ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अर्घाखाँचीको शैक्षिक अवस्था

८ आश्विन २०७५, सोमबार
८ आश्विन २०७५, सोमबार

देवीराम आचार्य

सारांश : 
शिक्षालाई समृद्धि र विकासको सूचक मान्ने हो भने जिल्लाको समग्र शैक्षिक अवस्था सन्तोषजनक देखिएन । प्राप्त भएका विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दा शिक्षाको स्तर अत्यन्त कमजोर अवस्थामा रहेको छ । सामुदायिक विद्यालयका ९० प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ स्तर हासिल नगरी कक्षा १० पार गरेका छन् ।
उच्च शिक्षामा पनि यो समूहले राम्रो गर्न सक्दैन र अन्ततः रोजगारीका लागि विदेशिनु बाहेक अन्य विकल्प रहँदैन । जिल्लाको समृद्धि र विकासका लागि मानवीय पूँजीको निर्माण आवश्यक हुन्छ, त्यसका लागि जिल्लाको शैक्षिक गुणस्तरमा सुधार गर्नु अति जरुरी र ढिला भइसकेको देखिन्छ । यो लेखमा खासगरी जिल्लाको शैक्षिकस्तरको विश्लेषण गरिएको छ, जसले जिल्लामा शैक्षिक स्तर सुधारका लागि केही मार्गप्रशस्त गर्नेछ ।
पृष्ठभूमि ः
नेपालको शैक्षिक विकासको औपचारिक इतिहासमा हरिहर संस्कृत पाठशाला एक ऐतिहासिक विद्यालयको रूपमा स्थापित देखिन्छ । तर अभिलेख र अग्रजहरूका अनुसार १९९० को वरिपरी नै अर्घा दरबारको भगवती मन्दिर क्षेत्रमा भाषा पाठशाला सञ्चालनमा आएको थियो जुन हालको अर्घारजस्थल र जनज्योति माविको आधार स्कुल समेत हो (पराजुली, २०६९) । सो पश्चात बल्कोटको पौवामा पनि भाषा पाठशाला सञ्चालनमा आएको थियो । औपचारिक विद्यालयहरू शुरु हुनु पूर्व र सो पश्चात पनि थुप्रै दलाने पाठशालाहरू विभिन्न ठाउँमा सञ्चालनमा थिए (पराजुली, २०६९) । जिल्लाबाट औपचारिक अध्ययनका लागि तौलिहवा र बनारस जाने प्रचलन लामो समय चलेको थियो । वि.सं. २००७ सालमा प्रजातन्त्रको आगमनपश्चात देशैभरी विद्यालय खुल्ने लहर चल्यो र सोही अनुसार जिल्लामा पाठशालाहरू खुल्ने व्रmम शुरु भयो । वि.सं. २०१८ मा देशलाई चौध अञ्चल पचहत्तर जिल्लामा विभाजन गरे पश्चात २०१९ मा जिल्लामा जिल्ला शिक्षा निरीक्षकको कार्यालय स्थापना भयो । राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–०३२ तेस्रो चरणमा लागू भएपछि शैक्षिक संस्थाहरू व्यवस्थित हुँदै गए । हाल जिल्लाामा ४३२ विद्यालय, ६ वटा क्याम्पस र ३ प्राविधिक शिक्षालय सञ्चालनमा छन् । जिल्लालाई वि.संं. २०७२ मा साक्षर जिल्लाको रूपमा (साक्षरता ९७.५४) घोषणा गरिएको छ । यस आलेखमा जिल्लाको वर्तमान शैक्षिक अवस्थालाई विश्लेषणात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
अध्ययन विधि ः
