ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सानो सहयोगबाट महिला उद्यमी बन्दै

५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

बुटवल, ५ माघ । मिलन चोककी आशा चौधरी घरमा खाली समयमा बाटेको धुप तयार गर्छिन । खाना खाने, सरसफाई सक्ने बित्तिकै उनलाई धुपका मुठाहरु बनाउन हतार हुन्छ । थोरैथोरै गर्दै सय, हजारको संख्यामा उनले धुप तयार गर्छिन । पछिल्लो ४ महिना अघि लायन्स क्लब अफ बुटवल सयपत्रीबाट पाएको तालिम उनलाई धेरै उपलब्धिमुलक बन्न पुगेको छ । ‘खाली समय सदुपयोगि गरेर थोरै कमाएकी छु ।’–उनले भनिन । मिलन चोक तिनकुने नजिक रहेको मन्दिरमा उनले यो धुप बेच्छिन । तितेपानी महिला सहकारीको सदस्यसमेत रहेकी उनि तालिमबाट स्वरोजगार बन्न सफल भएको बताउछिन । ‘हप्ता दिनकै सिकाइमा आम्दानीको बाटो खुलेको छ ।’–उनले भनिन । बजारमा १० पिसको मुठा धुपको १२ रुपैयाँ, ठुलो प्याकेटमा १ सय २० रुपैयाँमा होलसेलमा विक्रि हुदै आएको छ ।

मिलन चोककी कमला पौडेल भर्खरमात्र एक हप्ते धुप बनाउने तालिम सकेकी छिन । गृहणी पेशाबाट अब उनि उद्यमतिर चाख बढेको बताउछिन । ‘मोबाईल, टिभी हेरेर यतिको समय ब्यर्थ बिताए ।’– उनले भनिन । तितेपाती सहकारीको सदस्य समेत रहेकी उनि धुप बनाउने तालिममा सहभागी भएपछि अहिले भने काममै बढी ध्यान जान्छ । मिलनचौक शिवपथस्थित शिवालय मन्दिरमा बटारेको धुप बनाउने तालिम सिक्नेक्रममा शुरुवातमा धेरै कठिन भएको उनले सुनाईन । ‘सक्दिन कि जस्तो भएको थियो ।’– उनले भनिन । घरमै भएका कच्चा पदार्थहरुको प्रयोगबाट धुप बनाएर आम्दानी भएपछि उनि हौसिएकी छिन । मिलन चोकमा आफनै पुजा सामग्री पसलमा उनि आफनो उत्पादन बिक्री गर्छिन । आफुले सिकेको कुरा छरछिमेकलाई समेत बताएर उत्पादन बढाउनेतर्फ उनको लक्ष्य रहेको छ ।

बुटवल मिलनचोककी लक्ष्मी लुईटेलले नया हुन । उनले भर्खरमात्र धुपबत्ती बाट्ने तालिममा सहभागी भएकी छिन । टोलका आमाहरुसंगै तालिममा सहभागी उनि घर पुगेर पनि बात्ति बाट्ने अभ्यास गरिरहेकी छिन । महिलाहरुलाई उद्यमी बनाउने तालिम धेरै उपयोगी भएको बताउछिन । घरमा खाली समयलाई सदुपयोग गरेर आम्दानी गर्न सक्ने र घरासयी खर्चको लागि हात फैलाउन नपर्ने अवस्था आउनेमा आशाबादी रहेकी बताउछिन ।

बुटवलका महिलाहरुलाई उद्यमशिलतामा जोड्ने अभियानलाई लायन्स क्लव अफ बुटवल सयपत्री र तितेपाती महिला सहकारी संस्थाले अघि बढाएको हो । लायन्स क्लब अफ क्लबका पूर्वअध्यक्ष तथा प्रशिक्षक सबिना श्रेष्ठ काठमाण्डौबाट प्रशिक्षक ल्याएर सबैभन्दा पहिले क्लबका सदस्यहरुलाई एक हप्ते हस्तकलाको तालिम लिएको स्मरण गर्छिन । सोही तालिममा किरिङ, सजावटका सामाग्रीहरुबाट शुर गरेको अभियान पछिल्लोसमय समुदायसम्म बिस्तारै भएको छ । ‘प्रशिक्षक ल्याएर हस्तकलाको तालिम लिएका थियौ ।’–उनले भनिन । क्लबमा प्रशिक्षक बनेर अपाङ आश्रमका महिलाहरुलाई समेत सीप सिकाएको उनि बताउछिन । पछिल्लोसमय नेवार समुदायको पुजापाठमा अधिकास प्रयोग हुने बाटेको धुप बनाउने तालिम समेत दिन थालेको उनले बताईन । ‘अहिलेसम्म करीब ५ सय बढी महिलालाई तालिम दिए ।’– उनले भनिन । तालिम लिएका अधिकाश महिलाहरु आत्मनिर्भर बनेको उनले बताईन । महिला सशक्तिकरणको अभियानमा क्लबप्रति उनको योगदान महत्वपूर्ण छ । सबै तालिमहरु उनि निशुल्क सिकाउछिन ।

महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र घर परिवार सबल हुने दाबी क्लबका अध्यक्ष तथा तितेपाती सहकारी संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरको दाबी छ । सहजै उपलब्ध हुने कच्चा पदार्थलाई खालीसमयको उपयोग गरेर आयआर्जन हुने गरि महिलाहरुलाई उद्यमशिलतामा जोड्न सफल भएको उनी बताउछिन । अहिलेसम्म करीब २५० जनालाई धुप बनाउने तालिम दिएको उनले बताईन । ‘तालिम धेरै उपलब्धिमुलक भएका छ ।’– उनले भनिन । धेरै महिलाहरु उद्यमी भएका छन । अब यो धुपलाई ब्राण्डिङ गर्ने लक्ष्य रहेको उनले बताईन । स्वास्थ्यको लागि समेत राम्रो र घरमा किराफट्याग्रा समेत नआउने वातावरण शुद्धिकरण हुने हुदा यो धुपको माग बजारमा धेरै रहेको उनी बताउछिन । सानो क्षमतामा गर्न कच्चा पदार्थ घरमै संकलन गर्न सकिने उनले बताईन । कपुर, तेजपत्ता, नेपाली कागज, ल्वाङ सुकमेल, विभिन्न फुलहरु सुकाएर बनाउन सकिन्छ भने । वृहत रुपमा उद्योग नै चलाउन भने वनजंगलमा पाईने तितेपाती, लगायत कच्चा पदार्थि उपयोग गरेर पनि काम गर्न सकिन्छ ।

लायन्स ईन्टरनेश्नलको मुख्य थिम अनुसार महिला शसक्तिकरणको अभियानमा जोडेर उद्यमशिलताको लागि स्वरोजगार बनाउने गरि क्लबबाट ३ सय जनालाई तालिम दिने लक्ष्य रहेको उनले बताईन । घरमा खाली आत्मनिर्भर बनाउन र १७ सय सदस्यहरु सहकारीमा रहेको उनले बताईन । यसैगरि लायन्समा रहेको ७८ जना सदस्यसहितको समन्वय गरि महिला उद्यमशिलताको काम अघि बढाएको उनले बताईन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?