© २०२३
प्रगतिशील लेखक संघ, नेपाल गुल्मी शाखाको प्रथम भेला तम्घासमा सम्पन्न भएको छ । भेलाले माधव ज्ञवालीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला तदर्थ समिति बनाएको छ । ज्ञवालीको संयोजकत्वमा रहेको सदस्यहरुमा सुनिल न्यौपाने, विष्णु विक, अर्जुन तरामु मगर, तेजकुमारी थापालेखान्त पुन, योगेन्द्र काउचा, नारायण प्रभात मरासिनी, लिलाधर आचार्य, नारायण भुसाल रहेका छन् ।
भेलामा बोल्दै प्रलेस केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं. ५ का संयोजक पद्यप्रसाद शर्माले साहित्य र राजनीति एकअर्कामा अन्तरसम्बन्धित भएको भन्दै स्रष्टाहरुले प्रगतिशील लेखनको पक्षमा कलम चलाउनु पर्ने बताए । नेकपा (नेकपा) का जिल्ला अध्यक्ष बालसिंह काउचा, प्रलेस राष्ट्रिय परिषद् सदस्य एवं प्रदेश सचिवालय सदस्य खोमा तरामु मगर, संयोजक माधव ज्ञवाली लगायतले बालेका थिए । प्रलेस प्रदेश नं. ५ को प्रादेशिक भेला २०७५ बैशाख २९ गते दाङमा सम्पन्न भइसकेको छ भने प्रदेश सम्मेलन मंसिर ७ र ८ गते दाङमा नै गर्ने निर्णय गरिसकेको छ । प्रदेश नंं ५ अन्तर्गत सबै जिल्लाहरुमा शाखा भेला सम्पन्न भइसकेको छ ।