© २०२३
लायन्स क्लव अफ बुटवल स्टार्सको अवार्ड सेरमोनी, पदस्थापना तथा चार्टड नाईट कार्यक्रम गरिएको छ । नयाँ बर्ष १८÷१९ का लागि चयन भएका एमजेएफ एम एल पाण्डे नेतृत्वको समूहलाई अघिल्लो बर्ष एमजेएफ आशिष कृष्ण श्रेष्ठ नेतृत्वको टिमले पद हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै लायन्स क्लवल डिष्ट्रिक ३२५ वि २ का गर्भनर एमजेएफ शुनिल ओझाले युवाहरूको सक्रियातामा गठन भएको क्लवले छाटो समयमा नै अनुकरणीय कार्य गरको भन्दै क्लबको कार्यको प्रंशसा गरेका थिए ।
सोही अनुरूपम नै लायन्स स्टार्सले हर्वल गार्डेन (देवदह), लायन्स चिल्ड्रेन पार्क (बनबाटिका), लगायतका विभिन्न परियोजना सफलताका साथ सञ्चालन गरेकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ वि २ का आईपिडीजी एमजेएफ मधुसन शर्मा, फष्ट भिडीजि एमजेएफ अनुप पहाडी, पिडीजीहरू एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, एमजेएफ श्याम शाक्य, एमजेएफ अरूण प्रताप राणा, सेकेण्ड भिडिजी एमजेएफ सम्भु नकर्मी, संस्थापक अध्यक्ष संन्दिप कसौधन लगायतले बोलेका थिए ।
कार्यक्रममा क्लबले डिष्ट्रीक कार्ययोजना अनुसार २ वटा एमजेएफ, १ वटा पिएनएलएफ, १५ वटा एनएलएफ, ४ वटा रक्त सञ्चार केन्द्रको आजिवन सदस्य लिएको थियो ।नयाँ एमएल पाण्डेको नेतृत्वको २० सदस्यी कमिटिलाई लायन्स क्लवल डिष्ट्रिक ३२५ वि २ का गर्भनर एमजेएफ शुनिल ओझाल सपथ खुवाएका थिए । यस्तै क्लवले शंकरनगर वन विहार अनुसन्धान केन्द्र (वनबाटिका) स्टार्स चिलन्डे«न्स गार्डेन र हालै मात्रै प्रदान गरिएको लुम्बिनी अञ्चल अस्पताल बुटवलको मृगौला सम्बन्धी सोडीएम र पोटासीयम परिक्षण गर्ने मेसिनको सम्झौता पत्र समेत हस्तान्तरण गरिएको थियो । शंकरनगर बन बाटिकाबाट बाट सहिद स्मृती बाटिका अध्यक्ष खिम लाल पाण्डे र अञ्चल असपतालको तर्फबाट मेडिकल सुपरिटेन्डेन डा. कृष्ण खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।