यो आलेख खासगरी विभिन्न प्रकारका सूचना र तथ्याङ्कहरूको आधारमा तयार गरिएको छ । आलेखमा प्रयुक्त तथ्याङ्कहरूको स्रोत सहायक स्रोतहरू हुन् । सूचनाहरू लिनका लागि केही अनौपचारिक कुराकानी, विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तकहरू, शैक्षिक सूचनाहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रकाशनहरूको सहयोग लिइएको छ । केही अप्रकाशित सामग्रीहरू लेखक स्वयंले सम्बन्धित संस्थामा सम्पर्क राखी सङ्कलन गरीएको छ । सूचना र तथ्याङ्कहरूको विश्लेषण परिमाणात्मक पक्षमा बढी जोड दिइएको छ भने केही अंशहरूमा गुणात्मक पक्षमा पनि विश्लेषण गरिएको छ ।
जिल्लाको वर्तमान शैक्षिक अवस्था ः
भौगोलिक रूपले पहाडी क्षेत्रमा पर्ने अर्घाखाँचीको दक्षिणभागमा चुरेपर्वतमाला र वनजङ्गलको भाग बढी मात्रामा छ भने उत्तरी भाग केही अग्ला लेकहरूसहितको ८२५० फिटसम्मको उचाईमा रहेको छ । वि.संं २०६८ को जनगणना अनुसार ४६८३५ घरधुरी र १,९७,६३२ जनसङ्ख्या रहेको छ । संघीयताको नयाँ संरचना अनुसार ३ नगरपालिका र ३ गाउँपालिकामा विभाजित यस जिल्लामा हिन्दु धर्मालम्बी सबैभन्दा बढी, त्यसपछि व्रmमशः बुद्ध धर्मालम्बी, व्रिmश्चियन, इश्लाम र अन्यहरू पनि रहेका छन् । जिल्लामा हाल शिक्षा विषयमा स्नातकोत्तर तहसम्मको पठनपाठन हुने भएकाले र त्यसको गुणस्तर समेत कमजोर भएकाले उच्च शिक्षाका लागि बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता नै छ । जनगणना २०६८ को राष्ट्रिय प्रतिवेदनमा उल्लेख भए अनुसार जिल्लामा विभिन्न तह पूरा गरेको जनसङ्ख्याको अनुपात निम्न रहेको छ ।
जिल्लामा उच्च शिक्षा अध्ययन गर्नेमध्ये सबैभन्दा धेरैले शिक्षा विषय पढेको देखिन्छ । विषय नखुलेको १९ प्रतिशत र अन्य विभिन्न विषय अध्ययन गर्नेहरूको प्रतिशत ७ प्रतिशत रहेको छ । विज्ञान, इन्जिनियरिङ जस्ता प्राविधिमा विषय अध्ययन गर्ने जनङ्ख्याको अनुपात कम रहनुले के स्पष्ट गर्छ भने जिल्लाको विद्यालय शिक्षाकै अवस्था कमजोर छ । सँगै जिल्लामा प्राविधिक शिक्षाका विषय अध्ययन अध्यापन हुने शैक्षिक संस्थाहरूको उपस्थिति छैन् । यसले जिल्लाको समग्र मानवीय विकास, रोजगारी र आर्थिक क्षेत्रमा प्रभाव परेको देखिन्छ ।
जिल्लामा हाल सञ्चालनमा रहेका विभिन्न शैक्षिक संस्थाहरूको विवरण तालिका १ मा प्रस्तुत गरिएको छ ।
निजी विद्यालय ः
