ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

एमालेको ‘मिसन ग्रासरुट’ : केन्द्रीय नेताको सांगठनिक परीक्षण

१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

बुटवल, १७ फागुन ।

नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहमा केन्द्रीय नेताहरु पुगेका छन् । एमालेले उक्त अभियान संचालनका लागि पोलिटब्यूरो, केन्द्रीय कमिटी, प्रदेश कमिटी जिल्ला कमिटी, नगर कमिटीलगायत मातहतका कमिटीलाई अभियानमा परिचालन गरेको छ । रुपन्देहीमा मात्रै पोलिटब्यूरो र केन्द्रीय कमिटी सातजना नेता १६ वटा पालिकामा खटाइएको छ । उनीहरुले १६ वटै स्थानीय तहमा एकैसाथ कार्यक्रम अघि बढाएका छन् ।

एमाले जिल्ला कमिटी रुपन्देहीका जिल्लामा खटिएका नेताहरुले सदस्यता नवीकरण, कार्यकर्ता प्रशिक्षण, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुधार गर्नुका साथै सुझाव संकलन गरिरहेका छन् ।

पार्टीको पछिल्लो नीति जानकारी गराउनुका साथै स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिलाई पार्टीको नीति अनुसार कार्य गर्न निर्देशन दिने योजना रहेको पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

एमालेले अभियान सुरु गर्नुअघि जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र जनवर्गीय संगठनका जिल्ला अध्यक्षहरुलाई अभिमुखीकरण गरेको थियो ।

ग्रासरुट अभियान अन्तर्गत अहिले सवै जिल्ला कमिटीका भेला, बैठक र प्रशिक्षण सञ्चालन भैरहेको अध्यक्ष केसीले बताए । कार्यकर्तालाई प्रशिक्षण दिंदै वडा र टोलसम्म पार्टी संगठन विस्तार गर्न ग्रामीण क्षेत्रमा पार्टीपंक्ति परिचालित गरिएको एमाले केन्द्रीय सदस्य एवं रुपन्देहीका इन्चार्ज भूमिश्वर ढकालले बताए ।

“पार्टीको दशौं महाधिवेशनले पारित गरेका दस्तावेज र निर्णयहरु तल्लो तहका कार्यकर्तामाझ पु¥याउंदै दक्षिणपन्थी बिसर्जनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न पनि ग्रासरुट अभियान प्रभावकारी हुने छ”–उनले भने ।

केन्द्रीय नेताहरू विभिन्न बहानामा सहरमा, राजधानीमा केन्द्रित हुने प्रवृत्तिका कारण पार्टीको सांगठनिक काम उठ्न नसकेको भन्दै एमालेले यो अभियान चलाएको हो । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ नेताहरू सुविधाभोगी भएको कार्यकर्ता र जनताको जनगुनासो पनि बताउँदै भन्छन्, “त्यसैले सबै केन्द्रीय सदस्यलाई काममा लगाएर सांगठनिक क्षमता परीक्षण गर्न खोजिएको हो ।”

विभिन्न बहानाबाजीमा राजधानीमै बस्ने केन्द्रीय सदस्यहरूको कामको वास्तविक परीक्षा अब सुरु भएको उनको भनाइ छ । “कार्यादेशसहित काममा खटाइएपछि पार्टी कामप्रति को कति जिम्मेवार छ, कसले मिसन पूरा गर्छ कि गर्दैन भन्ने वास्तविक परीक्षा अब सुरु भएको छ”, गुरुङले भने ।

स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्ने गरी अभियान सञ्चालन गरिएको पनि ढकालले बताए । उनले पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याए ।

मिसन ग्रासरुटका लागि देवदहमा खटिएकी एमाले केन्द्रीय सदस्य सरिता भुसालले यो अभियानमा सिंगो पार्टी परिचालन भएको बताइन् । “हामीले यसका लागि दुई महिने योजना, कार्यक्रम र कार्यतालिका निर्माण गरेर गाउँ, टोलहरुमा अभियान चलाइरहेका छौ”–उनले भनिन् ।

लुम्बिनी प्रदेशमा अभिमुखीकरणको जिम्मा उपाध्यक्ष रामबहादुर थापाले पाएका छन् । अनुगमन संयोजक सचिव छविलाल विश्वकर्मा र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाङ्फे छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?