ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

किसानको दुःखेसोः खुला सिमानाका कारण उत्पादनले बजार पाएन

९ पुष २०७९, शनिबार
९ पुष २०७९, शनिबार

भैरहवा, ९ पुस ।

मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीयबासी तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरुको भनाइ छ ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, सिद्धार्थनगर–९, रुपन्देही) र उद्योग व्यापार संगठन, रुपन्देही मर्चवार सम्पर्क कार्यालयले शुक्रबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको स्थानीय बजार प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले स्थानीय बजार प्रवद्र्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गरे । उनले भने, ‘भारतमा सस्तो मूल्यमा कुखुरा पाइने भएकाले उपभोक्ताहरु भारत जाने गरेका छन्, सीमा वारीका व्यवसायी मर्कामा परेका छन् ।’

त्यस्तै स्थानीय सुर्यनारायण यादवले खुल्ला सीमाका कारण स्वदेशी बजार सुनसान भएको बताए । उनले स्वदेशमा उत्पादन लागत बढी हुँदा सामानको मूल्य समेत यहाँ बढी नै रहेको बताए । उनले स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरणमा समस्या रहेको बताए ।

कृषक अशोक कुमार तिवारीले किसानलाई मल र सिंचाईको व्यवस्था नभएसम्म विकास हुन नसक्ने बताए । उनले कृषकले उत्पादन गरेर वस्तुको मूल्य कृषकले नै तोक्न पाउनुपर्ने माग गरे । उनले भने, ‘किसानको विकास नभएसम्म मुलुकको विकास हुन सक्दैन । ’

स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि विक्रीवितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको बताए । उनले उद्योग बन्द भएपछि ऋणको किस्ता, ब्याज तिर्न समस्या भएको गुनासो गरे । उनले भने, ‘अनुदान पाउनुपर्ने व्यक्तिसमक्ष पुगेको छ कि छैन अनुगमन गर्नु आवश्यक छ ।’

मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले दर्ता प्रक्रियामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताए । उनले स्थानीय सरकारले स्थानीय उत्पादन भएका सामान खरीद गर्नुपर्ने माग गरे । उनले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । मर्चवार क्षेत्रमा होटल, किराना लगायत व्यवसाय बन्द भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले किसानले समयमा मल र बिउ नपाएको बताए । उनले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको र सीमापारीबाट ल्याउँदा किसानले अनेकौ हैरानी खेप्नुपरेको बताए । उनले भने, ‘स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक छ । ’अध्यक्ष ज्ञवालीले किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने बताए ।

उनले स्थानीय उत्पादन खरीद गरेर स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘सबै व्यवसायलाई करको दायरामा ल्याउनुपर्छ, स्थानीय सरकारले सहज रुपमा दर्ता तथा नविकरण गर्नुपर्छ । ’ उनले खुल्ला सीमा व्यवस्थित नभएका कारण व्यवसाय प्रबद्र्धन हुन नसकेकाले सीमालाई व्यवस्थित गर्नुपर्ने बताए । बैंक ब्याजदर बढेका कारण विगतमा पनि आन्दोलन गरेको र अब हुने आन्दोलनमा मर्चवार क्षेत्रका व्यवसायी पनि सहभागी हुनुपर्ने बताए । उनले भने, ‘चर्को बैंक ब्याजदरका कारण उद्योग व्यवसाय धरासायी भएका छन्, अब नयाँ सरकार बनेपछि चर्को बैंक ब्याजदरविरुद्ध पुनः आन्दोलन गर्छौं ।’

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले कृषिप्रधान क्षेत्र मर्चवारमा आउनुपर्ने मल समेत घटिरहेको गुनासो गरे । उनले किसानले समयमै मल नपाएको बताए । उनले मर्चवार क्षेत्रमा रहेका पालिकाहरुले साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘साझा एजेण्डा बनाएर अघि बढे मर्चवार क्षेत्रको आवाज एकैपटक सम्बन्धित निकायमा पुग्छ । ’
कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष संजय कुमार सैनीले कृषिप्रधान देश भनिए पनि किसानको धेरै समस्या रहेको बताए । उनले कृषिको लागि आवश्यक रहेको ट्रयाक्टरको भन्सार शुल्क बढ्दा कृषक मारमा परेको गुनासो गरे ।

मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले कृषि, शिक्षा र स्वास्थ्यमा आफूले जोड दिएको बताए । उनले कृषकलाई गाउँपालिकाबाट सक्दो सहयोग गरिएको बताए । उनले भने,‘ निजी क्षेत्रलाई जिम्मेवारी दिए कृषकले सहज रुपमा मल पाउन सक्थे । ’ उनले किसानलाई सिंचाईको व्यवस्था नहुनु दुःखद भएको बताए ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भारतबाट ल्याएर सामान विक्री गर्नुपर्ने व्यवसायीको बाध्यता रहेको बताए । उनले भने, ‘मर्चवार क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि छुट्टै नीति बनाउनुपर्छ । ’ उनले किसानले मल समयमा नपाउँदा उत्पादनमा समेत समस्या आएको बताए । अध्यक्ष त्रिपाठीले स्थानीय बजार प्रवद्र्धनमा स्थानीय तहबाट भूमिका निर्वाह गरिने प्रतिवद्धता व्यक्त गरे । उनले मर्चवार क्षेत्रमा पर्ने चार वटा पालिकाको भेला गरेर समस्या समाधानका लागि सम्बन्धित निकायमा डेलिगेशन समेत जानुपर्ने बताए । उनले भने, ‘समस्या समाधानका लागि बाध्यात्मक स्थिति सिर्जना गर्नुपर्छ, निराशा कुरा मात्र गरेर हुँदैन, आशावादी हुनुपर्छ ।’ उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?