जिल्लामा हाल सञ्चालनमा रहेका निजी विद्यालयको सङ्ख्या ४५ रहेको छ । नतिजाको दृष्टिले सामुदायिकभन्दा अब्बल देखिन्छन् । अभिभावकको चाहना सकेसम्म निजी विद्यालयमा पढाउने रहेको देखिन्छ । आर्थिक रूपले विपन्न तथा गरिब परिवारको समेत निजी विद्यालयमा आकर्षण देखिन्छ । जिल्लामा निजी विद्यालयको शुरुवात वि.सं. २०४१ सालतिरबाट नै भएको पाइन्छ । वि.सं २०४७ मा भएको राजनीतिक परिवर्तनले निजी विद्यालय खुल्ने लहर देशभरी नै चल्यो । यो सँगै जिल्लामा निजी विद्यालयको सङ्ख्या बढ्दै गयो । वि.सं. २०६१ साउनमा तत्कालीन नेकपा माओवादीले जिल्लाका २१ ओटा निजी विद्यालय बन्द गराए र हजारौँ विद्यार्थी तथा अभिभावकमा मानसिक तनाव सिर्जना भयो । कतिपय अभिभावकले तत्कालै आफ्ना छोराछोरी बुटवल, काठमाडौँ पठाए भने कतिपयले त्यो एकवर्ष अन्य सामुदायिक विद्यालयमा पढाएर अर्को वर्ष बाहिर पठाए । वि.सं. २०६२÷०६३ को जनआन्दोलन पश्चात जिल्लामा पुराना निजी विद्यालय पुनस्र्थापित भए भने नयाँ खुल्ने व्रmम पनि चलिरह्यो, जुन अहिले पनि छ । शैक्षिक सत्र २०७३ मा एसइइमा सहभागी भएका १० निजी विद्यालयको नतिजा सामुदायिकको तुलनामा निक्कै अब्बल रहेको देखिन्छ । हेरौँ चार्ट नम्बर ४ र जिपीए समूह प्रतिशत ।
शिक्षक विवरण ः
जिल्लाका ४३२ सरकारी विद्यालयमा स्वीकृत दरबन्दीमा १५५१ र राहत ४९९ जना गरी जम्मा शिक्षक २०५० जना देखिन्छ । जिल्लाका विद्यालयमा भएको विद्यार्थी सङ्ख्या तथा विद्यालयहरूको आम्दानीको स्रोतका दृष्टिले हेर्दा जिल्लाका करिब २५ प्रतिशत प्राथमिकमा, ६० प्रतिशत निम्नमाध्यमिक र ८० प्रतिशतभन्दा बढी माध्यमिक विद्यालयहरूमा निजी स्रोतका शिक्षकहरू कार्यरत छन् भन्ने अनुमान गर्न सकिन्छ । यसरी हेर्दा ४३२ विद्यालयमा सरदर १ः५ का दरले ६५० जना निजी स्रोतका शिक्षक छन् । यसो गर्दा कूल शिक्षक सङ्ख्या २७०० जना हुन आउँछ । २७०० शिक्षकको तहगत रूपमा विद्यार्थी अनुपात निम्नानुसार देखिन्छ ।
शिक्षक विद्यार्थी अनुपात भन्नाले एक शिक्षकले सरदरमा कति विद्यार्थीलाई अध्यापन गराउनुपर्छ भन्ने हो । जिल्लामा भएका शिक्षक र विद्यार्थीको अनुपात हिसाब गर्दा प्राथमिक तहमा एक शिक्षकले १४ जना, निम्नमाध्यमिक तहमा २४ जना र माध्यमिक तहमा १३ जनालाई पढाउनुपर्छ ।
कक्षा १० (जीपिए) को नतिजा ः
जिल्लाका ८२ माध्यमिक विद्यालयबाट (एक खुला विद्यालय र प्राइभेट समेत गरी) २०७३ सालको एसइइ परीक्षामा सहभागी भएका ३८२९ विद्यार्थीको जिपीए वितरणलाई हेर्दा जिल्लाको शैक्षिक अवस्था कमजोर छ भन्ने सकिने अवस्था छ । जिपीएको विभिन्न समूहमा हेर्दा सबैभन्दा धेरै विद्यार्थीको जिपीए २ मात्र छ र यसको व्याख्या स्वीकारयोग्य भन्ने मात्र हो । साठी प्रतिशत र सोभन्दा माथिमात्र राम्रोको स्तरमा पुग्छ । त्यो स्तरका विद्यार्थी जम्मा २२.५ प्रतिशत रहेका छन् । बाँकी ७७.५ प्रतिशत विद्यार्थीको सिकाइ अवस्था कमजोर रहेको देखिन्छ । यस्तै कमजोर सिकाइकै अवस्थाबाट उनीहरू उच्च शिक्षातर्फ लाग्नुको साथै रोजगार बजारमा प्रवेश गर्छन् । जसले गर्दा उच्चशिक्षा प्राप्तीपछि पनि राम्रा रोजगारीका अवसर उपलब्ध हुन सक्दैनन् । प्रतिस्पर्धात्मक परीक्षाहरूमा अब्बल बन्न सक्दैनन् । यही अवस्थाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता देखापर्छ ।
