© २०२३
सीता वली
कर्णाली प्रदेशमा यस्ता धेरै कुप्रथा छन् जसका कारण संधै महिलाहरु पिडित भईरहन्छन् । त्यसमा पनी कर्णाली प्रदेशमा जडागाडेको छाउपडि प्रथाले त महिलाहरुको पटक–पटक ज्यान लिएको घटना नौलो होईन ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये राजधानी सुर्खेतलाई केहि सुगम मानीन्छ । शिक्षा, स्वास्थ्य, यातायात, लगाएतका केहि विकासे कार्यक्रममा फड्को मारेको छ सुर्खेतले । विकासे कार्यक्रम र भौतिक संरचनामा केहि फड्को मारेपनी कुप्रथा भने सुर्खेत जिल्लाबाट जान सकेको छैन । अझैपनी सुर्खेतमा छाउगोठ जिवितै रहेको पाईएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालीका संग जोडिएको बराहताल गांउपालीका ६ मा गत असार १७ गते राती महिनावारी भएको बेला छाउगोठमा सुत्न गएकी एक १५ वर्षीय बालीका बलात्कृत भएकी छन् । बराहताल गांउपालीका ६ की ती बालीका सोहि वडाको अर्को गांउमा उपचारको लागी गएकी थिइन् । उपचार गरी फर्केने क्रममा रातपरेपछि निर्मला शर्माको घरमा बास बसिन् । महिनावारी भएकोले दुवै निर्मला शर्मा र पिडित बालीका छाउगोठमा सुतेका थिए । मध्यरातमा सुतीरहेको बेलामा निर्मलालाई बाहिर बोलाई स्थानिय जनक शर्मा, चेतन गीरी र पदम गीरीले पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उमाप्रसाद चर्तुवेदिले जानकारी दिएका छन् ।
उनले भने ‘ छाउगोठमा संगै सुतेकी निर्मलालाई बाहिर बोलाएर ति बालीकालाई पालैपालो बलात्कार गरेको पिडिलले बताएकी छन् । तिन जना दोषी जनक शर्मा, चेतन गीरी र पदम गीरी सहित निर्मला शर्मालाई पनी हिरासतमा राखी घटनाको अनुसन्धान भईरहेको छ ।’ मंगलबार मात्रै दोषीहरु पक्राउ परेका छन् । पिडितको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको चर्तुवेदिले जानकारी दिएका छन् ।
सुर्खेत जिल्लाका केहि गाविसहरु २०७१ सालमानै छाउपडि मुक्त गाविस घोषणा भईसकेका छन् तर व्यवहारत मानशिकताबाट अझै छाउगोठ हट्न सकेको छैन विरेन्द्रनगर नगरपालीका भित्रै पनी छाउगोठ रहेको विरेन्द्रनगर १ की अस्मीता वि.क बताउंछिन् । उनी भन्छिन् ‘ प्राय सबैको ध्यान गांउतिर मात्रै जान्छ तर वीरेन्द्रनगर नगरपालीका भित्रै पनी छाउगोठ रहेको छ । ’
। कानुन व्यवसायी गिता कोईराला भन्छिन् ‘ सुर्खेतका धेरै ठांउमा छाउगोठ अझै जिवितै छ । महिनावारी भएकोबेलामा अभिभावकले पनी छोरी कहां छ भन्ने कुराको समेत वास्ता गर्दैनन् । ’ उनी थप्छिन् ‘ यस्ता घटना घटाउनेलाई कडा भन्दा कडा कार्रवाहि गर्नुपर्दछ । र सरकारले पनी यस्ता कुप्रथालाई पालेर राख्नुहुंदैन ।’
अझैपनी महिला र पुरुषको अनैतिक सम्बन्धमा पनी महिला नै दोषी हुनुपर्ने, बोक्सीको आरोपमा कालो मोशो दलीनु पर्ने र महिनावारी भएको बेलामा छाउगोठमा अस्मिता कहिले सम्म कर्णालीका महिलाले लुटाउनुपर्ने हो ? यसमा कर्णाली सरकारले ध्यान दिनुपर्ने बेला आएको छ ।