ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

अस्पतालमा सेवा पाउनै मुस्किल

२१ असार २०७५, बिहीबार
२१ असार २०७५, बिहीबार

अस्पतालमा दुई वर्षीय छोरालाई जरो आएपछि ज“चाउन आएका सुदिप खडका पूर्जी बनाउन, डाक्टरलाई देखाउन सजिलो छैन । डाक्टर देख्न पाइदैन । अरु त अरु डाक्टरलाई दोहोरो बोल्न समेत फुर्सद नभएको देख्दा ठीक लाग्दैन, उनले भने । उनी चार महिना पनि छोरोलाई लिएर एक नीजि क्लिनिकमा गएका थिए । त्यहा“ राम्ररी दोहोरो सोधपुछ भएको थियो । तिनै डाक्टरस“ग सरकारी अस्पतालमा एककोहोरो मात्रै कुरा भयो, उनले भने ।
सामान्य लेखपढ गरेको उनी छोरालाई डाक्टरले दिएको औषधिको नाम पढन सकेनन । मेडिकलबाट औषधि किने । सरकारी अस्पतालमा निशुल्क के–के औषधि पाइन्छ भन्ने थाहा छैन ।
दुई महिना देखी निद्रा नलाग्ने, छटपटी हुने र कहिलेका“ही जरो आउने भएपछि खा“चीकोटका ८८ वर्षीय खिमबहादुर महत्रा छोरा श्रीधरको साथमा सन्धिखर्क अस्पताल पुगे । रगत परीक्षणको लागि चार सय ७० र इसिजीको एक सय ७५ रुपैया“ पुर्जी बनाए । विरामीको भीड त्यति थिएन । करिब तीन घण्टा पालो कुरेपछि डाक्टरलाई आफनो सिकायत बताउन पाए । ल्यापटेस्ट र इसिजी शाखामा पुगे । केही समय पालो कुर्नुपरो । फेरी डाक्टरलाई ज“चाएर औषधि लिन दिनभर बित्यो । अस्पतालमा दैनिक विरामी ४० देखि ७० जनासम्म आउ“छन । शुल्क बुझाउने, पुर्जी बनाउने, रिपोर्ट लिने र पुन ः चिकित्सकलाई भेटेर उपचार गराउन सहज छैन ।
वृद्धको लागि भर्ना शुल्क तिर्नु पर्दाे रहेछ । त्यसको लागि अस्पताल प्रमुखको अनुमति लिनुपर्ने नियम छ । उनले त्यो रसिद काटेपछि बल्ल थाहा पाए । भर्ना शाखामा पुगेर छुट मागे । तर, अस्पताल प्रमुखको आदेश नभएकाले दिन नसकिने भन्दै कर्मचारीले फर्कादिए ।
विरामीले छिटो छरितो सेवा सुविधा पाउन धेरै समय कुर्नुपर्ने अवस्था रहेको श्रीधरले बताए ।
गुल्मीको हाडगाडेबाट कमला कु“वर पिसाव ज“चाउन तीन घण्टा गाडी यात्राबाट सन्धिखर्क आइन । रसिद लिएर रगत परीक्षण कक्षमा पुगिन । त्यहा“ १२ बजेपछि जा“च गरिन्छ भन्ने ढोका बाहिर लेखिएको थियो । एक बज्दा सम्म डाक्टर नआएपछि लाइन पर्खेरै बसेकी थिइन । ‘१२ बजे जा“च्ने लेखिएको छ,’ उनले भनिन, ‘एक बजेसम्म खै अत्तोपत्तो छैन । समयमै केही काम हु“दो रहेनछ ।’ चेक गराएर घर फर्किने गरी आएकी उनी दिनभर समय बितेको बताइन । फलेपतका दामोदर कु“वर दुई महिनाकी गर्भवती श्रीमतीलाई चेकअप गर्न अस्पताल ल्याएका थिए । भिडियो एक्सरे कक्षमा समयमै डाक्टर आएनन । विरामी जा“चमा ढिलासुस्ती सधै हुन्छ, उनले भने ।
