ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

बौद्ध विश्वविद्यालयको दश वर्षे रणनीतिक योजना

सन् २०३० सम्म अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाउने योजना
१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

बुटवल, १४ मंसिर ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको हो ।

विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने जनाएको छ । मुलुककै एकमात्रै विशिष्टिकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृति सहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ ।

रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताए । अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुशरणसहितको शिक्षा प्रवद्र्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रमुख तीन आधार रहने उनले बताए । यी आधारभित्रै रहेर अनुसन्धान, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीति विश्वविद्यालयको रहेको बज्राचार्यले बताए ।

भिजन २०३० प्लस कार्यान्वयनका सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगका नीति, अन्तर्राष्ट्रिय शिक्षासंगको स्तरमिलान, गुणस्तरीयता र अनुसन्धानमा आधारिक शिक्षालाई नीतिका रुपमा अंगिकार गरिने रणनीतिक योजनामा छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले मुलुकको सातौं स्तरमा रहेको विश्वविद्यालयलाई कम्तिमा तेस्रो स्थानसम्म अवको केही वर्षभित्रै पु¥याउने लक्ष्य राखिएको बताए । ‘अनुसन्धानमा आधारिक शैक्षिक कार्यक्रम सञ्चालन गर्दै दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गर्ने रणनीति विश्वविद्यालयले अंिगकार गरेको, उनले भने ।

विश्वविद्यालयले यसअघि प्राज्ञिक तथा भौतिक गुरुयोजना निर्माण गरेको थियो । त्यो गुरुयोजनाका मुलभूत पक्षहरुलाई अंिगकार गर्दै विश्वविद्यालयले यो रणनीति बनाएको हो । विश्वविद्यालयले अवको केही समयमै तीन संकायमा १० वटाभन्दा बढी विभाग स्थापना गर्ने लक्ष्य बनाएको छ ।

रजिष्ट्रार आचार्यले रणनीति कार्यान्वयनमा दीगो आर्थिक स्रोतको सुनिश्चितता, विषयगत दक्ष जनशक्ति चुनौतीका रुपमा रहेको बताउदै ती चुनौतीलाई चिर्दै अघि बढिने बताए । पछिल्लो ६ वर्षमा विश्वविद्यालयको चामत्कारिक विकास भएको भन्दै त्यसलाई निरन्तरता दिइने उनले बताए ।

कार्यक्रममा बोल्दै बयोद्धकुशुम धर्म महासंघका अध्यक्ष महायोगी श्रीधर राणा रिम्पोछेले बौद्ध दर्शनको अनुयायी हुनुमात्रै नभई यसको दार्शनिक चेतना सबैमा हुनुपर्ने बताए । ‘विश्वविद्यालयले बौद्ध दर्शनको खास मर्मलाई आम जनताबीच सूसूचित बनाउनुपर्छ, उनले भने ।

नेपालमा थुप्रै बौद्ध संस्कृति र परम्परा रहेको भन्दै त्यसको उजागर गर्दै प्रवद्र्धन गर्न विश्वविद्यालयले गहिरो अध्ययन अनुसन्धान गराउनुपर्ने उनले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बौद्ध दर्शनको सतही जानकारी मात्रै फैलिरहेको भन्दै यसको गहिराई बाहिर आउन नसकेको बताए । ‘बौद्ध दर्शनको प्रभाव यति धेरै छ कि हामीले त्यसको मुलसम्म खोतल्न सकिरहेका छैनौं, उनले भने,–‘बौद्ध विश्वविद्यालयले अनुसन्धानलाई नै केन्द्रमा राखेर यसको उजागरमा प्राथमिकता दिनुपर्छ ।’ उपाध्यक्ष त्रिपाठीले लुम्बिनी विकास कोषले बौद्ध दर्शन, क्षेत्र, पुरातत्वको अध्ययन अनुसन्धानमा विश्वविद्यालयसंग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए ।

कार्यक्रममा बोल्दै धर्माेदय सभाका अध्यक्ष केशवमान शाक्यले बौद्ध विश्वविद्यालयको १० वर्षे प्रगतिले जो कोही आकर्षित हुने भन्दै विश्वविद्यालयको स्वरुपमा आएको भन्दै खुसी प्रकट गरे । कुनै पनि संस्थाको जिवन्तताका लागि सरोकारवाला निकायसंग नियमित छलफल हुनुपर्ने भन्दै विश्वविद्यालयले त्यस्तो काम गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले प्रकाशन गरेका पाँच वटा पुस्तक विमोचन गरिएको थियो । अनुसन्धान केन्द्रबाट धम्मपद अट्टकथा, स्वयम्भु पुराण, त्रिशिंखा, बोधि चाइनिज भाग १ र २ विमोचन गरिएको हो । पुस्तकका विषयमा बोल्दै अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले यी पुस्तकले बौद्ध अध्ययन अनुसन्धानमा लागेका अध्येतालाई महत्वपूर्ण सहयोग गर्ने भन्दै नेपाली वाङमयमा बौद्ध पुस्तकको बलियो गरी उपस्थिति गराउने बताए ।

नेपाली भाषमा बौद्ध ग्रन्थका पुस्तकहरु अध्ययन नहुँदा भारतीय पुस्तकमा निर्भर हुनुपर्ने बाध्यता रहेको भन्दै स्वदेशकै अनुसन्धानकर्ताबाट अनुदित पुस्तकले बौद्ध दर्शनलाई जनतामाझ बुझाउन सजिलो हुने उनले बताए । उनले अनुसन्धान केन्द्रबाट पछिल्लो दुई वर्षमा साढे दुई दर्जन पुस्तक प्रकाशन गरेको बताए ।

विश्वविद्यालय दिवस कार्यक्रममा शुद्धोधन गाउँपालिका कपिलवस्तुका अध्यक्ष कमलेशरण चौधरी, केन्द्रीय क्याम्पसका प्रमुख निरबहादुर गुरुङ, उपप्राध्यापक डा. ङिमा शेर्पा, शाखा अधिकृत चुरामणि पोखरेल, विद्यार्थी सविता पोख्रेलले बोल्दै शुभाकामना दिएका थिए ।

विश्वविद्यालयले स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको थियो । नेपालका लागि इजरायली राजदूत हनान गोदारको उपस्थितिमा देवदहमा गुरुयोजना तथा शैक्षिक कार्यक्रमका विषयमा छलफल गरिएको थियो । दिवसकै अवसरमा बुधबार विहान रणनीतिक योजना परामर्श समितिको बैठक बसेको थियो । विश्वविद्यालयकै सहकार्यमा लुम्बिनीमा मोन्लाम पुजा समेत भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?