ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

बुटवलको सडक बिस्तार अनिश्चित

२२ भाद्र २०७५, शुक्रबार
२२ भाद्र २०७५, शुक्रबार

बुटवलको चौराहा–गोलपार्क खण्डको सडक बिस्तार अनिश्चित भएको छ । बुटवल बेलहिया–व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन–६ लेन सडक बिस्तारको काम सर्वोच्च अदालतको आदेशले अनिश्चित बनाएको हो । सडक सीमामा पर्ने घर टहरा र जग्गा प्राप्त गर्ने कार्य सम्पन्न गरेर मात्र सडक बिस्तार गर्न गत वैशाख १२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले परमादेश जारी गरेको थियो ।

उक्त परमादेश पुनरावलोकनको माग गर्दै आयोजनाले सर्वोच्चमा निवेदन दिएकोमा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले उच्च अदालतकै परमादेशलाई सदर गरेको हो । “न्याय प्रशासन ऐन २०७३ को दफा १२ को उपदफा १ को खण्ड “क” को अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत मुद्दामा दोहो¥याइ हेर्ने अनुमति प्रदान गर्न मिलेन”–सर्वोच्चको आदेशमा भनिएको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले सडक क्षेत्राधिकार ८२ फिटभित्र बनाएका घर टहरा लगायतका भौतिक संरचना हटाउने कार्य जारी राखेकै बेला गत बैशाख १२ गते उच्च अदालतले परमादेश जारी गरेको थियो । सोही परमादेशको पुनरावलोकन गर्नुपर्ने आयोजनाको मागमा सर्वोच्चले पुनरावलोकन गर्न नमिल्ने फैसला सुनाएको हो । सडकको पक्षमा सर्वोच्चको आदेश आउने अनुमान गरेका आयोजनाका अधिकारीहरू भने सर्वोच्चको आदेशले अब सडक बिस्तारको काम नहुने बताएका छन् । “बुटवलको सडक बिस्तार अब नहुने भयो, सर्वोच्चको आदेश आएसँगै अब सडक बिस्तारको काम अघि बढाउन मिलेन”–आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले भने । आयोजनाले बुटवलको सडकमा बिस्तार बाहेकका अरू काम भने जारी राख्ने जनाएको छ । मुख्य सडकमा अझै एउटा लेयर थप्न बाँकी रहेकाले त्यसलाई पूरा गर्ने र खानेपानीसँग समन्वय गरी त्यससँग सम्बन्धित काम पनि सक्ने आयोजना प्रमुख जिवेन्द्र मिश्राले बताए । “सडक बिस्तारको बारेमा अब सरकारले नै पुनरावलोकनमा जाने भनेकाले अव आयोजनाका तर्फबाट सडक विभाग नै फेरि सर्वोच्चमा पुनरावलोकनका लागि जानेछ”–उनले भने । सडक क्षेत्राधिकार मिचेर बनाएका भौतिक संरचना हटाउन गतवर्षको भदौ ५ गते सम्मको म्याद दिँदै सडक कार्यालयले सूचना निकालेपछि प्रभावितले उच्च अदालतमा रिट दायर गरेका थिए । सडक बिस्तारबाट प्रभावितमध्ये नारायणीदेवी प्रधान, चोपनारायण श्रेष्ठ सहित ३८ जनाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सडक कार्यालयले कानूनी प्रक्रिया पूरा नगरी घर भत्काउन लागेको भन्दै रिट दायर गरेका थिए ।

उच्च अदालत तुलसीपुर दाङको बुटवल इजलासले सडक ऐन अनुसार जग्गा प्राप्त गरेर मात्रै विस्तारको काम अगाडि बढाउन परमादेश जारी गरेपछि घर भत्काउने काम रोकिएको थियो । आयोजनाले डोजर लगाएर यस अगाडि नै ७ वटा घर भत्काइसकेको छ । बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको साढे तीन किलोमिटर दुरीमा सडकको ८२ फुटभित्र पर्ने ३ सय ११ घर भत्काउनु पर्नेछ । यो सडक निर्माणको ठेक्का डेढ बर्षअघि नै कंचनजंघा–बिरुवा जेभिले पाएको हो । उसले ३० महिनामा सक्ने भनिएको सडक विस्तारको काम डेढ बर्ष ढिलो भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?