ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
स्थानीय सरकार

सामूदायिक विद्यालयका कर्मचारी धर्नामा

२७ जेष्ठ २०८०, शनिबार
२७ जेष्ठ २०८०, शनिबार

 

भैरहवा २६ जेठ ।  नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति, रुपन्देही आन्दोलनमा उत्रिएको छ । विभिन्न माग राख्दै विद्यालय कर्मचारीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीमा धर्ना दिएका छन् । नीति तथा कार्यक्रममा उल्लेख भएर पनि बजेटमा नसमेटिएको भन्दै गत जेठ २१ देखि धर्नामा रहेका विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा शिक्षकहरुले पनि ऐक्वद्धता जनाएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिको निर्देशनअनुसार ६ दिनसम्म शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीमा धर्ना दिइएको परिषद्का रुपन्देही जिल्ला अध्यक्ष होम प्रसाद ढकालले बताए ।
राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ आर्थिक वर्ष २०८०÷०८१ का लागि अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत गरिएको बजेटमा नसमेटिएको र विगतमा भएका सम्झौताहरु कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिएको विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेश सदस्य जीवन ज्ञवालीले बताए । ‘विगतमा भएका सम्झौताहरुप्रति सरकार जिम्मेवार नबनेकाले दबाबका लागि आन्दोलन सुरु गरिएको हो, विद्यालय कर्मचारीका मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ, ’उनले भने ।

शुक्रबार धर्ना कार्यक्रममा बोल्ने शिक्षक संगठनका अगुवा तथा विद्यालय कर्मचारीहरुले सरकारसँग विभिन्न समयमा गरिएका सम्झौता कार्यान्वयन नभएकोले विद्यालय कर्मचारी आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।। उनीहरुले विद्यालय कर्मचारीका माग सम्बोधनका लागि सरकारले चासो दिनुपर्ने माग गरे ।

कार्यक्रममा विद्यालय कर्मचारी परिषदका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार डोलराज शर्मा, शिक्षक महासंघका केन्द्रीय सदस्य गंगा प्रसाद नेपाल, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष भिम पाण्डेय, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष गुणाखर भट्टराई, शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराम भण्डारी, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष धनिश्वर गौतम, एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश सचिव मुबारक अली, बाल शिक्षक रोहिणी गाउँपालिका अध्यक्ष मीना पछाई, विद्यालय कर्मचारी तिलोत्तमा अध्यक्ष नरेन्द्र गुरुङलगायतले बोल्दै विद्यालय कर्मचारीले न्यूनतम सेवासुविधामा काम गरिरहेकाले सरकारले कर्मचारीका माग सम्बोधन गर्नुपर्ने बताए । सरकारले विद्यालय कर्मचारीको सेवासुविधा वृद्धि गर्नुपर्नेलगायत उनीहरुको माग छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीका अध्यक्ष होम प्रसाद ढकाल, पूर्व केन्द्रीय अध्यक्ष डोलराज शर्मा, सैनामैना नगरपालिका अध्यक्ष धनराज चौधरी, जिल्ला सचिव सुरेन्द्र गुप्ता लगायतको आतिथ्यता रहेको थियो । मुलुकभरी ३५ हजार ६८ र रुपन्देहीमा करिब ५ सय बढी विद्यालय कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?