ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि
पूर्वाधार

नेपालगन्ज नाकामा यसरी बन्दै छ आइसिपी

काम अझै ४० प्रतिशत बाँकी
२० मंसिर २०७९, मंगलवार
२० मंसिर २०७९, मंगलवार

बाँके, १९ मंसिर ।

पश्चिम नेपालको आयात निर्यातलाई सहज पार्ने एउटा आयोजना जमुनाह नाकामा बनिरहेको छ । आगामी २०८० साल जेठ महिनासम्ममा काम सम्पन्न गर्नुपर्ने लक्ष्य तोकिएको नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को काम अझै ४० प्रतिशत बाँकी रहेको पाइएको छ ।

२०७७ पुस महिनादेखि निर्माणको काम सुरु गरिएको आइसीपीको २२ महिनामा ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ । तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि ७ महिनामा बाँकी ४० प्रतिशत काम सक्नुपर्नेछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा निर्माणाधीन आइसिपीको निर्माणको लागि भारतको राजदीप ब्रिडकोम प्रा.लि. ले एक अर्ब ४७ करोड भारतीय रुपैयाँमा ठेक्का पाएको छ । नेपाल र भारत सरकारबीच १७ वर्षअघि भएको सम्झौताअनुसार भारतले उक्त आइसीपीको निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । नेपालगन्जसहित विराटनगर, वीरगन्ज र भैरहवा नाकामा आइसिपी निर्माणका लागि भारत सरकारसँग सन् २००५ मा सहमति भएको थियो । विराटनगर र वीरगन्जमा भने आइसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर विजय मण्डलिकले हालसम्म ६० प्रतिशत काम सम्पन्न हुनु राम्रो प्रगति भएको दाबी गरे । तर निर्माण समयमै सकिनेमा निर्माण कम्पनी पनि ढुक्क छैन । मण्डलिकले केही महिना थप लाग्न सक्ने संकेत गरे । सुरुवाती चरणमा माटो भर्नुपर्ने भएकोले र कोरोनाका कारण काम प्रभावित भएकोले धेरै समय लागेको उनको भनाइ छ । “अब माटो भर्ने काम लगभग सकिएको छ”– उनले भने, “भवन लगायतका संरचनाहरु निर्माण करिब अन्तिम चरणमा पुगिसकेको छ ।”

मण्डलिकले अबको समय निर्माणका लागि उपयुक्त समय भएकाले द्रुतरुपमा काम हुने दाबी गरेका छन् । “निर्माण सामग्रीहरु प्राप्तिमा कुनै समस्या छैन । अन्य कुनै अवरोधहरु पनि छैनन् । अब मौसम पनि राम्रो सुरु भएको छ । त्यसकारण हामीलाई काम गर्न कुनै समस्या छैन”–उनले भने । ८७ बिघा जग्गामा आइसिपी निर्माण भइरहेको छ । अहिले डिपिआरमा रहेका भवन तथा सेडहरु निर्माण भइरहेका छन् । आइसिपीबाट मुख्य सडक जोड्ने दुई हजार दुई सय मिटर लम्बाईको लिंकरोड पनि निर्माण भइसकेको छ । अब मुख्यगरी भवन लगायतका संरचनाहरु निर्माण गर्न र पार्किङ तथा खुला क्षेत्रको निर्माण कार्य बाँकी छ ।

आइसिपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण लगायत कार्यालय रहनेछन् । जसले अहिले अव्यवस्थित रुपमा रहेको देशकै व्यस्तमध्येको एक नेपालगन्ज भन्सारको सेवा सुधार हुने र राजस्व चुहावटमा कमी आउने अपेक्षा गरिएको छ । अहिले भन्सारको व्यवस्थित संरचना नहुँदा नेपालगन्ज नाका अव्यवस्थित छ । ट्रक, ट्यांकर तथा कन्टेनर लगायतका मालवाहक साधनहरु मुख्य सडकमै रोक्नुपर्ने अवस्था छ ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?