ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

‘संगीत मार्फत लुम्बिनीको प्रवद्र्धनमा लागेका छौं’

४ आश्विन २०७५, बिहीबार
४ आश्विन २०७५, बिहीबार

दिपक घिमिरे
सिईओ, प्यारामाउन्ट ईन्टरटेन्टमेन्ट प्रालि
विगत लामो समय देखि विभिन्न इभेन्ट आयोजना गरेको प्यारामाउन्ट ईन्टरटेन्टमेन्ट ले यस पटक रूपन्देहीमा नौलो कार्यको सुरुवात गरेको छ । यस भन्दा पहिला काठमाडौंमा भारतीय सुप्रसिद्ध गायक कुमार सानुलाई ल्याएर कार्यक्रम गरेको प्रालिले दोस्रो पटक लुम्बिनीमा कुमार सानुलाई ल्याउन लागेको छ । यसको तयारी लगायतका विषयमा प्यारामाउन्ट ईन्टरटेन्टमेन्टका प्रमुख कार्यकारी अधिकृत दिपक घिमिरे सँग रङ्ग वार्तामा बुटवल टुडेले गरेको कुराकानी ।

कुमार सानु लाईभ ईन लुम्बिनीको तयारी कहाँ पुग्यो ?
– यहि असोज ५ गते हुने कुमार सानु लाईभ ईन लुम्बिनीको तयारी पुरा भएको छ । अवको २ दिनमा भारतीय सुप्रसिद्ध गायक कुमार सानु लाईभ पफमेन्स गर्दैै हुनुहुन्छ । हामी यसको सबै तयारी पुरा गरेका छौं ।

कहाँ कति बेला देखि आयोजना हँुदै छ, कार्यक्रम ?
–लुम्बिनीको काखमा रहेको तिलोत्तमा नगरपालिकामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा यो कार्यक्रम आयोजना हुने छ । यहि असोज ५ गते शुक्रबार साँझ ६ बजे बाट कार्यक्रम सुरु हुने छ । भारतमा रहेर पनि नेपाली काल्जायी गीत गाएका कुमार सानुको पर्फमेन्स हेर्नको लागि सयौ दर्शकहरू आतुर हुनुहुन्छ ।

कुन उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ?
–हामी पहिला पनि काठमाडौमा कुमार सानुलाई ल्याएर कार्यक्रम गरेका थियौं । जुन कार्यक्रममा दर्शकहरूको उल्लेखनिय सहभागीता रहेको थियो । जसले हामीलाई उत्साह थपेको थियो । त्यतिबेला नै सुप्रसिद्ध गायक कुमार सानु आफैले नै लुम्बिनी गौतम बुद्धको जन्मस्थल आउने ईच्छा जाहेर गरेका थिए । सोही अनुसार उनलाई हामीले लुम्बिनीको भ्रमण संगै कार्यक्रम पनि आयोजना गरेका छौं । जसबाट नेपालको लुम्बिनीको बारेमा उनले भारत लगायत आफु विश्वभर नै प्रचार प्रसार गर्नेछन भन्ने अपेक्षा हो । यसको अलवा हामी लुम्बिनीको नाम दिएर लुम्बिनीको पर्यटन प्रर्वद्धनको लागि पनि कार्यक्रम आयोजना गरेका हौं ।

कुमार सानु अलवा अन्य कलाकारहरूको पनि प्रस्तुति रहने छ ?
–अवश्य पनि भारतका सुप्रसिद्ध गायक कुमार सानुले नेपाली र हिन्दी गरी लगभग ३० भन्दा बढी आफ्ना चर्चित गितहरू सहित लाइभ ब्याण्डका साथ प्रस्तुत हुनेछन ।
भारतको प्रख्यात फिल्म फेयर एवार्ड देखि पद्म श्री सम्मको सम्मानबाट सम्मानित भई सकेका गायक कुमार सानु ९० को दशकका सर्वाधिक रुचाईएका गायक हुन् । ‘मत अब रिसाउँछु बोल्दै बोल्दिन, पुरानो हुंदैन माया, फुल भए जिन्दगी देउतालाई चढाईदिन्थे, सपना सपना, भरे आउँछु सपनिमा जस्ता चर्चित नेपाली गीतहरू उनले लाईभ गाउनेछन् यस्तै ‘एक लड्कीको देखा तो ऐसा लगा, तेरे दरपे सनम लगायत गीत उनले पर्फमेन्स गर्ने कार्यक्रम रहेको छ । यसको अलवा अन्तर्राष्ट्रिय स्तरको यस कार्यक्रममा नेपाली चर्चित गायिका देविका बन्दनाले पनि कुमार सानु संगै आफ्नो प्रस्तुती दिनेछिन् ।

अन्त्यमा ?
–अन्त्यमा म के भन्न चाहान्छु भने यो हामी नेपालीहरूको लागि लुम्बिनीबासीहरूको लागि ठूलो अवसर हो नेपाल चिनाउने । यसमा सबैको साथ र सहयोगको अपेक्षा मैले गरेको छु । अबको दुई दिनमा भव्य कार्यक्रम आयोजना हुँदै छ । त्यसकारण यहि असोज ५ गते शुक्रबार मणिग्राममा रहेको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आई कार्यक्रम सफल बनाईदिन म सबैमा अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?