउँकी गीता चौधरीले एक कठ्ठा जमिनमा प्याजको बेर्ना राखेको बताइन् । ६ हजार रुपैयाँको बीउ किनेको यसपालि ८० हजार रुपैयाँको बेर्ना बिक्री गर्ने लक्ष्य रहेको बताइन् । “६ जनाको परिवार छ सबै कृषि पेसामा आबद्ध छौ”– उनले भनिन् । लमही सानो बजार छ त्यहाँ धेरै बिक्री हुँदैन । घोराही बजार ठूलो छ धेरै बिक्री हुने भएकाले यता आएको उनले बताइन् ।
गाउँका धेरै जनाले प्याजको बेर्ना राख्ने गरेका छन् । गाउँमा पुरुषहरुले घरमा अन्य काम गर्ने भएकाले गाउँभरिका सबै महिला प्याजका बेर्ना बिक्रीका लागि घोराही आउने गरेको उनले बताइन् ।

“बिहान ५ बजे गाउँको हाइसले सबैलाई ल्याएर आउँछ । दिनभरी यही प्याज बिक्री गर्छौ, बेलुका ६ बजे सोही गाडीमा घरमा जान्छौ । गाडीको सुविधा भएकोले आउन जान सजिलो भएको छ”–उनले भनिन् । बेर्ना उत्पादन देउखुरीमा राम्रो हुने र फल उत्पादन दाङमा राम्रो हुने भएकाले बेर्ना बिक्री घोराहीमा धेरै हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?