© २०२३
बुटवलमा १५ किलोमिटरको क्रस कन्ट्रि रन प्रतियोगिता २०१८ हुने भएको छ । दौडका लागि रमाईलो र स्वस्थ मुटुका लागि दौड भन्ने उद्देश्यका बुटवलमा असोज १३ गते क्रस रोड रन प्रतियोगिता हुने भएको हो । बुटवलका लायन्स क्लव अफ तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेवी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा हुन थालेको प्रतियोगितामा जुनसुकै उमेरका महिला पुरुष दुबैले सहभागिता जनाउन पाउने आईतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
लियो क्लब अफ तिलोत्तमाका अध्यक्ष आशिष गौतमले प्रतियोगितामा प्रथम हुने महिला पुरुष दुबैलाई दस÷दस हजार मूल्य बरावरका फूलबडी चेकअप सहितका गिफ्ट हेम्परहरू प्रदान गरिने बताए । यस्तै द्वितीयलाई ५ हजार बरावर र तृतीयलाई २५ सय बरावरको उपहार दिइने पत्रकार सम्मेलनमा उनले जानकारी गराए । सहभागिताका लागि खुल्ला गरिएको दौड बुटवल ट्राफिक चोकबाट बिहान ६ बजे सुरु हुने छ ।
ट्राफिक चोकबाट सुरु हुने दौड योगिकुटी शंकरनगर हुँदै बनबाटिका, तिलोत्तमा क्याम्पस हुँदै हिलपार्कमा पुगेर समापन हुने क्लबले बताएको छ । à