© २०२३
देवचुली नगरपालिकालाई गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । व्यवसायिक कृषि, पर्यटन र पूर्वाधार, बालमैत्री देवचुली, बस्न योग्य शहर भन्ने नारा सहित बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पार गरेर शुक्रवार एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बालमैत्री स्थानीय तह घोषणा गरेका हुन् ।
गण्डकी प्रदेशको पहिलो बालमैत्री नगर घोषणा भएकाले प्रदेशलाई पनि बालमैत्री बनाउनेतर्फ कार्ययोजना अगाडि बढाउने परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् । कार्यक्रममा देवचुली नगरपालिकाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यन्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेको ३९ वटा सुचकहरूका साथै थप ४ वटा स्थानीय सुचकहरू समेत निर्धारण गरी जम्मा ४३ वटै सुचकहरूमा घोषणा योग्यता हासील गरेको बर्दघाट सुस्ता पुर्व नवलपुरका प्रमुख चेसराम आलेले घोषण पत्र वाचन गरेका थिए । यसअघि साविकको प्रगतिनगर गा.वि.स. अन्तरगतका ५ वटा वडाहरूले सम्पुर्ण सुचकहरू पार गरि २०७० साल पौष ९ गते नेपालै पहिलो बालमैत्री नगरपालिका घोषणा गरेको थियो ।
२०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयबाट साविक प्रगतिनगर, देवचुली, दिव्यपुरी गा.वि.स.हरू समावेश गरी देवचुली नगरपालिका गठन हुँदा नेपालको पहिलो बालमैत्री गा.वि.स.को गौरवपूर्ण इतिहासको जगमा टेकेर देवचुली नगरपालिकालाई बालमैत्री नगर घोषणाको सम्पूर्ण तयारी गरी सकेको अवस्थामा २०७३ फागुन २७ गते को नेपाल सरकारको निणर्यबाट साविक रजहर गा.वि.स. समेत देवचुली नगरपालीकामा समावेश भई कार्य क्षेत्र बिस्तार हुँदा पुनः घर धुरी सर्वेक्षणदेखि बालमैत्री सुचकहरू मापन गरी शुक्रवार बालमैत्री नीति, संरचना र बाल सहभागिता सुनिश्चित गरेपछि संघियता पछिको पहिलो नगर घोषणा भएको हो ।