ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

जैबिक मलको प्रयोगले धेरै फल्यो धान

१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार

दाङ, १३ मंसिर । तुलसीपुर उपमहानगरपालिका –१४का मदन रावत चौपरेले माबि भोजपुरको १० कठ्ठा खेत अधिया (बटैया) गर्ने शर्तमा खेती गर्दै आएका छन् । विद्यालयको जग्गा १२ बिघा मध्ये उनले १० कट्ठा जग्गा मात्रै लगाएका छन् । १० कट्ठा विद्यालयको र १० कट्ठा आफ्नो जमिनमा धान खेती गरेका रावतले युएस १३ नामको धान रोपेका हुन् । विगतका वर्षमा युरिया डिएपी मल राखेर खेती गरेका रावतले यसपाली समयमा मल नपाएपछि दाङमा उत्पादन भएको सूर्य शक्ति जैबिक मल प्रयोग गरेको बताए । जैविक मल प्रयोग गरेको भएर होला गत बर्ष भन्दा यसपाली धान राम्रो फलेको उनको भनाइ छ । “स्थानीय उत्पादन मल भएकाले सहजै पाइयो,उत्पादन पनि बढ्यो उनले भने ।”
घोराही – ७ शुक्रवारका सीता चौधरीले साढे दुइ बिघा जमिनमा धान खेती गरे छन् । उनले सुर्य शक्ति जैबिक मल प्रयोग गरेर धान राम्रो फलेको बताइन् । गतवर्ष एक सय १५ मुरी धान फलेकोमा यसपाली १० मुरी धान उत्पादन बढेको उनले बताइन् । युरिया, डियपी मल प्रयोग गरेको भन्दा जैबिक मल प्रयोग गरेको धान धेरै फलेको हो । रोग किरा पनि कम लाग्दो रैछ , त्यसैले उत्पादन पनि बढेको जस्तो लाग्छ । स्थानीय स्तरमा उत्पादन भएको मल पयोग गर्न पाउदा खुशी लागेको उनले बताइन् ।
घोराही –९ भगुवारका हिमबहादुर ओलीले १५ कट्ठामा युएस धान खेती गरेका छन् । धान रोपाई गर्ने समयमा मल नपाएर भौतारी रहेको समयमा दाङमा उत्पादन भएको मल प्रयोग गरेको उनले बताए । सधैं युरिया र डिएपी मल प्रयोग गरेको यसपाली धान कस्तो होला भन्न्ो लागेको थियो तर धान उत्पादन राम्रो भएपछि धेरै खुशी लागेको छ उनले भने । “सुर्य शक्ति मल थोरै राखे पनि राम्रो हुने रैछ । १५ कट्ठामा २ बोरा मलमात्रै राखेको नसोचेको धान फल्यो ।” १५ कट्ठामा ६० मुरी धान फल्थ्यो यसपाली ५ मुरी धान बढेको छ । मल अली गिलो भएकाले खेतम छर्नलाई असजिलो हुन्छ दाना गराउनुपर्ने सल्लाह पनि दिए ।
घोराही ९ भगुवारका कृष्णबहादुर बस्नेतले २०७१ साल देखि कृषि सहकारी चलाएका छन् । बागेश्वरी कृषि सहकारी संस्थाको अध्यक्ष हुुन् । उनले गाउँघरका किसानलाई मल, मूल बीउ उत्पादन गरि बिक्रि गर्ने गरेको बताए । यसपाली खेती गर्ने समयमा मलको समस्या भयो किसानलाई सूर्य शक्ति मल उद्योगबाट उत्पादन भएको ४० बोरा मल बिक्रि गरेको थियौ । बजारमा मल नपाएको अबस्था थियो स्थानीय मल प्रयोग गर्न पाउदा किसान खुशी भएको बस्नेतले बताए ।
घोराही उपमहानगरपालिका १७ बेलभारमा २०७१ सालमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङारिक मल उद्योगले जैविक मल उत्पादन गर्दै आएको छ । दैनिक १० क्विन्टल मल उत्पादन भैरहेको छ । रासायनिक मलको बिकल्पका रुपमा उद्योग स्थापना भएको सूर्य शक्ति जैविक प्राङारिक मल उद्योगले जैविक मल उत्पादन केन्द्र प्रालिका सञ्चालक महेश चौधरीले बताए । करिव एक करोडको लागानी लागेको उनको भनाइ छ । “२०७१ सालमा स्थापना भएको उद्योगले २०७३ सालमा नेपाल अनुसन्धान केन्द्र (नार्क) बाट अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गर्दै आएका छौ, उनले भने ।” यस उद्योगबाट उत्पादन भएको मल धान, तरकारी र फलफूल खेतीमा प्रयोग हुदै आएको छ ।
यो मलले माटोको उर्बराशक्ति बचाइ राख्न मद्धत गर्दछ । नेपाल सरकारको साथ सहयोग रहेमा दाङ जिल्लालाई पुग्ने मल उत्पादन गर्न सक्ने क्षमता उद्योगसंग रहेको उनले बताए । प्राङ्गारिक मल प्रयोग गरेका किसानसंग मलको बारेमा जानकारी लिने गरेको र उनीहरुको सुझाबका आधारमा आफूलाई परिमार्जन गदै लैजाने चौधरीले बताए । स्थानीय स्तरमा स्थापना भएको उद्योगलाई संरक्षण र सम्र्बधन गर्न सकेमा दाङ मलमा आत्म निर्भर हुने उनको भनाइ छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?