© २०२३
हरेक बर्षको सेप्टेम्बर २९ तारिखमा मनाईने बिश्व मुटु दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा “साईकल चलाऔं । मुटु स्वस्थ्य राखौं ” भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रम आयोजना हुने भएको छ । पैडल पावर अफ कपिलवस्तु र साईकल राईडर्स अफ कपिलवस्तुको संयोजन र बिङ्स फ्रेन्ड्सको आयोजनामा तौलिहवामा साईकल ¥यालीको आयोजना हुने आयोजकले जनाए । पछिल्लो डेढ बर्ष यता साईकल चलाउने अभियान अन्र्तगत गत बर्ष देखी बिश्व मुटु दिवश मनाउन शुरु गरिएको आयोजक परमानन्द मण्डलले बताए । दिवशका अवसरमा ५० बढि साईकलमा बुद्धस्थल तिलौराकोट–कुदान–जमुवार र प्रशासन चौक हुदै बुद्धपद्धम माबिको खेल मैदानमा पुगी करिब १२ किलोमिटर लामो यात्राको ¥याली समापन गरिने अर्का आयोजक दिनेश हमालले जानकारी दिए । स्वस्थ्य मुटुका लागी आवश्यक पर्ने व्याम साईकल यात्राले परिपुर्ति गर्ने भएकाले आफुहरुले सो अभियान थालेको अभियानमा सक्रिय सुचेता शाक्यले बताईन । आफुहरुलाई सो अभियान सफल बनाउनका लागी प्याङ्क बाईक काठमान्डौ, नित्यानन्द ज्वलर्स, अजित ज्वलर्स, होटल गौतम बुद्ध, वेष्ट प्वाईन्ट बोर्डिङ्ग स्कुल लगायतले सामाग्री र अन्य सहयोग गर्ने बिङ्स फ्रेन्ड्सका अध्यक्ष आदिल खानले बताए ।