ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

विश्व वन्यजन्तु दिवस

१९ फाल्गुन २०८१, सोमबार
१९ फाल्गुन २०८१, सोमबार

वन्यजन्तुको संरक्षणमा सुरक्षित लगानी र प्रतिवद्धता’ भन्ने नाराका साथ आज विश्व वन्यजन्तु दिवस मनाइँदैछ । विश्वभरी मार्च ३ मा मनाईने यो दिवस नेपालमा भने अहिलेसम्म औपचारिकताकै लागि मनाउने गरिएको छ । वन्यजन्तुको सही व्यवस्थापन हुन नसक्दा आज वन्यजन्तु र मानववीच ठूलो द्वन्द्व छ । वन्यजन्तु प्रभावित जनताहरूका माझमा यो दिवस लैजान सकियो भने भोलीका दिनमा वन्यजन्तुबाट हुने मानवीय क्षति कम गर्दै वन्यजन्तु संरक्षणमा सरोकारवालाको चासो अझै गहन हुने अपेक्षा गर्न सकिन्छ । यद्यपि दिवसको अवसरमा अहिलेसम्म हुँदै आएका संरक्षणका कार्यक्रमले वन्यजन्तुको विनास होइन संरक्षण गर्नुपर्दछ भन्ने सन्देश धेरथोर रूपमा दिदै आएको छ । दिवसले प्रदान गरेको यो एउटा महŒवपूर्ण उपलब्धि हो । निश्चितरूपमा वन्यजन्तुको संरक्षण अहिलेको विश्व परिवेशमा त्यति सहज छैन् । वन्यजन्तुको बढ्दो चोरी शिकार तथा वन जंगलको विनासका कारण वन्यजन्तु लोप हुँदै र नासिने खतरा पनि बढिरहेको छ । अहिलेपनि नेपालका विभिन्न वन जंगलमा जंगली जनावरको चोरी शिकारी र तस्करी हुने गरेको छ । बढ्दो चोरी शिकारी र तस्करीले वातावरणीय चुनौति सिर्जना गरेको वातावरण विज्ञहरूको दावी छ । पछिल्लो तथ्याँक अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग पाँच हजार प्रजातिका जनावर र करिव २९ हजार प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा छन् । तीनको अन्तरदेशीय अवैध कारोवार हुँदै आएको छ । विश्व वन्यजन्तु दिवस मनाउँदै गर्दा लोप हुने अवस्थामा पुगेका वन जंगलका प्रजाति र तिनमा आश्रित वन्यजन्तुको संरक्षणमा सवै एकताबद्ध हुनु आवश्यक छ । त्यसो त पर्यावरणको क्षेत्रमा वन्यजन्तुले पु¥याउने सकारात्मक भूमिका अतुलनीय र महत्वपूर्ण रहेको कुरामा कुनै विवाद छैन् । उनीहरूको सुरक्षा गर्नु आजको आवश्यकता हो । बाँच्न पाउने उनीहरूको अधिकार पनि छ । चिन्ता के हो भने पछिल्लोसमय वन्यजन्तुको चोरी शिकारीसंगै संरक्षणमा पहल नहुँदा लोप हुने श्रृंखला बढिरहेको छ । विश्व वन्यजन्तु कोषका अनुसार अहिले अन्तर्राष्ट्रिय वन्यजन्तुको अबैध व्यापारकै कारण प्रकृतिका लागि अत्यावश्यक जीवजन्तु र जनावर खतराको सूचीमा पर्ने क्रम बढेको छ । खासगरी वातावरण र अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूले यो बिषयमा नजरअन्दाज गरेको अवस्थामा विश्वबाटै चराचर लोप हुने क्रम अझै बढ्ने कुरा निश्चित छ ।
विश्व वन्यजन्तु दिवस मनाईरहँदा वन र निकुञ्ज क्षेत्र नजिकका जनता वन्यजन्तुकै कारण ठूलो मारमा परेका छन् । स्थानीयले ठूलो मानवीय क्षतिको सामना गर्नुपरेको छ । निकुञ्ज क्षेत्रबाट आएका गैडा, हात्ती, बाघ लगायतका जंगली जनावरले स्थानीयको अन्नबालीमा हानी नोक्सानी मात्रै होइन,ठूलो मानवीय क्षति समेत गर्दै आएको अवस्थामा वन्यजन्तु व्यवस्थापनको विषयमा अवको दिनमा सोच्नैपर्ने देखिएको छ । वन र निकुञ्ज क्षेत्रका वासिन्दाको जीवनको आधार घाँस दाउरा हो । तर, घाँस दाउरा गर्न जाँदा मानवीय क्षति धेरै बढेको छ । यो चिन्ताको कुरा हो । यो गंभीर विषयमा समयमै सोचिएन भने यसले ठूलो मानवीय विपत्ती निम्त्याउने खतरा संरक्षणकर्मीहरूले औंल्याएकोले यो बिषयमा सरकारको ध्यान जाओस् ।
पछिल्लोसमय धेरै कारण वन्यजन्तुको संरक्षणमा चुनौति थपिँदै गएको छ । वन जंगल अतिक्रमण बढ्दै गएको छ । जंगलका मूल सुक्दै गएका छन् । गर्मीयाममा वन डढेलोका कारण जंगलमा आश्रित वन्यजन्तुको ठूलो क्षति भैरहेको छ । त्यहाँ रहेका असंख्य जीवजन्तु विनास हुँदै गएका छन् । अहिले भएको त्यही हो । तराईका वनमा पाईने हरिण, बाह्रसिंगे, जंगली खरायो, निलगाई, बँदेल, चरीबाघ, वन बिरालो, बाँदर, स्याल, फ्याउरो, मयुर, वन कुखुरा, लुईंचे, तित्रा, सुगा जस्ता पशुपन्छीहरू यस्तै वन डढेलोको शिकार हुँदै आएका छन । हरेक बर्ष यही क्रम बढिरहेको छ । यो रोक्ने कसरी भन्ने चुनौति छ । तसर्थ अवको दिनमा वन्यजन्तुको उचित संरक्षण र व्यवस्थापनतर्फ ध्यान दिन सकियो भनेमात्र वन्यजन्तु दिवस मनाउनुको सार्थकता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?