सिकाइ उपलब्धि परीक्षणको नतिजा
वि.संं. २०६८ बाट शिक्षा मन्त्रालय अन्तर्गतको निकाय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट नमूनाछनौटमार्फ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गर्ने गरेको छ । नमूना छनोटको व्रmममा अर्घाखाँचीमा तेस्रो चरणमा २०७० कक्षा ८ को विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण भएको थियो । जिल्लाका कक्षा ८ सम्म सञ्चालन भएका विद्यालयमध्येबाट नेपाली विषयमा १०, गणित र विज्ञानमा ९÷९ गरी जम्मा २८ विद्यालयबाट १०२८ जना विद्यार्थी परीक्षणमा सहभागी भएका थिए । उक्त राष्ट्रिय परीक्षणको नतिजामा राष्ट्रिय औसतको तुलनामा नेपाली र विज्ञानमा राम्रो देखिएपनि समग्रमा न्यून नै देखिन्छ । त्यसै गरी गणितमा राष्ट्रिय स्तरभन्दा तल रहेको छ । नेपाली विषयको राष्ट्रिय औसत ४८ र अर्घाखाँचीको ५०, गणितमा राष्ट्रिय ३५ र अर्घाखाँचीको ३१ तथा विज्ञानमा राष्ट्रिय ४१ र अर्घाखाँचीको ४४ रहेको थियो ।
सिकाइ स्तरका दृष्टिले जिल्लाको शैक्षिक अवस्थालाई राम्रो भन्न सकिने अवस्थाहरू छैनन् । एसइइको नतिजा तथा सिकाइ उपलब्धि परीक्षणका नतिजा र अन्य तथ्यहरूबाट यसलाई सामन्यीकरण गर्न सकिन्छ । जिशिका अर्घाखाँँचीले प्रकाशन गरेको शैक्षिक समाचार २०७४ मा उल्लेख भए अनुसार गाणित र विज्ञान विषयको सिकाइ उपलब्धिलाई तलको चार्टमा प्रस्तुत गरिएको छ । तथ्याङ्कको विश्वसनीयताको दृष्टिमा यी नतिजा विद्यालयहरू आफैँ तयार गरी स्रोतकेन्द्र मार्फत जिशिकामा पेस गरेका हुन् ।
माध्यमिक तह (कक्षा ११ र १२) को नतिजा
वि.सं. २०४६ मा उच्च माध्यमिक शिक्षा ऐन जारी भएपश्चात २०४९ बाट उच्च माध्यमिक विद्यालय (दश जोड दुई) को स्थापना शुरु भयो । जिल्लामा हाल ३८ वटा माध्यमिक विद्यालयहरूले १२ कक्षासम्म अध्यापन गराइरहेका छन् । शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षा कक्षा १२ भएको छ । कक्षा ११ र १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्ड (उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएको) ले सञ्चालन गर्छ । जिल्लामा सञ्चालित उच्च माध्यमिक विद्यालयहरूको नतिजालाई राष्ट्रिय परीक्षा बोर्डबाट उपलब्ध भए अनुसार तालिका नम्बर ३ मा प्रस्तुत गरिएको छ ।