ढाड दुखेर उपचारको लागि आएकी सुस्मिता खनालले दुई÷तीन घण्टा वेडमै कुरेपछि डाक्टरस“ग आफनो अवस्थाको बारेमा कुरा गरिन । त्यसपछि डाक्टरले औषधिको नाम लेखिदिए । नीजि मेडिकलमा औषधि किनेर उनी घर फर्किन । भूमिकास्थान नगरपालिका–२ की उनी स्वास्थ्य चौकीमा केही दिन अघि जरो आएर ज“चाउन पुगेकी थिइन । सिटामोल समेत चौकीमा रहेनछ । मेडिकलबाट किनेको बताइन । ‘पहिला त यत्तिकै दिन्थे,’ उनले भनिन, ‘पीयनले जा“चेर औषधि किन्न भने । अहिले दिएनन ।’ धेरै औषधिको नाम नजानेपनि सिटामोट चौकीबाट निशुल्क पाइन्छ भन्ने बुझेकी छिन । विरामीका अनुसार दिउ“सो सरकारी अस्पतालमा जागिर गर्ने डाक्टर नीजिमा जान्छन । त्यहा“ दोहोरो कुराकानी गरेर डाक्टरले जा“च्ने औषधि दिने, के खान हुन्छ, के खान हुदैन भन्ने सबै भनिदिन्छन । तर, सरकारीमा त्यस्तो गर्दैनन । तीन बज्न नभ्याउदै डाक्टर क्लिनिकतिर दौडिन थाल्छन । भीड नभएपनि उपचार गराउन समय कुर्नुपर्ने र निशुल्क पाइने औषधिको बारेमा जानकारी नहुदा विरामीले सेवा सजिलै सेवा पाउन सहज नभएको गुनासो विरामीको छ ।
औषधि पनि प्रयाप्त नहु“दा निशुल्क पाइने औषधि समेत मेडिकलमा गएर किन्नु परेको छ । पहिले जनस्वास्थ्यले औषधि खरिद गर्ने र स्वास्थ्य चौकीमा पठाइदिने गथ्र्याे । संघीय संरचना अनुसार सबै अधिकार पालिकामा छ । स्वामित्व हस्तान्तर भैसकेको छ । औषधि खरिद र विरामीको सहज रुपमा स्वास्थ्य उपचारमा जनप्रतिनिधि अलमलमा छन । ‘पहिला जति प्रयाप्त औषधि अहिले छैन,’ खिल्जी स्वास्थ्य चौकीका इन्चार्ज अमर बहादुर थापाले भने, चौकीमा दिनमा १०÷१५ जना विरामी आउ“छन । उक्त चौकीमा पनि विरामीको त्यति ध्यान दिएर जा“च्ने काम नगरेको खिल्जीका पुनाराम बेल्वासेले बताए । जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट र ठाडा सहित गाउ“का स्वास्थ्य चौकीमा सेवा प्रभावकारी नभएको गुनासो जताजतै छ ।
जिल्ला अस्पताल सहित सबै स्वास्थ्य चौकीमा विरामीको चापको तुलनामा सेवा प्रवाहको गति अलि कम छ । ‘अस्पतालमा आउने विरामीलाई छिटो छरितो स्वास्थ्य सेवा दिन नखोजेको होइन,’ प्रमुख डा. जगन्नाथ तिवारीले भने, ‘सक्दो कोशिस गरेका छौं । विरामीलाई राम्ररी हेरेका छौं । रिपोट आउन ढिलाई हुन्छ, अरु समयमै सेवा दिएका छौं ।’
अस्पताल अहिले १५ बेडको स्वीकृत छ । तर विरामीको चाप बढी भएपछि अस्पतालले ३५ वेडको बनाइएको छ । स्थायी डाक्टरको दरबन्दी तीन जनाको छ । अहिले तिवारी मात्रै छन । डा. चुनु दर्नाल र डा. हरि पंथी अध्ययन विदामा छन । करारमा चार जना डाक्टर छन । ‘विरामीको चाप धेरै भएपछि ३५ वेडको अस्पताललाई आठ जना डाक्टर चाहिन्छ,’ तिवारीले भने, ‘स्थायी दरबन्दीको म एक्लै छु । करारको भर हु“दैन । कहिले खाली नै हुन्छ । तै पनि भर्ना भएका विरामीको उपचार गर्न लागि परेका छौं ।’ ५० वेडको अस्पताल बनाउने चर्चा सधै चल्छ । चुनावमा नेताले नारा लगाउन छाडेका छैनन ।
जिल्ला अस्पतालमा ७०, वार्थिङमा ३८, स्वास्थ्य चौकीमा ३५ र प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि निशुल्क पाइने उनले बताए । पालिकामा सबै स्वामित्व हस्तान्तरण भैरहेकोले जनप्रतिनिधि औषधि खरिदमा अलमल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?