ट्रेंडिंग:

>> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

दसैं तिहारको लागि पैसा आएन शव आयो !

१४ आश्विन २०७५, आईतवार
१४ आश्विन २०७५, आईतवार

दशैतिहार नजिकिँदै गईरहेको बेला स्वदेशमा काम नपाई बैदेशिक रोजगारको सिलसिलामा ढाई बर्षदेखि खाडी राष्ट्र मलेशिया गएका रूपन्देहीमा पैसा आउनुको सट्टा लाश आएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार मलेशियामा बिषादी रक्सी सेवनबाट मृत्यु भएका १५ नेपाली मध्ये लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ मसिना निवासी ३५ बर्षीय कान्छा भन्ने रामकुमार यादवको १३ औं दिनमा लास आएको हो ।
दशैतिहारको मुखमा पैसा आउनुको सट्टाघरमा यादवको लास आएपछि निजको सात जना परिवार बिचल्लीमा परेको लुसाँनपा वडा ११ का वडा अध्यक्ष अक्रमुद्दीन मुसलमानले बताए । बडा दशंै अघि नै घर आउने श्रीमानको फोन मार्फत खबर सुनेर खुशीले घरआँगन सजाउने क्रममा उनको लाश देखेपछि एक्कासी मृत्युको पीडा सहन नसके पछि निजको धर्मपत्नी रीता यादव अचेत अवस्थामा ईशारा गर्दै सँगै मर्नेसँगै बाँच्ने सपना अधुरो भएको दुखेसो पोखिन् ।
त्यसै गरि ठूलो बाकसमा बाबूले दशैतिहारका लागि नयाँ कपडा र मीठा खानेकुरा सम्झी दगुर्दै नजिक पुग्दा बाबूकै लाश देखेपछि अर्को तर्फ सात बर्षीय छोरा रमेश यादव पनि जमीनमा ढलेर पापा बिस्कुट खोई रुदै कराउँदै भने । त्यति मात्र नभई ठूलो छोरा पट्ट यादवको क्रिया नहुँदै साहिला छोरा रमेश यादवको मलेशियाबाट घरमा लाश आएपछि आफूलाई काँध थप्ने सपना त बिपनामा आफैले दुई छोराको काँध थप्नु परिरहेको मृतकका पिता ७८ बर्षीय जल्लु यादवले पीडा सुनाए । त्यस्तै बिदेशको भूमिमा छोरा गुमाउदाको पछुत्तो नभई गाँउ,समाज र देशको सेवा गर्ने एउटा नेपाल आमाको छोरा गुमे पछि देश निर्माण अभियानमा एक नेपाली युवा घटेको चिन्ताले पिरोल्न थालेको निजको आमा चन्द्रबलि यादवले अश्रधारा बगाउदै बताईन ।
मलेशियाबाट रमेश यादवको लाश आए पछि गाँउको होनहार युवा पुरै मसिना गाँउ नै शोकमा डुबेर यस बर्षको दशैदिपावली समेत नमनाउने गाँउलेहरू मनस्थिती बनाउन थालेको समाजसेवी शिवप्यासीले बताए । स्वदेशको डल्लामा पसिना बगाई देश निर्माण गर्ने युवाहरू खाडी राष्ट्रमा गई मृत्युवरण गरिरहेको बिभिन्न घटनाक्रमलाई नजर अन्दाज गरि राज्यले युवाहरूलाई स्वदेश मै रोजगारीको अवसरहरू सिर्जना नीति अवलम्बन गर्नुपर्ने सुझाव समेत दिए ।

तस्वीरः पिडामा रहेको यादव परिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?