ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

‘टनेल’ मा तरकारी खेती

१५ मंसिर २०७९, बिहीबार
१५ मंसिर २०७९, बिहीबार

सल्यान, १४ मंसिर ।

पछिल्लो समय मानिसहरु आफ्नो स्वास्थ्यप्रति अलि सजग भएको देखिन्छ । जसका कारण बजारमा अर्गानिक उत्पादनको माग पनि बढेको पाइएको छ । यसै कुरालाई मध्यनजर गर्दै सल्यानका किसानहरु अर्गानिक तरकारी उत्पादनतर्फ आकर्षित भएका छन् । केही वर्ष यता किसानहरुले अर्गानिक उत्पादनका लागि टनेल (प्लाष्टीकको घर) मा तरकारी खेती सुरु गरेका छन् । टनेलमा खेती गर्दा रोगकिराको समस्या कम हुने भएकाले उत्पादन लागत पनि घट्ने र विषादी पनि कम प्रयोग हुने हुँदा स्वस्थ तरकारी उत्पादन गर्न सकिने भएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का कृषक थमन गिरीले ११ रोपनी जमिनमा ३६ वटा टनेल निर्माण गरेर तरकारी खेती गरिरहेका छन् । उनले वाहिर खेती गर्नु र टनेलभित्र खेती गर्नुमा धेरै फरक पाए । थमन भन्छन्, ‘१९ वटा फलाम प्रयोग भएका र १७ वटा काठ प्रयोग भएका टनेलमा मैले तरकारी खेती गरिरहेको छु । टनेलभित्र तरकारीलाई झरी, असिना, घाम, हुरी बतासले असर नगर्ने र रोगकिरा पनि नलाग्ने भएकाले अर्गानिक उत्पादन हुन्छ’ । टनेलमा टमाटर, भेडे खुर्सानी, काँक्रा लगायतका तरकारी तथा फलफुल उत्पादन गर्न सकिने उनी बताउँछन् । अहिले वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका थमनले वार्षिक ३० देखि ३२ लाख रुपैयाँ सम्म तरकारी खेतिबाट कमाई गर्ने लक्ष्य छ । गिरी कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक तरकारी खेती गरिरहेका उनले घरपरिवारका सदस्य अलावा अन्य दुई जनालाई रोजगारी दिइरहेका छन् ।

यस्तै कपुरकोट ४ गाँडापानीका किसान किरण कठायतले पनि टमाटर, काउली, भेडे, आलु, बन्दा लगायतका तरकारी टनेल भित्र फलाउँछन् । इजरायल गएर तरकारी खेतीको अनुभव समेत संगालेका उनले त्यहाँको प्रविधिलाई पनि प्रयोग गरेर टनेलमा तरकारी खेती गरिरहेका छन् । किरण भन्छन्, ‘टनेलमा खेती गर्दा स्वच्छ तरकारी उत्पादन हुन्छ । कम लागतमा धेरै उत्पादन हुन्छ । रोग किरा संगै पशु चौपायाले क्षति पनि गर्न सक्दैन ।’

व्यावसायिक रुपमा तरकारी तथा फलफुल खेती गर्न चाहने किसानहरुलाई सरकारी पक्ष तथा विभिन्न परियोजनाहरुबाट पनि सहयोग हुने गरेको छ । तरकारीको गुणस्तर र उत्पादकत्व पनि बढ्ने भएपछि जिल्लाको त्रिवेणी गाउँपालिकाले किसानहरुलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्दै आइरहेको छ । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार पालिकाभरी करिव ५०० किसानले अहिले टनेलमा तरकारी खेती गरिरहेका छन् । फाईदा बढी हुने भएपछि किसानहरु टनेलमा खेती गर्न आकर्षित भएको कृषि विकास शाखा प्रमुख अधिकृत छैठौँ लक्ष्मी चन्द बबालले बताइन् । उनले भनिन्, ‘प्लाष्टिकको घर भित्र तरकारी खेति गर्दा थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने, रेखदेख र सुरक्षा गर्न पनि सजिलो हुने भएकाले किसानहरुको पनि आकर्षण बढ्दै गएको छ । पालिकाले पनि नियमित रुपमा सहयोग गर्दै आइरहेको छ’ । यस वर्ष पनि ४५ जना किसानलाई टनेल निर्माणका लागि प्लाष्टिक सहयोग गर्ने कार्यक्रम रहेको कृषि विकास शाखा प्रमुख बबालले जानकारी दिइन् ।

प्लाष्टिकको घर भित्र तरकारीको लागि अनुकूल हावापानी निर्माण गरी राम्रो उत्पादन गर्न सकिने तथा सिंचाई सुविधा कम भएको ठाउँमा पनि सजिलै खेती गर्न सकिने कृषि विज्ञहरु बताउँछन् । बजारमा विषादीरहित तरकारीको माग बढिरहेको सन्दर्भमा अर्गानिक उत्पादनका लागि टनेलमा गरिने खेति उपयुक्त मानिएको छ । तरकारी उत्पादनका लागि उपयुक्त हावापानी भएकाले सल्यानमा तरकारी उत्पादन दिगो र व्यावसायिक बन्दै गएको छ । विषादी न्यूनीकरणमा यहाँका स्थानीय तहहरुले नियमित सचेतनाका कार्यक्रमहरु सञ्चालन गरी अर्गानिक उत्पादनको उचित मूल्य किसानलाई दिलाउनका लागि आवश्यक नीति र कार्यक्रम लागू गर्न जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?