© २०२३
संविधान दिवसको अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा खुल्ला पुरुष फुटवल प्रतियोगिता शुरु भएको छ । स्थानीय अनटेष्ट युवा क्लवले उक्त दिवशको अवशर पारेर ‘अनटेष्ट युवा कप २०७५’ वुधवारदेखि संचालन गरेको हो । बुधवार भएको पहिलो खेल एकता युवा क्लव ‘बी’ र आयोजक अनटेष्ट युवा क्लव वीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा एकता युवा क्लवले आयोजक टिम अनटेष्ट युवा क्लवलाई १ सून्य गोल अन्तरले हरायर विजयी बनेको थियो । खेलमा पहिलो गोल गर्ने एकता युवा क्लवका रमेश चुँदाराले पहिलो गोल गरे वापत एक हजार नगद सहित म्यान अफद म्याचको उपाधि हात पारेका थिए ।
चुँदाराले खेल शुरु भएको केही समय लगत्तै सानदाररूपमा गोल गर्नं सफल बनेका थिए । त्यसपछि दुवै टिमवाट खेलाडिहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै गर्दा धेरै पटक गोल गर्ने अवशरहरू पाएपनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।
बुधवार भएको दोश्रो चरणको खेल अन्र्तगत तम्घासकै सिद्धवावा युवा क्लव र फोर्टिन स्टार‘बी’ वीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सिद्धवावा युवा क्लवले फोर्टिन स्टारलाई सुन्यका विरुद्ध ५ गोल गरेको थियो । उक्त खेलमा सिद्धवावा युवा क्लवका विनोद आले म्यानअफ द म्याच बन्न सफल वनेका थिए ।
सदरमुकाम तम्घास स्थीत चिदिचौर खेल मैदानमा असोज ३ गतेदेखि ६ गतेसम्म संचालन हुन गईरहेको उक्त प्रतियोगितामा गुल्मी, प्यूठान, वाग्लुङ्ग, रूपन्देही लगायतका जिल्लावाट खेलाडीहरूको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष गोविन्द पाण्डेले बताए ।
विहिवार संचालन हुने पहिलो खेल गुल्मी युनाईटेड युवा क्लव र रूपन्देही ११ वीच प्रतिस्पर्धा हुने भएको छ । खेलमा पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुने टिमहरूलाई रु ५० हजार, ३० हजार, १० हजार र ५ हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफीले सम्मान गरिने भएको छ । गुल्मीमा यस अघि संचालन भएका फुटवल प्रतियोगिताहरूमा भन्दा यति ठूलो पुरस्कार राखेर प्रतियोगिता आयोजना गरिएको यो पहिलो पटक भएको अध्यक्ष पाण्डेले दावी गरे ।
उक्त खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले स्थानीय स्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताहरूले खेलाडीहरू उत्पादन गर्न सहयोग पुराउनुका साथै उनीहरूलाई अनुशासित बनाउँदै व्यक्तित्व विकासमा समेत थप सहयोग पुराउने धारणा व्ययक्त गरेका थिए ।