© २०२३
तिलोत्तमा व्यापार संघको पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सोही अवसरमा संघले रक्तदान गरेको हो ।
कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाको समग्र बिकासमा उद्योगी व्यवसायीको अहम भूमिका हुने बताए । उनले नगरपालिकाले करको दायरा र दरमा केहि परिमार्जन गरेपनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । नागरिकको तिब्र बिकासको चाहानालाई पुरा गराउन करमा केहि बृद्धि गर्नु बाध्यता रहेको भन्दै बाहिर हल्ला भए जस्तो करमा बृद्धि नगरिएको दाबी गरे । व्यापार संघका अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले नगरको बिकासमा हातेमालो गर्न व्यवसायीहरू तयार रहेको बताएका थिए । रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संघका द्वितीय उपाध्यक्ष रामचन्द्र पाण्डेले जानकारी दिए ।
à