२०६५ को कक्षा ११ को नतिजा विद्यालयगत १.२३, ३.२८ र कक्षा १२ मा ३.५७ सम्म देखिन्छ । २०६६ मा २.९४, ३.६५, ४.१७ देखि २९ सम्म छ । २०६७ मा पनि २.११, २.९७, ३.३३ देखि २८ सम्म रहेको छ । २०६८ मा एक विद्यालयको नतिजा ० पनि रहेको पाइयो । २०६९ मा कूल नतिजामै सुधार भएजस्तै विद्यालयगत पनि केही सुधार भएको देखिन्छ, यो वर्ष २.७, ६.०६, ७.६, ८.१ छ । २०७० मा कक्षा ११ मा दुई विद्यालयको नतिजा ० थियो भने अन्यको ३.५७, ७.५४, ७.५७ रहेको थियो । विद्यार्थी सङ्ख्या पनि उल्लेखनीय बढेको देखिदैँन् । विद्यालय सङ्ख्या लहडकै भरमा बढाउदै गइयो तर सिकाइस्तरमा कुनै सुधार भएको अवस्था छैन् । २०६९ र २०७० मा तुलनात्मक केही सुधार भएको देखिएतापनि यो सिकाइमै भएको सुधार हो भन्न सकिने आधार छैन । विद्यालयको अघिल्लो वर्षको नतिजा र पछिल्लो वर्षको नतिजा तथा कक्षा ११ र कक्षा १२ को नतिजामा देखिने ठूलो अन्तरले विद्यालयक राम्रो भन्न सकिने अवस्था छैन् । यसप्रकारको कमजोर सिकाइस्तरले जिल्लाको मानवपूँजि विकासमा कति योगदान गरेको होला खैँ ।
उच्च शिक्षा र क्याम्पसहरूको अवस्था ः
कक्षा १२ पश्चातको शिक्षालाई उच्च शिक्षाको व्यवस्था मानिन्छ । जिल्लामा हाल ३८ वटा विद्यालयहरूले कक्षा १२ सम्मको शिक्षा दिइरहेका छन् । कक्षा १२ उत्तीर्ण गरी स्नातक तह अध्ययनका लागि जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतगका ६ वटा क्याम्पसहरू सञ्चालनमा छन् । यीमध्ये एकमात्र (अर्घाखाँची शिक्षा क्याम्पस) नीजि र अन्य सामुदायिक क्याम्पस हुन ।
जिल्लामा स्नातकोत्तर तहको अध्ययन अध्यापन एउटा मात्र क्याम्पस (पाणिनी) मा शिक्षा विषयमा हुन्छ । उच्च शिक्षामा अध्ययन गर्ने कूल विद्यार्थीमध्ये ७२ प्रतिशतले शिक्षा, २७ प्रतिशतले व्यवस्थापन र १ प्रतिशतले मात्र मानविकी विषय अध्ययन गर्छन । छात्र र छात्राको अनुपात हेर्दा शिक्षा र व्यवस्थापन दुवैमा बढी भए पनि शिक्षामा ७२ प्रतिशत छन् भने व्यवस्थापनमा ६५ प्रतिशत छात्राहरू छन् । जिल्लामा साधारण विषयको मात्र उच्च शिक्षाको व्यवस्था छ भने साथै शिक्षा विषयमात्र पढ्नेहरू बढी छन् ।
प्राविधिक शिक्षाको अवस्था ः
प्राविधिक तथा व्यवसायिक शिक्षालाई तुलनात्मक रूपमा बढी रोजगारमुखी र स्वरोजगार सिर्जना गर्न सक्ने शिक्षाको रूपमा लिइन्छ । जिल्लामा प्राविधिक शिक्षाको शुरुवात निजी क्षेत्रको प्राविधिक शिक्षालयले २०५२ बाट शुरु गरेको पाइन्छ । शुरुमा सामुदायिक स्वास्थ्य सहायक (सिएमए) को मात्र पठनपाठन भइरहेकोमा २०५६ बाट सिभिल इन्जिनियरीङ र भेटेनरी जेटीएको पढाइ शुरु भएको थियो । सिभिल इन्जिनियरीङमा विद्यार्थी पर्याप्त नभएकाले हाल सञ्चालनमा रहेको छैन् । सामुदायिक विद्यालयतर्फ हरिहर संस्कृत तथा साधारण माविमा बाली विज्ञान र सरस्वती मावि भगवतीमा सिभिल इन्जिनियरीङ विषयमा कक्षा ११ र १२ को पढाइ सञ्चालनमा छ तर यी विद्यालयमा न्यूनतम तोकिएको भन्दा आधामात्र विद्यार्थी भर्ना भएका छन् भने गत वर्षको १२ कक्षाको उत्तीर्ण प्रतिशत सरस्वती माविको २.