© २०२३
बुटवल, १८ मंसिर ।
प्रतिजैविक प्रतिरोध विगत केही दशकदेखि विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको विज्ञहरूले बताएका छन् । यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्सलगायतका एन्टिमाइक्रोबियल औषधिहरूको प्रभावकारिता कमी हुँदै गएको उनीहरूको भनाई छ ।
प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मीहरुका लागि बुटवलमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरुले यस्तो बताएका हुन् । मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरूका जीवाणु विरुद्ध प्रयोग हुने यी औषधिहरूको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरूको उपचारमा बाधा उत्पन्न भएको उनीहरूको भनाइ छ । यसको कारण वर्षेनी करिब सात लाख मानिसहरूको मृत्यु भइरहेको र यसको नियन्त्रणको लागि ठोस कदमहरू नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।
संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तत्र्रिmया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता कीटाणुबाट हुने संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई प्रतिजैविक प्रतिरोध भनिन्छ । कार्यक्रममा त्यस्ता औषधिको समुचित प्रयोग नहु“दा हुने असर के के हुन् र त्यसलाई कम गर्न के गर्नुपर्छ भन्नेबारेमा छलफल भएको थियो ।
विभिन्न कारणले सुक्ष्म जीव बलियो भई एन्टिमाइक्रोबियल औषधिले काम गर्न छोडेको अवस्था अर्थात् सुक्ष्म जीवलाई औषधिले जित्न नसकेको अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ । प्रतिजैविक अर्थात् एन्टिमाइक्रोबियलको जथाभावी प्रयोग, कमजोर स्वास्थ्य प्रणाली, कमजोर संक्रमण नियन्त्रण तथा रोकथाम व्यवस्था, आफूखुसी औषधि प्रयोग गर्ने चलन लगायतले प्रतिजैविक प्रतिरोध हुने गर्दछ ।
संचारिका समूह लुम्बिनी प्रदेशको आयोजना एवं स्वास्थ्य मन्त्रालय लुम्बिनी र हर्ड इन्टरनेशनलको सहकार्यमा भएको अन्तत्र्रिmयामा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका २५ जना पत्रकारको सहभागिता थियो । जसमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेल, हर्ड इन्टरनेशनलका कार्यकारी निर्देशक सुशिल बराल, मत्स्य तथा पशुपंक्षी निर्देशनालयका प्रमुख परवेज आलम, वन तथा वातावरण मन्त्रालयका नारायणदेव भट्टराई लगायतले सहजीकरण गरेका थिए ।