ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
सामाजिक खबर

जसले गराउँछ बालबालिकाको पुर्नमिलन

रुपन्देहीमा सडक बालबालिका र बेवारिसे बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले १ सय ४७ जना बालबालिकाहरुको अभिभावक पत्ता लगाएर पारिवारिक पुर्नमिलन गराउन सफल भएको हो ।
२५ फाल्गुन २०७९, बिहीबार
२५ फाल्गुन २०७९, बिहीबार

बुटवल ,फागुन- सडक बालबालिका तथा बेवारिसे वालवालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुहरु रहेका छन् । नेपाल सरकारले समेत बालसुधार गृह, बाल संरक्षण केन्द्र्र जस्ता कार्यालय स्थापना गरेर काम गरिरहेको पाईन्छ ।
तथापी अझै पनि बालबालिकाहरु सडकमा आउने, बेबारिसे हुने, विविध कारणले अभिभावक विहिन हुने जस्ता समस्याहरु पनि विद्यमान रहेका छन् । रुपन्देहीमा सडक बालबालिका र बेवारिसे बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एउटा संस्थाले भने १ सय ४७ जना बालबालिकाहरुको अभिभावक पत्ता लगाएर पारिवारिक पुर्नमिलन समेत गराउन सफल भएको छ ।
वि.स. २०५४ सालमा स्थापना भएको सिर्जनशील संस्था नेपाल (सीन)ले आज भन्दा ७ बर्ष पहिला देखि नै मात्रै बेबारिसे, सडक बालबालिकाको क्षेत्रमा काम सुरु गरेको थियो । सात बर्षको अन्तरमा १ सय ४७ जना बालबालिकाको उद्धार गरी पारिवारिक पुनःमिलन गरिएको संस्थाका अध्यक्ष प्रतिमा शर्मा बताउँछिन् ।
संस्थाले बालबालिका उद्धार मात्रै गरेको छैन उनीहरुको बालअवस्था पुरा भएपछि अर्थात १७ बर्ष उमेर काटेपछि व्यवसायिक तालिम, सीप सिकाईको लागि समेत काम गर्दै आएको छ । अध्यक्ष शर्माका अनुसार २६ जना १७ बर्ष उमेर पुरा भएका किशोरहरुलाई तालिम समेत प्रदान गरी उनिहरुलाई आय आर्जनमा समेत जोडीएको छ । कतिपय किशोरहरुले पेन्टरको काम सिकेका छन् भने कतिपयले घर तथा भवन निर्माण काममा सहयोगीको रुपमा काम गरि मिस्त्री पेशा समेत अंगाल्न सफल भएका छन् ।
अध्यक्ष शर्मा भन्छिन–‘कतिपय किशोरहरु यहाँबाट सिप सिकेर घरवासगरी समाजमा स्थापित समेत भएका छन् ।’
संस्थाले परिवार खोजेर पुर्नःमिलन गराउँदा परिवारबाट समेत ठुलो स्वावासी प्राप्त गरेको संस्थाका महासचिव बिजु पौडेलको भनाई रहेको छ ।

आयआर्जनमा समेत जोड
सिर्जनशिल संस्था नेपालले परिवारमा पुर्नःमिलन गरेका बालबालिकाहरुको नियमित आम्दानीको लागि अभिभावकहरुलाई समेत आर्यआर्जनमा जोड्ने गरेको छ । संस्थाले हाल सम्म २६ जना परिवारका सदस्यहरुलाई नाङ्लो पसल, चटपट बनाएर बेच्ने, खेलौना विक्रि लगायतका पसल सञ्चालन गरी आर्यआर्जन गर्नका लागि उद्यमशिलता कोष मार्फत सहयोग गरेको र अभिभावकहरुले यहिबाट आम्दानी गरी बालबालिकाहरुको लागि समेत खर्च गर्ने गरेको जानइएको छ ।
संस्थाका पुर्व अध्यक्ष कल्पना ढकालका अनुसार हाल सम्म १३ जना बालिबालिहरुलाई नेपाल सरकारको जिम्मा लगाइएको छ भने २६ जना बालबालिकाहरुको परिवारलाई जीविकोपार्जनको लागि समेत जोडीएको छ ।
भवन बनाउने महायज्ञ
सडक तथा बेवारिसे वालवालिकाहरुको दिगो व्यवस्थानको लागि भवन निर्माण गर्न महायज्ञको तयारी गरिएको छ । यही फागुन २८ गतेदेखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा बोद्ध दर्शन प्रवचन आयोजना हुने छ । तिलोत्तमा–९ मंगलापुरमा फागुन २८ देखि चैत महिनाको ५ गने सम्म महायज्ञ सञ्चालन हुने छ ।

महायज्ञ सञ्चालनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महयज्ञ सम्पादन समिति संयोजक रोमणी प्रसाद पाठकले जानकारी दिए । आचार्य ओमप्रकाश सुवेदीबाट महायज्ञमा प्रवचनक कार्यक्रम रहेको उनले बताए । यसैगरी बोद्ध गुरु भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्भ कोविद“ ले बोद्ध दर्शन बारे प्रवचन दिने कार्यक्रम रहेको छ ।
यज्ञ सम्पादनका लागि करिब ५ सय सदस्यीय मुल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको उनले बताए । । तिलोत्तमा नगरपालिकाले वडा नम्बर ७ मा उपलब्ध गराएको २ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागिएको हो । सभाहलसहित १२ कोठामा बन्ने भवनका लागि ८१ लाख खर्च अनुमान गरिएको छ । महाज्ञबाट करिब २ करोड अर्थ संकलन गर्ने लक्ष्य संयोजक पाठकले जानकारी दिए । यज्ञ सम्पादनका लागि १५ लाख खर्च अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?