५ प्रतिशत र हरिहर माविको जिरो रहेको छ । यी विद्यालयहरूमा प्रयोगात्मक व्यव्सथापनमा कमजोरी देखिनुको साथै अभिभावन र विद्यार्थीबाट प्राविधिक शिक्षातर्फ ध्यान दिन नस्कनु, नतिजा कमजोर हुनु र दक्ष जनशक्तिको अभाव, व्यवस्थापकीय पक्षमा कमजोर र संस्थागत सक्षमताको अभाव देखिएको छ (जिशिका, अर्घाखाँची, २०७४) । एनेक्स कार्यव्रmमको रूपमा एउटा विद्यालय (शिवमदन मावि, अड्गुरी) मा कक्षा ९ र १० मा कृषि जेटिएको पढाइ भइरहेको छ (प्राशितव्याताप, २०७३) । यसैगरी सिटीइभिटीको आङ्गिक बहुप्राविधिक शिक्षालयको रूपमा एग्रो फरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट निर्माणाधिन छ । यसले शैक्षिक सत्र २०७४ मा बाली विज्ञानमा डिप्लोमा इन कृषि विषय सञ्चालनका लागि सिटीइभिटीबाट सम्बन्धन पाएको छ (प्राशितव्याताप, २०७३) ।
सिक्नुपर्ने पक्षहरू ः
खाद्य उत्पादनका दृष्टिले पर्याप्त सिंचाइ सुविधा र उर्वर भूमिको अभाव छ । औद्योगिक विकासबाट रोजगारीका अवसरको सम्भावना पनि कमै देखिन्छ । अन्य आन्तरिक रोजगारीका अवसर छैनन् । मानव विकासका सूचकाङ्कमा तेस्रो समूहमा पर्छ । श्रम उत्पादनशीलताका दृष्टिले ६१ औं स्थानमा रहेको छ । प्रतिव्यक्ति आय राष्ट्रिय ११६० डलर हुँदा जिल्लाको ९०९ डलर छ (नेपाल मानव विकास प्रतिवेदन २०१४) । यी विभिन्न क्षेत्रहरूबाट जिल्लाको समग्र अवस्था हेर्दा मानव विकासका आधार शिक्षा र स्वास्थ्यको सेवामा गुणस्तर सुधार्नु आवश्यक छ । शिक्षाको अवस्था कमजोर देखिन्छ । यसबाट मानवीय पूँजी निर्माण हुन सक्दैन् । जिल्लाको समृद्धि, विकास र आत्मनिर्भरताका लागि शिक्षाको स्तरमा सुधार, गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता, साना तथा घरेलु उद्योग र स्वरोजगारको सिर्जना गर्ने विकल्प खोज्नु अहिलेको आवश्यकता हो ।
भावी दिशा ः
समग्र जिल्लाको समृद्धि, विकास र जनताको गुणस्तरीय जीवनयापनका लागि जिल्लाको वास्तविक अवस्था पहिचान गरी सुधारका उपायहरू अवलम्बन गर्नु जरुरी छ । विज्ञान, सूचना प्रविधि र व्यवससायिक शिक्षामा जोड दिनु आवश्यक छ । रोजगारीका क्षेत्र पहिचान गरी त्यसमा लगानी गर्नु आवश्यक छ । बाह्र कक्षासम्मको शिक्षाको लागि कोही पनि जिल्ला बाहिर जान नपर्ने अवस्था सिर्जना गर्नु आवश्यक छ । स्वास्थ्य सेवामा गरिने सुधारले गुणस्तरीय