ट्रेंडिंग:

>> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

फिल्म ‘कार्साङ’ मा जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

काठमाडौं ।

फिल्म ‘कार्साङ’को जितु नेपालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले आज जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

जितुले सिनेमाको छायांकनको बेला सेटमा अन्य कलाकारसँग खिचेर पोस्ट गरेको फोटोसँग उनको यो सिनेमाको क्यारेक्टर लुक्स मिल्दैन । क्यारेक्टर लुक्स हेर्दा जितुले ‘कार्साङ’मा क्यारेक्टरका लागि मेहनत गरेको देखिन्छ ।

कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन् ।

हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने पुष्टि हुन्छ ।

पोस्टरमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । त्यसैले उनी मकै पिस्न घट्टामा गएका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । पोस्टरको यो स्टेटमेन्टले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही प्रष्ट पारेको छैन ।

यसअघि दयाहाङ राईको क्यारेक्टर लुक्स सार्वजनिक गरेको ‘कार्साङ’ले विस्तारै प्रचार सुरु गरेको छ ।

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ्’ पुस २६ गते पदर्शन हुँदैछ ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो चलचित्रको अन्तराष्ट्रिय वितरक अघिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?