जीवनयापनमा सहयोग पुग्छ । व्यक्तिले विद्यालयमा विताउने वर्षमात्र नभई सिक्ने कुरा प्राथमिकतामा राख्नु आवश्यक छ । उच्च शिक्षाका संस्थाहरूको वैज्ञानिक नक्साङ्कन गरी त्यसमा गुणस्तर कायम गर्नु जरुरी छ । विद्यालय शिक्षाको गुणस्तरमा ठूलो सुधारको खाँचो छ । २०७३ मा एसइइमा सहभागी भएका ३८२९ विद्यार्थीमध्ये विज्ञान विषय पढ्न आवश्यक पर्ने ग्रेड गणित र विज्ञानमा न्यूनतम सि प्लस ल्याउने विद्यार्थी जम्मा १४३ जना (३.७ प्रतिशत) रहेको छ । यसबाटै हाम्रो शिक्षाको स्तर प्रष्ट हुन्छ ।
निश्कर्ष ः
विभिन्न तथ्य तथ्याङ्क र सूचनाहरूका आधारमा गरिएको विश्लेषणबाट जिल्लाको शैक्षिक स्तर अत्यन्त कमजोर देखिन्छ । सतहत्तर प्रतिशत विद्यार्थीको सिकाइस्तर सन्तोषजनक मात्र छ । परीक्षामा सहभागी भएका ३८२९ विद्यार्थीमध्ये जम्मा १४३ जना विज्ञान विषय पढ्न योग्य छन् । यीमध्ये ९० प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयका हुन् । उच्चमाध्यमिक विद्यालयतर्फ कक्षा ११ र १२ को नतिजा पनि अत्यन्त कमजोर छ । उच्च शिक्षाका संस्थाहरूमा विद्यार्थी सङ्ख्या अत्यन्त कम छ र गुणस्तरको अवस्था पहिचान हुन सकेको छैन् । जिल्लाको समग्र कमजोर शैक्षिक अवस्था र त्यसमा पनि सामुदायिक विद्यालयको अझ कमजोर अवस्थाले हामी सबै जिल्लाको शैक्षिक स्तरको सुधारका लागि जिम्मेवार बन्नुपर्ने अवस्था देखिएको छ ।
सन्दर्भ सामग्री ः
उच्च माध्यमिक शिक्षा परिषद्, (२०७१) । ब् एचयाष्भि या ज्ष्नजभच क्भअयलमबचथ भ्मगअबतष्यल क्तबतष्कतष्अक द्यययप। द्यजबपतबउगच।
केन्द्रीय तथ्याङ्क विभाग, (वि.सं. २०६९) । राष्ट्रिय जनगणना २०६८, राष्ट्रिय प्रतिवेदन । काठमाडौँ ।
जिल्ला शिक्षा कार्यालय अर्घाखाँची, (२०७४) । शैक्षिक समाचार । वर्ष १०, अङ्क १७ । सन्धिखर्क ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन अर्घाखाँचीका अध्यक्ष गणेश क्षेत्रीसँगको कुराकानी । २०७४।१०।२१
नेपाल मानव विकास प्रतिवेदन (२०१४) । युएनडिपी र राष्ट्रिय योजना आयोग, काठमाडौँ ।
पराजुली, उत्तरकुमार । अर्घाखाँचीको शैक्षिक तथा सांस्कृतिक सेरोफेरो । किरण पत्रिका । हरिहर संस्कृत उमावि स्मारिका, २०६९ ।
परीक्षा नियन्त्रण कार्यालय, (२०७४) । अर्घाखाँची जिल्लाको एसइइको नतिजा, २०७३ । भक्तपुर ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, २०७३ । प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम ः एक झलक, २०७३ । भक्तपुर ।
विश्वविद्यालय अनुदान आयोग, (२०७४) । अर्घाखाँची जिल्लाका क्याम्पस र भर्ना स्थिति, २०७३ । भक्तपुर । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?